कीवर्डहरू -

बागमती

बागमती प्रदेशका सभामुख भन्छनः सरकारी वेबसाइट सुरक्षित छैनन्

बागमती प्रदेशका सभामुख भूवन कुमार पाठकले सरकारका वेवसाइट तथा डाटा सेन्टर सुरक्षित हुन नकसकेको बताएका छन् ।

बिहीबार हेटौंडामा नेपाल दुरसंचार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा भएको प्रदेशसभा सदस्यहरुका लागि इन्टरनेट र सामाजिक संजालको सुरक्षित प्रयोग विषयक तालिम कार्यक्रममा बोल्दै सभामुख पाठकले कुनैपनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टरहरु ह्याक गर्न सक्ने बताए ।

सरकारका कामहरु पेपर लेस सिस्टम कार्यान्वयनमा अघि बढ्दै गर्दै गरेको अवस्थामा इन्टरनेटबाट हुने गरेका कामकाजहरुलाई सुरक्षित गर्नु जरुरी रहेको उनले बताए । सरकारले साइबर सुरक्षा सम्बन्धी नीति तजर्समा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाई छ ।

‘हामी पेपर लेस गभर्नेन्स तर्फ अघि बढी रहेका छौं । तर, हाम्रो सरकारको वेवसाइट र डाटा सेन्टरहरु सुरक्षित छैनन् । कनै पनि समय हाम्रा वेवसाइटहरु ह्याकरले ह्याक गर्न सक्छन् ।’ उनले भने, ‘सरकारले आफ्नो सिस्टम विकास गरेर वेवसाइट र डाटा सेन्टरहरुलाई सुरक्षित गर्नुपर्छ । त्यसका लागि उचित नीति बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । सरकारले साइबार सुरक्षा न्यूनिकरणमा जोड दिनुपर्छ ।’

पछिल्लो समयमा साइबर अपराधका घटनाहरुमा निरन्तर रुपमा वृद्धि हुने क्रम जारी रहेको उनले बताए । सरकारले साइबार अपराध न्यूनिकरण तर्फ आवश्यक तयारी गर्न जरुरी रहेको उनको भनाई छ ।

कार्यक्रममा क्यान महासंघ नेपालका महासचिव इवम् साइबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारीले तालिमको सहजिकरण गरेका थिए । बागमती प्रदेशका ८० जना सांसदहरुको उपस्थिती रहेको उक्त तालिममा साइबार सुरक्षामा तीनै तहका सरकारले इथिकल ह्याकरलाई क्यापिटलाज गर्नुपर्ने बताए ।

नेपाल बन्छ जब नेमालमा नै बनाइन्छ, सफ्टवेयरबाट समृद्धि भन्ने नारालाई  ात्मसाथ गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनु पर्ने उनले बताए ।

प्रविधिको बढ्दो प्रयोगसंगै साइबार सुरक्षाको विषयलाई विद्यालय स्तरबाटै अनिवार्य शिक्षाको रुपमा पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा उनले जोड दिए । साइबर सुरक्षाको चुनौतिहरुलाई न्यूनिकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्नुपर्ने उनको भनाई छ ।

\"\"

नेपाल दुरसंचार प्राधिकरणका निर्देशन विजय कुमार रायको सभाध्यक्षतामा भएको उक्त कार्यक्रममा दुरसंचार सेवाको पहुँच ७७ वटै जिल्लाका स्थानीय तहमा फोर जि र ब्रोडव्याड इन्टरनेट सेवाको विस्तार भएको बताए । सेवाको विस्तार सहित चुनौतिको पनि सोही अनुसार बढ्दो क्रममा रहेको उनको भनाई छ ।

‘विगत २५ वर्षदेखि नेपाल दुरसंचार प्राधिकरणले दुरसंचार क्षेत्रको नियामक निकायको रुपमा काम गर्दै आएको छ । दुरसंचार सेवाको विकास तथा विस्तारको लागि नीति निर्माण गर्ने कार्यमा सरकारको सल्लाहकारको रुपमा काम गरिरहेको छ । गुणस्तरीय तथा उचित मुल्यमा दुरसंचार सेवा उपलब्ध गराउन र सेवा प्रदायकहरु बिच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने काम गरिरहेको छ ।’ उनले भने ।

हाल करिव ९५ प्रतिशत जनसंख्यामा मेबाईल ब्रोड व्याण्ड सेवा र करिव १२५ प्रतिशत जनसंख्यामा मोबाइल टेलिफोन सेवाको पहुँच पुगिसकेको उनले बताए । ब्रोड व्याण्ड इन्टरनेट सेवाको विस्तारसंगै अनलाईन सेवाहरुको उपलब्धता र प्रयोगमा पनि वृद्धि हुँदा जोखिम पनि सोही अनुपादमा बढ्दो क्रममा रहेको उनको भनाई छ ।

‘बालबालिका देखि नीति निर्माणकर्ता समेत अनलाईन जोखिममा पर्ने गरेको र साइबर आक्रमणको सिकार बनेका छन् । डिजिटल भुक्तानि प्रविधिमा बढ्दो आकर्षणले थप सुरक्षा चुनौति थपिएको छ । यसको न्यूनिकरण जरुरी रहेको र आम नागरिकदेखि नीति निर्माणकर्ताहरु सो जोखिमको नियन्त्रणमा जागरुक हुनु आवश्यक रहेको छ ।’ उनले भने ।

साइबार सुरक्षाका विषयमा नीति निर्माणसंगै चुनौति न्यूनिकरणका लागि आम नागरिकहरुलाई अभिमुखिकरण गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ । मल्टि फ्याक्टर अथेन्टिकेशन र आफ्नै नामको सिमकार्ड प्रयोग गर्दा साइबर सुरक्षा जोखिम कम हुने उनले बताए ।

बागमती

बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स घर घरमै पुर्‍याउने

बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध गराउने भएको छ …