कीवर्डहरू -

Most read

सस्तो इन्टरनेटमा निजीको ‘ब्रेक’, नेपाल टेलिकम भन्छ- ‘मूल्य बढाउँदैनौँ’

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकहरूले सुपथ मूल्यका कम गतिको इन्टरनेट प्याकेज बिक्री बन्द गर्ने निर्णय गरेपछि इन्टरनेटको शुल्क बढ्ने हो कि भन्ने चिन्ता बढेको छ । तर सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले भने हाल सञ्चालनमा रहेका आफ्ना इन्टरनेट प्याकेजको मूल्य वृद्धि गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालले गत सोमबारदेखि सस्ता तथा कम स्पिडका प्याकेज उपलब्ध गराउन नसक्ने जनाएको थियो । मध्यपूर्वको तनावपछि बढेको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, मुद्रास्फीति तथा एआई प्रविधिको तीव्र विस्तारसँगै इलेक्ट्रोनिक चिपसेटको मूल्य बढ्दा सेवा सञ्चालन खर्च बढेको सङ्घको भनाइ छ ।

निजी प्रदायकको निर्णयसँगै न्यून आय भएका उपभोक्ताले सस्तो इन्टरनेट सेवा लिन कठिन हुने हो कि भन्ने बहस सुरु भएको छ । यहीबीच नेपाल टेलिकमले भने ग्राहकले अहिले लिइरहेका प्याकेजलाई निरन्तरता दिने जनाएको हो ।

वार्षिक प्याकेजमा थप सुविधा
टेलिकमले अन्य सेवा प्रदायकको तुलनामा वार्षिक तथा दुई वर्षे फाइबर इन्टरनेट प्याकेजलाई सस्तो दरमा उपलब्ध गराइरहेको जनाएको छ । ग्राहकले फाइबर इन्टरनेट जडान गर्दा मोबाइलमा दैनिक ६०० एमबीदेखि १ हजार एमबीसम्म डेटा निःशुल्क पाउने सुविधा पनि रहेको कम्पनीको भनाइ छ ।

एक महिना र तीन महिनाका प्याकेज समेत सञ्चालनमा रहेका छन् । हाल घरायसी ग्राहकका लागि टेलिकमले ५० एमबीपीएस इन्टरनेटको वार्षिक शुल्क ८ हजार ४९९ रुपैयाँ तोकेको छ । दुई वर्षको प्याकेज एकैपटक खरिद गर्दा १४ हजार ९९९ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, ७५ एमबीपीएसको वार्षिक शुल्क १० हजार ४९९ रुपैयाँ, १०० एमबीपीएसको ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको १६ हजार ४९९ रुपैयाँ रहेको छ ।

टेलिकमका अनुसार वार्षिक शुल्क एकैपटक भुक्तानी गर्ने ग्राहकले दैनिक ६०० एमबी मोबाइल डेटा निःशुल्क पाउँछन् । दुई वर्षको प्याकेज खरिद गर्दा एक वर्षे प्याकेजमा उपलब्ध सुविधाको तुलनामा झन्डै १५ प्रतिशतसम्म सहुलियत हुने कम्पनीको दाबी छ ।

‘बिलिङ पारदर्शी छ’
टेलिकमका प्रवक्ता लामिछानेले ग्राहकलाई तोकिएको ब्यान्डविथभन्दा कम सेवा नदिइने दाबी गरे । उनका अनुसार कम्पनीले उपलब्ध गराएको ब्यान्डविथको तुलनामा ग्राहकले बढी नै सेवा पाउने र बिलिङ प्रक्रिया समेत पारदर्शी रहेको छ । गत साउन मसान्तसम्म टेलिकमको फाइबर इन्टरनेट प्रयोग गर्ने ग्राहकको संख्या ४ लाख २ हजार ११० पुगेको कम्पनीले जनाएको छ ।

कार्यालय धाउन नपर्ने
टेलिकमले इन्टरनेट जडान प्रक्रियालाई समेत सहज बनाएको जनाएको छ । नयाँ कनेक्सनका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटाउँदै १९८ नम्बरमा फोन गरेर ‘डिमान्ड’ दर्ता गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताए ।

ग्राहकलाई सेवा लिन सहज होस् भनेर सार्वजनिक बिदा तथा चाडपर्वका समयमा समेत काउन्टर सञ्चालन गरिएको कम्पनीले जनाएको छ । हाल एनटी फाइबर सेवा ७७ जिल्लाका करिब ४०० पालिका तथा पालिका केन्द्रसम्म पुगेको छ । फाइबर नपुगेका दुर्गम तथा अति दुर्गम क्षेत्रमा भने ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको टेलिकमको भनाइ छ ।

एउटै तारबाट चार सुविधा
एनटी फाइबरमार्फत ग्राहकले एउटै कनेक्सनबाट उच्च गतिको इन्टरनेट, टेलिभिजन, टेलिफोन र मोबाइल डेटा प्रयोग गर्न सक्ने सुविधा रहेको टेलिकमले जनाएको छ ।

इन्टरनेटसँगै रोजेको च्यानलसहित टेलिभिजन हेर्न र टेलिफोन सेवा प्रयोग गर्न सकिने भएकाले कम्पनीले यसलाई ‘थ्री प्लस वान’ नाम दिएको छ । टेलिकमका अनुसार दुर्गम क्षेत्रमा सेवा विस्तार गर्दा तत्कालीन नाफा लागतभन्दा राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिइएको छ ।

सेटटप बक्सबिनै स्मार्ट टिभीमा एनटीटिभी
यसैबीच टेलिकमले एनटी फाइबरअन्तर्गतको एनटीटिभी सेवामा नयाँ सुविधा थपेको छ । अब एन्ड्रोइडमा आधारित स्मार्ट टिभी प्रयोगकर्ताले भौतिक सेटटप बक्सबिनै टेलिभिजन सेवा लिन सक्ने भएका छन् ।

कम्पनीले असोज १५ देखि एन्ड्रोइड टिभीका लागि ‘भर्चुअल सेटटप बक्स’ उपलब्ध गराएको हो । ग्राहकले आफ्नो स्मार्ट टिभीमा गुगल प्लेस्टोरबाट ‘स्मार्ट एनटीटिभी’ खोजेर एप इन्स्टल गरी सेवा प्रयोग गर्न सक्नेछन् ।

आगामी दिनमा सबै प्रकारका स्मार्ट टिभीमा प्रयोग गर्न मिल्ने गरी भर्चुअल सेटटप बक्स विस्तार गर्ने तयारी भइरहेको प्रवक्ता लामिछानेले जानकारी दिए । नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेटटप बक्ससहितको प्याकेज लिने ग्राहकलाई १ हजार रुपैयाँ छुट दिने व्यवस्था पनि गरिएको छ ।

टेलिकमले एनटी फाइबरमार्फत इन्टरनेट, टेलिफोन र टेलिभिजन सेवा एउटै कनेक्सनबाट उपलब्ध गराउँदै आएको छ । वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डेटा सुविधा समेत समावेश गरिएको कम्पनीले जनाएको छ ।

Most read

साइबर सुरक्षा घटनापछि पठाओको सेवा प्रभावित, सतर्क रहन आग्रह

काठमाडौं । राइड शेयरिङ तथा डेलिभरी सेवा प्रदायक पठाओले पछिल्लो समय आफ्नो प्लेटफर्ममा देखिएको सेवा अवरोध साइ…

दसैँका लागि आयो सहज व्यवस्था, एटिएमबाटै १०० का नयाँ नोट पाइने

काठमाडौं । यस वर्षको दसैँसहितका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत रु १…

नेकपाले बनाउँदै सूचना प्रविधि नीति, प्रचण्ड र माधव नेपालले पाए मस्यौदा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा पार्टीका संयोजक पुष्पकम…

दशैं अफरमा सामसङ र एनसेलको सहकार्य, ग्राहकलाई विशेष उपहार

काठमाडौं । सामसङ नेपालले Ncell सँग मिलेर Ncell का ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ …

महालेखाको प्रणालीमा जोडिए विद्युत् प्राधिकरण र खानेपानी, अब डिजिटल भुक्तानी

काठमाडौं । संघ र प्रदेश मातहतका सरकारी कार्यालयले अब बिजुली र खानेपानीको बिल डिजिटल प्रणालीमार्फत भुक्तानी …

सात सिटे ‘एमजी हेक्टर टमहक ईभी’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । एमजीको नयाँ विद्युतीय एसयूभी ‘एमजी हेक्टर टमहक’ नेपाली बजारमा सार्वजनिक भएको छ । न…

भारतले एप स्टोरबाट हटाएको बिटच्याट के हो, इन्टरनेटबिनै कसरी चल्छ ?

काठमाडौं । इन्टरनेट तथा मोबाइल नेटवर्क बन्द भएका बेला नजिकका मानिसबीच सन्देश आदानप्रदान गर्न प्रयोग हुँदै आएक…

टिकटकमार्फत डिजिटल ठगी : सात युवा पक्राउ, ४३ सिमकार्ड र ५२ नागरिकताका प्रतिलिपि बरामद

रौतहट । टिकटकमार्फत फर्निचर बिक्री गर्ने बहानामा अनलाइन ठगी गरेको आरोपमा रौतहटका चार जना पक्राउ परेको दुई स…

झर्को लाग्ने फेसबुक साथी ? अनफ्रेन्ड नगरी यसरी राख्न सक्नुहुन्छ दूरी

काठमाडौं । फेसबुकमा जोडिएका सबै साथीसँग सधैं समान सम्बन्ध रहँदैन । समयसँगै कसैका पोस्ट अत्यधिक देखिन थाल्छन्…

गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा ब्रोडब्यान्ड विस्तार हुँदै, २ अर्बभन्दा बढी लगानी

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न दुई हजार २१६ किलो…

बौद्धिक सम्पत्ति संरक्षण : नेपाली व्यवसायी र अमेरिकी अधिकारीबीच अनुभव आदानप्रदान

काठमाडौं । नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्…

नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा छुट, ४९९ रुपैयाँमा ५ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’…

कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वाधार परियोजनालाई प्राथमिकता दिने लगानी बोर्डको निर्णय

काठमाडौं । लगानी बोर्डको ६८ औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्…

संस्थाको उत्पादकत्त्व बढाउन सघाउने आईटी कम्पनी : आर्कबो टेक्नोलोजिज (भिडियो)

काठमाडौं । आर्कबो टेक्नोलोजिज नेपालको पिपल डेभलपमेन्ट र अर्गनाइजेसनल क्षमता सुधार्ने दीर्घकालीन रणनीतिक …

एभरेस्ट इन्जिनियरिङ कलेजमा अन्तर्राष्ट्रिय एआई सम्मेलन सम्पन्न

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा कम्प्युटेसनल साइन्स एन्ड इन्जिनियरिङ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (…