काठमाडौं । च्याटजीपीटीमा अब तस्बिरसँगै विज्ञापन पनि देखिने भएको छ । ओपनएआईले च्याटजीपीटीमा नयाँ प्रकारको विज्ञापन राख्न लागेको हो । प्रयोगकर्ताले च्याटजीपीटीमा तस्बिर बनाउन भनेपछि त्यससँगै विज्ञापन पनि देखिन सक्छ ।
ओपनएआईका अनुसार विज्ञापनलाई छुट्टै चिनिने गरी राखिनेछ र यसले च्याटजीपीटीले दिने उत्तरमा कुनै असर गर्ने छैन । ओपनएआईले च्याटजीपीटीमा विज्ञापन सुरु गरिसकेको छ । अब कम्पनीले तस्बिरमार्फत ग्राहकसम्म पुग्न चाहने विज्ञापनदातालाई आकर्षित गर्ने योजना बनाएको छ ।
यी विज्ञापन पछि अन्य देशमा पनि देखिन सक्छन् । विज्ञापन नचाहने केही प्रयोगकर्ताले स:शुल्क योजना लिन सक्ने सम्भावना पनि छ । ओपनएआईले विज्ञापनको प्रभाव हेर्ने नयाँ उपकरण र साझेदारी पनि विस्तार गरिरहेको छ । यसका लागि विभिन्न विज्ञापनसम्बन्धी कम्पनीसँग सहकार्य गरिरहेको छ ।
कम्पनीले विज्ञापन कहाँ र कस्ता मानिसले देखे भन्ने बुझ्न तथा विज्ञापन उपयुक्त छ कि छैन भनेर जाँच्न नयाँ तरिका पनि बनाउँदैछ । यी सबै कामको मुख्य उद्देश्य नि:शुल्क र कम शुल्कमा च्याटजीपीटी प्रयोग गर्नेहरूबाट विज्ञापनमार्फत आम्दानी बढाउनु रहेको छ ।
आईसीटी समाचार