ग्याजेट्स
असुसले स्मार्टफोन व्यवसायबाट पछि हट्ने संकेत, एआई परियोजनातर्फ केन्द्रित हुने सम्भावना
ताइवानस्थित प्रविधि कम्पनी असुसले स्मार्टफोन व्यवसायलाई क्रमशः घटाउँदै लैजाने संकेत दिएको छ । कम्पनीका अध्यक्ष जोन्नी शिहको हालैका अभिव्यक्तिहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले असुसले आगामी दिनमा नयाँ स्मार्टफोन मोडेल सार्वजनिक गर्ने योजना नरहेको बताएका छन्।
अध्यक्ष शिहले स्मार्टफोन व्यवसाय पूर्ण रूपमा बन्द गर्ने विषयमा स्पष्ट पुष्टि नगरे पनि यस्तो सम्भावना अस्वीकार भने गरेका छैनन्। तर, हाल बजारमा उपलब्ध असुस स्मार्टफोनहरूले भने नियमित सफ्टवेयर अपडेट र वारन्टी सेवा पाउने स्पष्ट पारेका छन्।
उनका अनुसार असुसको आगामी रणनीति कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धित परियोजनाहरूमा केन्द्रित हुनसक्छ, जसमा रोबोटिक्स र स्मार्टग्लास जस्ता क्षेत्रहरू समावेश हुन सक्ने संकेत दिएका छन्।
यसअघि आएका केही रिपोर्टहरूले असुसले २०२६ मा कुनै पनि नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने जनाएका थिए। तर अध्यक्ष शिहको पछिल्लो भनाइले यो विराम एक वर्षभन्दा लामो समयसम्म रहन सक्ने सम्भावना देखाएको छ।
यद्यपि स्मार्टफोनबाहेक अन्य उत्पादनहरूमा असुस सक्रिय नै देखिएको छ। यसै महिनाको सुरुवातमा सम्पन्न सीईएस २०२६ प्रविधि प्रदर्शनीमा कम्पनीले डुअल–स्क्रिन ल्यापटप र गेमिङ स्मार्टग्लास जस्ता नयाँ उत्पादनहरू सार्वजनिक गरेको थियो।
ग्याजेट्स
रियलमी १५ प्रो फाइभजी नेपालमा उपलब्ध
रियलमीले आफ्नो नयाँ रियलमी १५ प्रो फाइभजी नेपालमा विक्री सुरु गरेको जनाएको छ । उन्नत इमेजिङ, शक्तिशाली एआई फिचर, र प्रिम…
ओपो ए सिक्स प्रोको प्रि–बुकिङ गर्दा इन्को बड्स थ्री जित्ने मौका
ओपोले आफ्नो नयाँ स्मार्टफोन ए सिक्स प्रोको प्रि–बुकिङ औपचारिक रूपमा खुला गरेको छ । अब ग्राहकहरूले आधिकारिक रूपमा सा…
ग्यालेक्सी एम १७ फाइभजी नेपालमा, अप्टिकल इमेज स्टेबिलाइजेसनसहित के के छन् अन्य सुविधा ?
सामसङले नेपालमा लोकप्रिय ग्यालेक्सी एम सिरिजको नयाँ सदस्य ग्यालेक्सी एम १७ फाइभजी सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, दमदार टि…
सामसङको ग्यालेक्सी एस २५ एफई नेपालमा सार्वजनिक, मूल्य १ लाख
सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ। यो फोन विशेष रूपमा युवा प्रोफेशनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइ…
ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना
ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ…
अनर प्ले १० नेपालमा सार्वजनिक, कति छ मूल्य ?
स्मार्टफोन ब्रान्ड अनरले नेपालमा नयाँ मोडल अनर प्ले१० सार्वजनिक गरेको छ। प्ले इट कुल स्लोगनसहित बजारमा आएको यो फोनलाई कम्पन…
सामसङको ग्यालेक्सी जेड फोल्ड६ वा ग्यालेक्सी जेड फ्लिप६ किन्दा ५० हजारसम्म क्यासब्याक
दशैंको अवसरनमा सामसङ नेपालले आफ्ना फोल्डेबल फोनहरू अब पहिलेको भन्दा धेरै सुलभसँग उपलब्ध गराइरहेको छ। यस अवसरमा नयाँ ग्य…
जेडटीईको नुबिया ए५६ र ए३६ नेपाली बजारमा
जेडटीई कर्पोरेसनले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन मोडल नुबिया ए५६ र नुबिया ए३६ औपचारिक रुपमा सार्वजनिक गरेको छ।
<…रेडमी नोट १४ सिरिज खरिद गर्दा रेडमी बड्स फाइभ ए ९९९ रूपैयाँमै पाइने
विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खर…
आईफोन १७ किन्ने कि आईफोन १६ ? यस्तो छ फरक
एपलले आफ्नो नयाँ आइफोन १७ सिरिज लन्च गरिसकेको छ ।
गत वर्षको आइफोन १६ मोडेलको सुरुवाती…
रियलमीको नोट ७० सार्वजनिक, एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा
रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६३००mAh को शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी-ग्रेडको…
रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक, के के छन् सुविधा ?
शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५ सी नेपालमा सार्वजनिक गरेको छ ।
सामसङ ग्यालेक्सी ए १७ फाइभजी नेपालमा, कति छ मूल्य ?
सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीले ६.७ इन्चको ९० हर्ज रिफ्रेश रे…
नेपालमा ओपोको फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक, मूल्य साढे २ लाख
विश्वव्यापी स्मार्ट डिभाइस ब्रान्ड ओपोले नेपालमा आफ्नो नयाँ फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन फाइन्ड एनफाइभ सार्वजनिक गरेको छ । यो स्मार्ट…
असुसका तीन वटा गेमिङ ल्यापटप नेपालमा, कति छ मूल्य ?
असुस नेपालले तीन वटा गेमिङ ल्यापटप नेपालमा सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको लबिम मलस्थित नियो गेमिङ स्टोरमा नेपालमै पह…