कीवर्डहरू -

Most read

६ अंकको पिन हटाउँदै ह्वाट्सएप, यस्तो हुनेछ नयाँ सुरक्षा प्रणाली

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको अकाउन्ट सुरक्षालाई थप मजबुत बनाउन टु-स्टेप भेरिफिकेसन प्रणालीमा परिवर्तन गर्ने तयारी गरेको छ । कम्पनीले हाल प्रयोग हुँदै आएको ६ अंकको पिनलाई हटाएर त्यसको स्थानमा पासवर्ड प्रयोग गर्ने व्यवस्था ल्याउन लागेको हो ।

नयाँ प्रणालीमा प्रयोगकर्ताले कम्तीमा ८ अक्षरको पासवर्ड बनाउनुपर्नेछ । पासवर्डमा अक्षर र अंकको संयोजन अनिवार्य हुने भएपनि सुरक्षाका लागि विशेष चिन्ह समेत प्रयोग गर्न सकिनेछ ।

यसअघि नै टु-स्टेप भेरिफिकेसन सक्रिय गरेका प्रयोगकर्ताले ह्वाट्सएपको अकाउन्ट सेटिङबाट पुरानो पिनलाई नयाँ पासवर्डमा परिवर्तन गर्न सक्नेछन् ।

अकाउन्ट रिकभरीमा इमेलको भूमिका बढ्ने
ह्वाट्सएपले अकाउन्ट रिकभरी प्रक्रियालाई पनि थप सुरक्षित बनाउने तयारी गरेको छ । त्यसका लागि प्रयोगकर्ताको अकाउन्टलाई इमेल ठेगानासँग लिंक गर्ने व्यवस्था ल्याइँदैछ ।

पासवर्ड बिर्सिएको अवस्थामा अकाउन्टमा पुनः पहुँच कायम गर्न इमेल ठेगाना उपयोगी हुने बताइएको छ । वैध इमेल ठेगाना उपलब्ध नभए अकाउन्ट रिकभर गर्ने विकल्प सीमित हुन सक्नेछ ।

ह्वाट्सएपका अनुसार नयाँ सुरक्षा व्यवस्थाको मुख्य उद्देश्य एसएमएसमार्फत प्राप्त हुने कोडको दुरुपयोगबाट हुने ठगी तथा अकाउन्ट कब्जा गर्ने प्रयासलाई कठिन बनाउनु हो ।

अपरिचित कलबारे थप जानकारी
ह्वाट्सएपले अपरिचित नम्बरबाट आउने कललाई लिएर पनि नयाँ सुरक्षा सुविधा थप्दैछ । विशेष गरी एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइने यो सुविधाले अपरिचित नम्बरबाट आएको कलबारे थप जानकारी उपलब्ध गराउनेछ ।

कल प्राप्त हुँदा नम्बर कुन देशसँग सम्बन्धित छ भन्ने जानकारी देखाइनेछ । साथै, कल गर्ने व्यक्ति र प्रयोगकर्ता एउटै ह्वाट्सएप ग्रुपमा छन् वा छैनन् भन्ने जानकारी समेत देखिनेछ ।

यी नयाँ सुविधा ह्वाट्सएपका नयाँ संस्करणमार्फत क्रमश: प्रयोगकर्तामाझ उपलब्ध गराइँदै गएको बताइएको छ ।

Most read

फिंगरप्रिन्टले फोन अनलक गर्न छाड्यो ? यी उपाय अपनाउनुहोस्

काठमाडौं । स्मार्टफोनलाई सुरक्षित राख्न अहिले पासकोड, पासवर्डसँगै फिंगरप्रिन्ट लकको प्रयोग व्यापक छ । औंलाको छा…

चाडपर्वको अनलाइन बजार तताउँदै अमेजन, १ लाख ६० हजार जनशक्ति थप्ने

काठमाडौं । भारतमा चाडपर्वको मौसम नजिकिँदै गर्दा ई-कमर्स कम्पनी अमेजनले ठूलो संख्यामा अस्थायी रोजगारी सिर्जना …

कमजोर पासवर्डले निम्त्याउन सक्छ ठूलो जोखिम, यी गल्ती नगर्नुहोस्

काठमाडौं । सामाजिक सञ्जालदेखि इमेल, बैंकिङ तथा विभिन्न मोबाइल एपसम्म अहिले अधिकांश डिजिटल सेवामा पासवर्ड अ…

अर्थ मन्त्रालयले अब इन्स्टाग्रामबाट पनि सूचना सार्वजनिक गर्ने

काठमाडौं । नेपाल सरकारको अर्थ मन्त्रालयले आफ्ना आधिकारिक सूचना, गतिविधि तथा निर्णयहरू आम नागरिकसम्म थप सहज र…

नेपाली विन्डोजदेखि एआईसम्म : चार दशकको प्रविधि यात्रामा एलन बैलोचन तुलाधर (भिडियो)

काठमाडौं । कुनै समय कम्प्युटर भनेको नेपालमा केही सीमित कार्यालय, विदेशी संस्था वा प्रविधिमा विशेष रुचि राख्न…

बाढीले दूरसञ्चार पूर्वाधारमा ४५ करोडको क्षति, अधिकांश मोबाइल टावर पुन: सञ्चालनमा

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा दूरसञ्चार…

बाढीको क्षतिपछि नेपाल टेलिकमको सेवा पुन:लयमा, १,०९३ लाइन सञ्चालनमा

काठमाडौं । गत भदौ १० गते आएको अविरल बाढीका कारण रसुवागढी, बेत्रावती र त्रिशूली क्षेत्रमा नेपाल टेलिकमको फा…

गूगल सिट्सबाटै एक्सेल फाइल इमेल गर्न सकिन्छ, यसरी गर्नुहोस्

काठमाडौं । स्प्रेडसिटमा काम गर्ने प्रयोगकर्ताका लागि गूगल सिट्स र माइक्रोसफ्ट एक्सेल दुवै लोकप्रिय उपकरण हुन् । क…

गुगलले ल्यायो एआईमा आधारित नयाँ मौसम पूर्वानुमान प्रणाली

काठमाडौं । गुगलले मौसमको पूर्वानुमानलाई अझ छिटो र सटीक बनाउने उद्देश्यले नयाँ एआई मोडल सार्वजनिक गरेको छ ।…

फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’

काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्दै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै पहिलोपटक फोल्डेब…

सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदमा आवेदन आह्वान

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रको कार्यकारी निर्देशक पदक…

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आयोजना हुने

काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्…

अस्ट्रेलियामा सामाजिक सञ्जालका लागि नयाँ नियम, एल्गोरिदमबाट बाहिरिन सक्ने सुविधा

काठमाडौं । अस्ट्रेलिया सरकारले सामाजिक सञ्जाल प्रयोगकर्तालाई आफूले कस्तो सामग्री हेर्ने भन्ने निर्णयमा थप अधिकार…

ह्वाट्सएपका फोटो भिडियो ग्यालरीमा आफैं सेभ हुनबाट कसरी रोक्ने ?

काठमाडौं । ह्वाट्सएप विश्वभर सबैभन्दा धेरै प्रयोग हुने नि:शुल्क मेसेजिङ एपमध्ये एक हो । यसको माध्यमबाट प्रयोगकर्…

एन्थ्रोपिकले क्लाउड कम्प्युटिङका लागि ल्याम्ब्डासँग गर्‍यो ३५ अर्ब डलरको सम्झौता

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो बढ्दो कम्प्युटिङ आवश्यकतालाई पूरा गर्न अमेरिकास्थित …