नयाँ प्रविधि
एप्पलसँग क्वालकमको लाइसेन्स सम्झौता नवीकरण
काठमाडौं । चिप निर्माता कम्पनी क्वालकमले एप्पलसँगको विश्वव्यापी लाइसेन्स सम्झौता नवीकरण गरेको छ । नवीकरण गरिएको सम्झौता सन् २०२७ अप्रिल १ देखि लागू हुनेछ ।
सम्झौताले एप्पलबाट क्वालकमले प्राप्त गर्दै आएको लाइसेन्ससम्बन्धी आम्दानीको स्रोतलाई निरन्तरता दिनेछ । क्वालकम टेक्नोलोजी लाइसेन्सिङका कार्यकारी उपाध्यक्ष तथा महाप्रबन्धक जोन हानले एप्पलसँगको सम्झौता नवीकरण गर्न पाउँदा आफूहरू खुसी रहेको बताएका छन् ।
क्वालकमले जारी गरेको संक्षिप्त विज्ञप्तिमा नयाँ सम्झौता कति अवधिसम्म लागू रहने भन्ने खुलाइएको छैन । यद्यपि, स्मार्टफोन चिपसेटको बिक्रीमा गिरावट आइरहेको समयमा एप्पलसँगको सम्झौता नवीकरण क्वालकमका लागि महत्वपूर्ण मानिएको छ ।
ब्लुमबर्गका अनुसार एप्पल क्वालकमको सबैभन्दा ठूलो ग्राहक हो । क्वालकमको कुल आम्दानीमा एप्पलबाट हुने कारोबारको हिस्सा पाँच भागको एक भागभन्दा बढी रहेको बताइएको छ । दुवै कम्पनीले पछिल्लो समय विश्वव्यापी मेमोरी चिप अभावसँग सम्बन्धित चुनौती समेत सामना गरिरहेका छन् ।
एप्पलले आफ्ना डिभाइसमा आफ्नै इन–हाउस सिलिकन प्रयोग बढाउने प्रयास गरिरहेको छ । आईफोन डुओ र आईफोन १८ प्रोमा एप्पलको कस्टम ‘सी२’ सेलुलर मोडेम प्रयोग गरिएको छ भने आईफोन १८ प्रो म्याक्सको अमेरिकी संस्करणमा क्वालकमको स्न्यापड्रागन ५जी मोडेम प्रयोग गरिएको बताइएको छ ।
क्वालकमको पछिल्लो वित्तीय नतिजाअनुसार कम्पनीको ह्यान्डसेट चिप बिक्री २० प्रतिशतले घटेर ५.१ अर्ब अमेरिकी डलरमा सीमित भएको छ । क्वालकमका प्रमुख कार्यकारी अधिकृत क्रिस्टियानो आमोनले मेमोरी चिपको आपूर्ति अनिश्चित बनेपछि ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर (ओईएम) कम्पनीहरूले अर्डर घटाउँदा विशेष गरी चीनको बजारमा गिरावट आएको बताएका छन् ।
नयाँ प्रविधि
जिमेलमा आयो नयाँ सुविधा, इमेल नखोली नै कपी गर्न सकिनेछ भेरिफिकेसन कोड
काठमाडौं । जिमेलले एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि इमेलमा प्राप्त हुने भेरिफिकेसन कोड सजिलै कपी गर्न सकि…
एआईको बढ्दो मागसँगै भारतको सेमिकन्डक्टरमा १३.५ अर्ब डलरको नयाँ लगानी योजना
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै विश्व बजारमा सेमिकन्डक्टर अर्थात् चिपको माग बढिरहेका …
ह्वाट्सएपले आईओएस बेटामा थर्ड-पार्टी एजेन्ट च्याट्स परीक्षण गर्दै
काठमाडौं । ह्वाट्सएपले आईओएस बेटा प्रयोगकर्ताका लागि ‘थर्ड-पार्टी एजेन्ट च्याट्स’ सुविधा परीक्षण गरि…
गुगलको एआई डाटा सेन्टरविरुद्ध अस्ट्रियामा स्थानीयको विरोध
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) र क्लाउड सेवाको बढ्दो माग पूरा गर्न अस्ट्रियामा निर्माण भइरहेको गुगलको डाट…
अमेजनले रोक्यो मेटाको एआई एजेन्ट म्युज, अब गर्न पाइँदैन अनलाइन किनमेल
काठमाडौं । अमेजनले मेटाको नयाँ व्यक्तिगत एआई असिस्टेन्ट ‘म्युज’लाई आफ्नो अनलाइन प्लेटफर्ममार्फत किन…
स्पोटीफाइमा पोडकास्टबाट कमाइको दायरा बढ्दै, ३५ क्षेत्रमा कार्यक्रम विस्तार
काठमाडौं । स्पोटीफाइले पोडकास्ट सिर्जनाकर्तालाई विज्ञापन तथा प्रिमियम सेवाबाट आम्दानी गर्ने अवसर प्रदान गर्ने &l…
एआईबाट गीत, अर्कैको नाममा कमाइ : संगीत प्लेटफर्ममा बढ्दो डिजिटल ठगी
काठमाडौं । जेनेरेटिभ एआईको प्रयोगबाट तयार गरिएका नक्कली गीत वास्तविक कलाकारकै नाम र प्रोफाइलमा अपलोड हुने …
ह्वाट्सएपमा थपिँदै नयाँ सुविधा, एउटै आईफोनमा तीनवटा अकाउन्ट चलाउन सकिने
काठमाडौं । एउटै मोबाइलबाट व्यक्तिगत र व्यावसायिक प्रयोजनका फरक–फरक ह्वाट्सएप अकाउन्ट चलाउने प्रयोगकर्ताका…
एआई नियमनका लागि नयाँ कानुन आवश्यक छैन : एनभिडिया प्रमुख हुवाङ
काठमाडौं । एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुवाङले आर्टिफिसियल इन्टेलिजेन्स (ए…
ह्वाट्सएप बिजनेसमा आयो एआई एजेन्ट, सेटअपदेखि व्यवस्थापनसम्म सहज
काठमाडौं । मेटाले नयाँ एआई सब्स्क्रिप्सन प्लानसँगै ह्वाट्सएप बिजनेस व्यवस्थापनमा एआई एजेन्ट प्रयोग गर्न सकिने घोषण…
ओपनएआईले ल्यायो इमेज २.५, अब च्याटजीपीटीमै चित्र कोरेर बनाउन सकिनेछ तस्बिर
काठमाडौं । ओपनएआईले नयाँ फिचरसहितको इमेज २.५ (Image 2.5) सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ मोडल अ…
तीन वर्ष एक्सबाट टाढा रहेका जुकरबर्ग फेरि सक्रिय, किन फर्किए मस्कको प्लेटफर्ममा ?
काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले करिब तीन वर्षको अन्तरालपछि एलन मस्कको स्वामि…
डिजिटल यौन अपराधसम्बन्धी सूचना बाहिरिएपछि गुगलमाथि दक्षिण कोरियामा अनुसन्धान
काठमाडौं । डिजिटल यौन अपराधसम्बन्धी सामाग्री हटाउन गुगललाई गरिएका अनुरोधसँग जोडिएका संवेदनशील विवरण बाह्य …
एआई विकासको गति घटाउन एन्थ्रोपिक प्रमुख अमोडेईको प्रस्ताव, भने- ‘जोखिम नियन्त्रणका लागि समय चाहिन्छ’
काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको व…
अब चलचित्र हेर्दा हेर्दै मन परेको सामान किन्न सकिने, अमेजनले ल्यायो नयाँ सुविधा
काठमाडौं । चलचित्र वा शृङ्खला हेर्दा कलाकारले लगाएको कपडा वा प्रयोग गरेको सामान मन पर्यो भने त्यसको विव…