कीवर्डहरू -

मुख्यमन्त्रीलाई सोझै गुनासो राख्न सकिने ‘हेलो सिएम’ सेवा सञ्चालन

मुख्यमन्त्रीलाई सोझै गुनासो राख्न सकिने ‘हेलो सिएम’ सेवा सञ्चालन

काठमाडौं । बागमती प्रदेश सरकारले नागरिकले आफ्ना समस्या, गुनासो तथा सुझाव सोझै मुख्यमन्त्रीसमक्ष राख्न सक्ने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकारसँग सम्बन्धित गुनासो, सुझाव, समस्या तथा आवश्यक जानकारी लिन सकिने व्यवस्था मिलाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

नागरिकका गुनासो तथा सुझावलाई प्रत्यक्ष रूपमा सुन्ने र सम्बोधन गर्ने उद्देश्यले ‘हेलो सिएम’ अर्थात् गुनासो व्यवस्थापन तथा नागरिक संवाद सेवालाई थप सहज बनाइएको कार्यालयले जनाएको हो ।

नागरिकले घरमै बसेर नि:शुल्क रूपमा आफ्ना गुनासो तथा सुझाव सरकारसमक्ष पुर्‍याउन सक्नेछन् । त्यसका लागि टोल फ्री नम्बर १६६०५७५२८९८, ह्वाट्सएप नम्बर ९८५५०९१४५६ र इमेल [email protected] मा सम्पर्क गर्न सकिनेछ ।

त्यस्तै, कार्यालयले सार्वजनिक गरेको आधिकारिक ब्यानरमा रहेको क्यूआर कोड स्क्यान गरेर अनलाइन प्रणालीमार्फत समेत गुनासो तथा सुझाव पठाउन सकिने व्यवस्था गरिएको जनाएको छ ।