कीवर्डहरू -

एआई

अंग्रेजी, नेपाली र तामाङ भाषा अनुवाद गर्न सक्ने त्रिभाषिक प्रणाली परीक्षणका लागि सार्वजनिक

काठमाडौं विश्वविद्यालय अन्तर्गत कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ विभागको इन्फर्मेसन एन्ड ल्याङ्ग्वेज प्रोसेसिङ रिसर्च ल्याब (ILPRL) ले गुगल त्रिभाषिक मेशिन अनुवाद (Trilingual Machine Translation – TMT) प्रणाली परीक्षण तथा प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ ।

प्रणालीमा हाल चारवटा मोडेल समावेश गरिएका छन्, जसले नेपाली–तामाङ, तामाङ–नेपाली, अंग्रेजी–नेपाली, नेपाली–अंग्रेजी, अंग्रेजी–तामाङ तथा तामाङ–अंग्रेजी भाषाबीच अनुवाद गर्न सक्षम छन्।

आगामी एक महिनासम्म प्रयोगकर्ताबाट प्राप्त हुने प्रतिक्रिया, सुधार सुझाव तथा त्रुटि सच्याइका आधारमा सबैभन्दा राम्रो प्रदर्शन गर्ने मोडेल छनोट गरी अन्तिम रूपमा प्रणाली सार्वजनिक गरिने छ ।

यो परियोजना गूगल एकेडेमीक रिसर्च अवार्ड २०२४ अन्तर्गत सोसाइटी सेन्टर्ड आर्टिफिसियल इन्टेलिजेन्स श्रेणीमा विश्वभरबाट छनोट भएका ३० परियोजनामध्ये एक हो ।
परियोजनाका प्रमुख अनुसन्धानकर्ता तथा ILPRL ल्याबका नेतृत्वकर्ता प्रा. डा. बलकृष्ण बलले प्रणालीको प्राविधिक चरण लगभग सम्पन्न भइसकेको र अब परीक्षण तथा सुझावको तेस्रो चरण सुरु भएको बताए । 

‘अन्तिम संस्करण सार्वजनिक भएपछि तामाङ समुदायलाई लक्षित गरी तालिम र कार्यशाला सञ्चालन गरिनेछ। साथै, करपस एनोटेसन टुल पनि सार्वजनिक गरिनेछ, जसले विश्वभरका तामाङ भाषीलाई अनुवादमा योगदान गर्न सक्षम बनाउनेछ,’ उनले भने।

यस परियोजनामा तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन–तामाङको नेतृत्वमा रहेको तामाङ अनुवाद टोली तथा परियोजनाका सह–प्रमुख अनुसन्धानकर्ता प्रा. डा. बलराम प्रसाईंले भाषिक तथा अनुवाद सहयोग प्रदान गरेका छन्।

हाल प्रणालीलाई कृषि, स्वास्थ्य, शिक्षा, संस्कृति तथा समाज र सामान्य सञ्चार गरी पाँच क्षेत्रका करिब २३ हजार समानान्तर वाक्य (parallel sentences) प्रयोग गरी तालिम दिइएको छ। 

अन्तिम संस्करणमा यो संख्या एक लाखसम्म पुर्‍याउने लक्ष्य रहेको छ। ‘तामाङ भाषालाई आधिकारिक रूपमा गूगल ट्रान्सलेटमा सूचीकृत गराउने पहल चाँडै सुरु गरिनेछ, जसले भाषाको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न ठूलो योगदान पुर्‍याउनेछ,’ प्रा. डा. बलले बताए।

कार्यक्रममा बोल्दै प्रा. डा. बलराम प्रसाईं तथा वरिष्ठ तामाङ भाषाविद् अमृत योञ्जन–तामाङले यस प्रणालीले ई–शासन, सरकारी सेवा प्रवाह तथा नागरिक–सरकारबीचको सञ्चारमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको अध्यक्षता इन्जिनियरिङ संकायका डीन प्रा. डा. मनीष पोखरेलले गरेका थिए।
 

एआई

नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुने सरोकारवालाको जोड

सूचना प्रविधिको युग सुहाउँदो नेपालको विजनेसलाई थप बढाउन आर्टिफिसियल इन्टेलिजेन्सले महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूले बत…

नेपालमा पहिलोपटक एआईको प्रयोग सम्बन्धी अवधारणापत्र तयार

सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्यास सम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको व…

एआईको प्रयोग सबै क्षेत्रमा आवश्यक भइसक्योः मुख्यमन्त्री जोखबहादुर महरा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रविधिसँग नजोडिएको शिक्षा गुणस्तरीय शिक्षा हुन नसक्ने बताएका छन् । राप्ती इञ्जिनियर…

एआईको प्रयोगबाट समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउदै हाम्रो पात्रो

चर्चित नेपाली एप हाम्रो पात्रोले समाचार खण्डमा पहिलो पटक सबैका लागि समाचार पढ्न सजिलो बनाउनका लागि एउटा नयाँ सुविधा सुरु गरे…

काठमाडौँमा एआई सुविधासहितका सीसीटिभी क्यामरा जडान

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) भएका अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन, फेसियल रिकग्निजेसन सिस्ट…

नेपाली मूलका डा. समिर मास्केले सुरू गरेको फ्युजमेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुँदै

नेपाली मूलका व्यवसायी डा. समिर मास्केले स्थापना गरेको एआईमा काम गर्ने कम्पनी फ्युजमेसिन्स इंक अमेरिकाको स्टक एक्सचेन्ज नासड्याकमा …

एआईबाट कसको जागिर गुम्छ ? कसको गुम्दैन ?

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…

राष्‍ट्रिय गौरवका आयोजना एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्‍ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित …

कोशी प्रदेशमा पहिलोपटक एआई, रोबोटिक्स र कोडिङ तालिम सुरू

कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोबोटिक्स र कोडिङ लगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि  अध्यापन …

एआईले पढ्न थाल्यो कुवेतमा समाचार

कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको  निर्माण गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत ट…

मेटाको एआई साम सार्वजनिक, फोटो र भिडियो भित्र रहेका वस्तुहरु फेला पार्न सक्ने

मेटाले फोटो तथा भिडियोभित्र रहेका विभिन्न वस्तुहरु फेला पार्न सक्ने आफ्नै एआई प्रविध…

अब एआईले मानिसको मस्तिष्कमा चलिरहेको दृश्य समेत स्केच गर्न सक्ने 

अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम वुद्धिमताले मानिसको मस्तिष्कमा चलिरहे…

एआईका कारण ३०० मिलियन रोजगारी धरापमा

जेनरेटिभ एआईले ३०० मिलियन रोजगारीलाई धरापमा पारेको छ । गोल्डम्यान स्याक्सले सार्वज…

भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने   

भाइबरले नयाँ च्याटबट एआई एण्ड क्रियटको सुरूवात गरेको छ । प्रयोगकर्ताहरूलाई एआई टेक्…