Most read
नेपाली प्रयोगकर्तालाई लक्षित ‘डिजिटल पात्रो’ एप सार्वजनिक, विज्ञापनरहित र अफलाइन फर्स्ट फिचर
नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड, आईओएस तथा वेब प्लेटफर्ममा प्रयोग गर्न मिल्ने ‘डिजिटल पात्रो (Digital Patro)’ एप सार्वजनिक गरिएको छ। विज्ञापनरहित र अफलाइन फर्स्ट अवधारणामा विकास गरिएको यो एपले चाडपर्व, विशेष दिन तथा विभिन्न कार्यक्रमका लागि सहजै सामाजिक सञ्जाल पोस्ट तयार गर्न सकिने पोस्ट जेनेरेटर सुविधा प्रदान गर्छ।
डिजिटल पात्रो एपमार्फत प्रयोगकर्ताले ई.सं. तथा वि.सं. मिति, तिथि, सूर्योदय–सूर्यास्त समय, पञ्चाङ्ग, राशिफल, रिमाइन्डर, मिति रूपान्तरण, मुहूर्त, रेडियो तथा विदेशी विनिमय दर (फरेक्स) जस्ता विभिन्न सेवा एकै स्थानबाट उपयोग गर्न सक्छन्।
एपको प्रमुख आकर्षणका रूपमा रहेको पोस्ट जेनेरेटर फिचरमार्फत प्रयोगकर्ताले चाडपर्व, विशेष दिवस वा कार्यक्रमका लागि आफ्नै थिम, रङ, डिजाइन तथा ब्रान्डिङअनुसार सामाजिक सञ्जाल पोस्ट सजिलै तयार गर्न सक्छन्। हाल यो एपमा पाँच हजारभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको जनाइएको छ।
डिजिटल पात्रो विकासकर्ता कम्पनी वाईएचएच आईटी सोलुसन्सका प्रबन्ध निर्देशक सुदिप भण्डारीका अनुसार यो एप सधैं विज्ञापनरहित रहनेछ। सरल, छरितो र प्रयोगकर्तामैत्री अनुभव दिने उद्देश्यले डिजिटल पात्रो विकास गरिएको उनले जानकारी दिए ।
डिजिटल पात्रोमा मोबाइल होम स्क्रिन विजेट, नोटिफिकेसन बारमै मिति देखिने सुविधा तथा वेबसाइटका लागि वेब विजेटसमेत उपलब्ध छन्। कम्पनीले आगामी दिनमा पोस्ट जेनेरेटर फिचरलाई अझ परिष्कृत बनाउने र संस्था तथा व्यवसायहरूले आफ्नै पात्रो तयार गरी सेयर गर्न सक्ने ‘अर्गनाइजेसनल क्यालेन्डर’ फिचर थप गर्ने योजना बनाएको छ।
Most read
‘मतदाता नामावलीको डिजिटल प्रतिलिपि उपलब्ध गराउने व्यवस्था संविधान र गोपनीयता ऐन विपरीत’
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी गरेको निर्वाचन निर्देशिका, २०८२ मा समावेश मतदाता नामावलीसम्बन्धी व्यवस्था…
पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात काठमाडौँ–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने
राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यातले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ&n…
अब दैनिक १० हजार ड्राइभिङ लाइसेन्स छाप्ने तयारी
सुरक्षण मुद्रण केन्द्रले अब दैनिक १० हजार सवारी चालक अनुमतिपत्र छाप्ने तयारी गरेको छ । माघदेखि दैनिक १० हजारका दरले ड्राइभिङ ल…
इंटेलको चिप सफलतासँगै ट्रम्पको व्यापार,राष्ट्रवाद नीतिमा थप ऊर्जा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिप निर्माता कम्पनी इंटेलको निकै प्रशंसा गरेका छन्। इंटेलले भर्खरै एउटा यस्तो एडवान्स्ड सेमिकन्डक्…
दिपल ई०७ ‘ट्रान्स्फर्मर एक्स’ नेपालमा सार्वजनिक गर्ने तयारी
। गत वर्ष विश्वकै पहिलो ‘ट्रान्स्फर्मर एसयूभी’ दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरे…
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्म बन्दै टिकटक
नेपालमा टिकटक अब केवल मनोरञ्जनको माध्यममा सीमित नरही कन्टेन्ट खोज्ने प्रभावशाली प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको छ। टिकटकको …
एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’, अनलिमिटेड कलसँगै डिजिटल वालेटमा निःशुल्क पहुँच
एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । व…
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ: सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउनेगरी काम…
एल्गोरिदम ओपन सोर्स गर्ने तयारीमा एक्स
सामाजिक सञ्जाल प्लेटफर्म एक्स (X) ले चाँडै आफ्ना कन्टेन्ट सिफारिस एल्गोरिदम कसरी काम गर्छ भन्नेबारे थप पारदर्शिता प्रदान गर्ने संकेत…
कञ्चनपुरको राधानदीमा जलस्तर मापन गर्ने ‘आरएलएस’ जडान
जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘राडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ …
माघ १ गतेदेखि सबै बिमा भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन
नेपाल बिमा प्राधिकरणले माघ १ गतेदेखि सबै प्रकारका बिमा भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन …
देशलाई सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजिटल नेपालको रोडम्यापः सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाइ सुशासनको मार्गमा लैजाने एकमात्र उपाय डिजीटल नेपालको रोडम्याप भएको बताएका छ…
आईसीटी सीप विकासमा योगदान पुर्याएको भन्दै क्यान महासंघ र नेतृत्व सम्मानित
नेपाली सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको विकास, डिजिटल साक्षरता र दक्ष जनशक्ति उत्पादनमा रूपान्तरणकारी योगदान पु…
अब सेप्टेम्बरमा सबै आइफोन नआउने, एपलको दशकौँ पुरानो परम्परा टुट्ने संकेत
दुनियाभरका आइफोन प्रयोगकर्ता र फ्यानहरूले हरेक वर्ष सेप्टेम्बरमा नयाँ आइफोन सार्वजनिक हुने प्रतीक्षा गर्छन्। करिब एक दशकदेखि एपलले…
गुगलले ल्यायो एआईमा आधारित किनमेलका लागि ‘युनिभर्सल कमर्स प्रोटोकल’
गुगलले एआई एजेन्टमार्फत किनमेल अनुभवलाई अझ सहज बनाउने उद्देश्यसहित नयाँ खुला मापदण्ड युनिभर्सल कमर्स प्रोटोकल (UCP) सार्वजनिक गर…