कीवर्डहरू -

एआई

एआई सुरक्षामा कडा विश्वव्यापी निगरानीको माग, ४०० विज्ञले जारी गरे खुला पत्र

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा प्रविधि विज्ञहरूले शक्तिशाली अन्तर्राष्ट्रिय संस्था गठन गर्न माग गरेका छन् ।

एआई क्षेत्रका प्रख्यात अनुसन्धाता जेफ्री हिन्टन र योशुआ बेंगियोसहित करिब ४०० वैज्ञानिक तथा विज्ञले मंगलबार सार्वजनिक गरेको खुला पत्रमार्फत उन्नत एआई प्रणालीको सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरमा साझा मापदण्ड र पारदर्शी अनुगमन प्रणाली विकास गर्न आह्वान गरेका हुन् ।

उनीहरूका अनुसार प्रस्तावित अन्तर्राष्ट्रिय संस्थाले एआई उद्योगका लागि सुरक्षा मापदण्ड निर्धारण गर्नुका साथै एआईसँग सम्बन्धित गम्भीर सुरक्षा घटनाको व्यवस्थित अभिलेख राख्नुपर्नेछ । त्यस्ता घटनासम्बन्धी विवरण क्रमश: सर्वसाधारणको पहुँचमा समेत उपलब्ध गराउनुपर्ने उनीहरूको सुझाव छ ।

खुला पत्रमा अत्याधुनिक एआई मोडेल विकासको प्रारम्भिक चरणमै रहँदा तिनलाई बाह्य सञ्जालबाट अलग राख्न र स्वतन्त्र रूपमा सुरक्षा परीक्षण तथा अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । प्रविधि कम्पनीहरूले स्वेच्छाले अपनाउने सुरक्षा प्रतिबद्धताले मात्रै एआईका सम्भावित जोखिम नियन्त्रण गर्न नसक्ने वैज्ञानिकहरूको तर्क छ ।

यसअघि एक महिनाअघि एन्थ्रोपिक, ओपनएआई, गुगल, मेटा, एक्सएआई र एनभिडियालगायत प्रमुख प्रविधि कम्पनीहरूले अमेरिकी ह्वाइट हाउससँग एआई सुरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यद्यपि, उक्त सम्झौतामा सुरक्षा उपायहरू उल्लेख भएपनि तिनको कार्यान्वयन अनिवार्य गराउने प्रभावकारी संयन्त्र नरहेको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । स्वैच्छिक प्रतिबद्धतामा मात्रै निर्भर रहँदा एआईबाट उत्पन्न हुन सक्ने गम्भीर जोखिम नियन्त्रण गर्न कठिन हुने उनीहरूको निष्कर्ष छ ।

त्यसैले उन्नत एआई प्रविधिको सुरक्षित विकास, सम्भावित जोखिमको समयमै पहिचान र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न अधिकारसम्पन्न अन्तर्राष्ट्रिय निकाय आवश्यक रहेको उनीहरूले औँल्याएका छन् ।

एआई

च्याटजीपीटीमा नयाँ किनमेल सुविधा : कपडा लगाएर हेर्नदेखि मनपरेका सामान सुरक्षित गर्नेसम्म

काठमाडौं । ओपनएआईले च्याटजीपीटीमार्फत अनलाइन किनमेललाई थप सहज बनाउने उद्देश्यले दुई नयाँ सुविधा सार्वजनिक ग…

बेलायतमा एआई र डीपफेकमार्फत हुने सूचना युद्ध रोक्न नयाँ केन्द्र स्थापना गरिने

काठमाडौं । बेलायत सरकारले गलत सूचना, डीपफेक तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत हुने सूचना युद्धको…

एआई सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि एफटीसीको अनुसन्धान

काठमाडौं । अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) विकास गरिरहेका एन्थ्रोपिक र ओपनएआ…

ट्रम्पले बदले एआईको नाम, अब ‘सुपर इन्टेलिजेन्स’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी प्रयोजनमा प्रयोग हुँदै आएको ‘आर्टिफिसियल इन्टेलिजेन्…

ओपनएआईले च्याटजीपीटीमा एपजस्तै नयाँ सुविधा थप्दै

काठमाडौं । ओपनएआईले च्याटजीपीटीलाई थप उपयोगी र बहुउद्देश्यीय बनाउने उद्देश्यले नयाँ सुविधा विस्तार गरेको छ ।…

सुरक्षा मापदण्ड पूरा नभएपछि ओपनएआईले रोक्यो नयाँ एआई मोडल सार्वजनिक गर्ने योजना

काठमाडौं । एआई कम्पनी ओपनएआईले सुरक्षा चिन्ताका कारण नयाँ एआई मोडल ‘एस्ट्रा ६.१’ सार्वजनिक गर्ने …

एआई लगानीले विश्व अर्थतन्त्रमा टेवा, जोखिम पनि बढ्दो : ओइसीडी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) विश्व अर्थतन्त्रमा आर्थिक वृद्धिको नयाँ संवाहक बन्दै गएको भए पनि यससँगै वित्…

एआईको बढ्दो मागसँगै भारतको सेमिकन्डक्टरमा १३.५ अर्ब डलरको नयाँ लगानी योजना

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको विस्तारसँगै विश्व बजारमा सेमिकन्डक्टर अर्थात् चिपको माग बढिरहेका …

ह्वाट्सएप बिजनेसमा आयो एआई एजेन्ट, सेटअपदेखि व्यवस्थापनसम्म सहज

काठमाडौं । मेटाले नयाँ एआई सब्स्क्रिप्सन प्लानसँगै ह्वाट्सएप बिजनेस व्यवस्थापनमा एआई एजेन्ट प्रयोग गर्न सकिने घोषण…

ओपनएआईले ल्यायो इमेज २.५, अब च्याटजीपीटीमै चित्र कोरेर बनाउन सकिनेछ तस्बिर

काठमाडौं । ओपनएआईले नयाँ फिचरसहितको इमेज २.५ (Image 2.5) सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ मोडल अ…

एआई विकासको गति घटाउन एन्थ्रोपिक प्रमुख अमोडेईको प्रस्ताव, भने- ‘जोखिम नियन्त्रणका लागि समय चाहिन्छ’

काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोडेईले कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलको व…

च्याटजीपीटीको भर पर्दै हुनुहुन्छ ? फाइल अपलोड गर्दा यस्तो गल्ती नगर्नुस्

काठमाडौं । एआई उपकरणको प्रयोग बढेसँगै च्याटजीपीटीमा विभिन्न किसिमका कागजात तथा फाइल अपलोड गरेर काम गराउने…

अमेरिकी एआई नक्कल गर्दै चिनियाँ कम्पनी ? डीपसिकसहित ६ कम्पनीमाथि आरोप

काठमाडौं । अमेरिका र चीनबीच कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा बढ्दो प्रतिस्पर्धासँगै एकअर्काका प्रविधि नक्कल गरे…

फिनल्यान्डमा गुगलले किन्यो २२ वर्षका लागि आणविक बिजुली, लगानी १३ अर्ब युरो

काठमाडौं । गुगलले फिनल्यान्डको एउटा आणविक ऊर्जा केन्द्रबाट उत्पादित विद्युत्को आधासम्म खरिद गर्ने भएको छ । अमेरि…

मेटाले ल्यायो ‘म्युज’, अब एआईले आफैँ गर्नेछ डिजिटल काम

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले १८ वर्षभन्दा माथिका प्रयोगकर्तालाई लक्षित गर्दै ‘म्युज’ नाम…