कीवर्डहरू -

राष्‍ट्रिय गौरवका आयोजना एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन हुन्छः प्रधानमन्त्री

राष्‍ट्रिय गौरवका आयोजना एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्‍ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्‍ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने  प्रणाली जडान गरिन लागेको बताएका हुन् । 

यसअघि प्रधानमन्त्रीले प्रधानमन्‍त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्दै आएका छन् ।