कीवर्डहरू -

Most read

इन्टरनेट प्याकेज र शुल्कमा प्राधिकरणको निगरानी, १४ सेवा प्रदायक कारबाहीमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्त उल्लङ्घन गरेको निरीक्षण तथा जाँचबुझबाट पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको हो ।

प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराउने, तोकिएको भन्दा बढी शुल्क असुल्ने, स्वीकृतिबिना फरक प्याकेज बनाएर बिक्री गर्ने तथा प्याकेजसम्बन्धी जानकारी निर्धारित समयमा सेवाग्राहीलाई नदिने कम्पनीमाथि कारबाही गरिएको हो । प्राधिकरणको निर्देशन पालना नगरेको विषय पनि कारबाहीको आधार बनेको छ ।

प्राधिकरणले स्वीकृत इन्टरनेट गति र प्याकेजअनुसार सेवा नदिनु तथा स्वीकृत दरभन्दा बढी शुल्क लिनु उपभोक्ताको हितविपरीत भएको जनाएको छ । यस्ता गतिविधि नियन्त्रण गरी सेवाग्राहीको अधिकार संरक्षण गर्न कारबाही गरिएको प्रवक्ता अर्यालले बताएका छन् ।

कुन-कुन कम्पनी कारबाहीमा परे ?
प्राधिकरणका अनुसार जरिवानामा पर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालि, क्लासिक टेक प्रालि, वेब सर्फर नेपाल कम्युनिकेसन सिस्टम प्रालि, फाइबरवर्ल्ड कम्युनिकेसन प्रालि, भायानेट कम्युनिकेसन्स लिमिटेड, एरोनेट प्रालि, डिश मिडिया नेटवर्क लिमिटेड, वाइफाइ नेपाल प्रालि, सिजी कम्युनिकेसन लिमिटेड, वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेड, फर्स्ट लिङ्क कम्युनिकेसन प्रालि, पोखरा इन्टरनेट प्रालि, टेकमाइन्ड्स नेटवर्क लिमिटेड र सुबिसु लिमिटेड रहेका छन् । यी सबै कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको हो ।

स्वीकृतिबिनाका प्याकेज बन्द गर्न निर्देशन
प्राधिकरणले स्वीकृति नलिई सञ्चालनमा ल्याइएका इन्टरनेट सेवा प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

त्यस्ता गतिविधिका कारण कुनै ग्राहकलाई हानिनोक्सानी पुगेको भए ग्राहकको मागका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन वा हानिनोक्सानीको बिगो भराउनसमेत प्राधिकरणले निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार शुल्क निर्धारणसम्बन्धी निर्देशिकाबमोजिम सेवा प्रदायकले प्रस्तावित दर र लागू हुने मितिसहितको विवरण कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्छ । तर, केही कम्पनीले उक्त व्यवस्थाको पालना नगरेको पाइएको छ ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई कुनै पनि नयाँ सेवा प्याकेज वा महसुल दर लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन र स्वीकृतिबिना प्याकेज सञ्चालन नगर्न सचेत गराएको छ ।

इन्टरनेट शुल्क नबढेको प्राधिकरणको स्पष्टोक्ति
यसअघि असोज २४ गते प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पारेको थियो । सेवा प्रदायकबाट शुल्क बढाउने कुनै प्रस्ताव प्राप्त नभएको र प्राधिकरणले पनि शुल्क वृद्धि गर्न स्वीकृति नदिएको जनाएको थियो ।

त्यस अवसरमा प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क असुल्ने तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको थियो । साथै, सेवा प्रदायकले स्वीकृत शुल्क दर सार्वजनिक गर्नुपर्ने व्यवस्थासमेत स्मरण गराएको थियो ।

स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको पाइएमा प्राधिकरणमा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरिएको छ ।

उपभोक्ताको हकहित संरक्षण, स्वच्छ प्रतिस्पर्धाको प्रवर्द्धन तथा इन्टरनेट सेवालाई व्यवस्थित बनाउन प्रचलित कानुन र अनुमतिपत्रका सर्तअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

Most read

नयाँ लाइसेन्स प्रणालीमा प्राविधिक समस्या, यातायात कार्यालयको सेवा अवरुद्ध

काठमाडौं । नयाँ सवारी चालक अनुमतिपत्र प्रणालीको सर्भरमा प्राविधिक समस्या उत्पन्न भएपछि यातायात व्यवस्था कार्यालय…

एआई सुरक्षामा कडा विश्वव्यापी निगरानीको माग, ४०० विज्ञले जारी गरे खुला पत्र

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) बाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न विश्वभरका वैज्ञानिक तथा प्…

विद्युतीय फोहोरलाई आर्थिक अवसरका रूपमा उपयोग गरौँ : प्रा.डा. सुदन झा

काठमाडौं । काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञ प्रा.डा. सुदन झाले विद्युतीय …

हुलाक सेवालाई प्रविधिमैत्री बनाइने, कर्मचारीलाई जिम्मेवार बन्न मन्त्री डा. तिमिल्सिनाको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई व्यवस्थित, प्रभावकारी र गुणस्त…

दूरसञ्चार प्राधिकरणद्वारा आइटेल नेटवर्कको अनुमतिपत्र रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आइटेल नेटवर्क प्रा.लि.को नेटवर्क सेवा तथा इन्टरनेट (इमेलसहित) सेवा सञ्…

दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गरिँदै

काठमाडौं । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत …

वित्तीय तथा साइबर अपराध नियन्त्रण गर्न उच्च प्रविधियुक्त संयन्त्र बनाइने : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बढ्दो वित्तीय तथा साइबर अपराध नि…

स्क्रिन फुटेको मोबाइल चलाउँदा के हुन्छ ? यी जोखिमबारे थाहा पाउनुहोस्

काठमाडौं । स्मार्टफोन हातबाट खस्दा स्क्रिन चर्किनु वा फुट्नु सामान्यजस्तै बनेको छ । कतिपय प्रयोगकर्ताले सामान्य चि…

डिजिटल विज्ञापनदेखि क्लिन फिडसम्म, नियमन कसिलो बनाउँदै बोर्ड

काठमाडौं । विज्ञापन बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउन विज्ञापन बोर्डले डिजिटल विज्ञापनको प्रभाव…

एआई कम्पनीमाथि कडाइ गर्ने अस्ट्रेलियाको तयारी, स्वतन्त्र सुरक्षा परीक्षण गर्न सिफारिस

काठमाडौं । अस्ट्रेलियाको संसदीय समितिले कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनीहरूको सुरक्षा प्रणाली प्रभावकारी बनाउन …

नेपाल-भारतबिच व्यापार, लगानी र प्रविधिमा सहकार्य आवश्यक : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई उत्पादनमुखी, विविधतायुक्त र दिगो ब…

चाडपर्वमा साइबर ठगी रोक्न राष्ट्र बैंकको कडाइ, बैंकहरूमा २४ घण्टा निगरानी र फोकल पर्सन अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहार तथा छठ पर्वका सार्वजनिक बिदामा हुन सक्ने विद्युतीय आर्थिक ठगी निय…

स्मार्टवाच पनि हुन सक्छ ह्याक, कसरी सुरक्षित राख्ने व्यक्तिगत विवरण ?

काठमाडौं । स्मार्टवाच अहिले दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएको छ । समय हेर्नेदेखि स्वास्थ्य तथा फिटनेससम्बन्धी…

बाढीले जलविद्युत् आयोजना र वितरण लाइनमा क्षति, पुन:स्थापनामा जुट्यो प्राधिकरण

काठमाडौं । बुढीगण्डकी तथा यसको सहायक नदी स्यार खोलामा आएको बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन गर्…

खोटाङ प्रशासनको सेवा प्रवाह प्रविधिमैत्री बन्दै, कार्यालय नपुगी घरबाटै सेवा लिन सकिने

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिनै विभिन्न सेवा लिन सकिने व्यवस्था सुरु ग…