ग्याजेट्स
सामसङ ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक
काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । वन यूआई ९ अपरेटिङ सिस्टमसहित आएको ग्यालेक्सी एस२६ सिरिजको यो पहिलो स्मार्टफोन हो ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, प्रणय रत्न स्थापितले ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने उद्देश्यले डिजाइन गरिएको र यसले एस सिरिजका सुविधाहरू थप ग्राहकसम्म पुर्याउने बताएका छन् ।
८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध फोनको अधिकतम मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ । यो फोन पिस्ताचियो, ग्राफाइट र ब्लुबेरी गरी तीन रङमा उपलब्ध गराइएको कम्पनीले बताएको छ । फोनमा ट्रिपल रियर क्यामेरा सेटअप र ३ गुणासम्म अप्टिकल जुमको सुविधा रहेको छ ।
फोनमा ग्यालेक्सी एआईका विभिन्न फिचरहरू दिइएको छ । जसअन्तर्गत ग्यालेक्सी एस२५ सिरिजमा सुरु गरिएको ‘नाउ ब्रिफ’ फिचरलाई थप परिमार्जन गर्दै प्रयोगकर्ताले निर्देशन दिएर आफ्नै ब्रिफिङ कार्डहरू बनाउन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
फोन खरिद गर्ने ग्राहकलाई सामसङले विभिन्न अफरहरूको व्यवस्था रहेको छ । जसमा पुरानो फोन साट्दा ८ हजारसम्मको थप एक्सचेन्ज बोनस र १८ हजार ३५१ मूल्य बराबरको ६ महिने ‘गुगल एआई प्रो’ सब्सक्रिप्सन नि:शुल्क दिइने कम्पनीले जनाएको छ ।
ग्राहकले इएमआई मार्फत १२ महिना मासिक ६ हजार र २४ महिना मासिक ३ हजार २५६ बाट सुरु हुने सजिलो किस्ताबन्दी सुविधामार्फत पनि फोन खरिद गर्न सक्नेछन् ।
ग्याजेट्स
रेडमी नोट १७ सिरिज सार्वजनिक, चार्जरको झन्झटबाट प्रयोगकर्ता मुक्त
काठमाडौं । शाओमीले उच्च क्षमताको ब्याट्री र शक्तिशाली कार्यक्षमतासहित रेडमी नोट १७ सिरिज सार्वजनिक गरेको छ । न…
फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’
काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्दै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै पहिलोपटक फोल्डेब…
ह्वावेको नयाँ स्मार्टवाच ‘वाच डी३’ सार्वजनिक, २४ घण्टा रक्तचाप निगरानीको सुविधा
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले रक्तचाप निगरानीलाई प्राथमिकता दिइएको नयाँ पुस्ताको स्मार्टवाच &lsqu…
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक
काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला नेपा…
सामसुङले नेपालमा सार्वजनिक गर्यो नयाँ ग्यालेक्सी जेड फोल्ड८ सिरिज, वाच अल्ट्रा२ र वाच९
काठमाडौं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ । अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ क…
सामसङ नेपालको मनसुन अफर : होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक
काठमाडौं । सामसङ नेपालले मनसुनलाई लक्षित गर्दै आफ्ना टिभी, वाशिङ मेसिन र रेफ्रिजेरेटरमा विशेष अफर सार्वजनिक…
७,५०० एमएएच ब्याट्रीसहित रेडमी १७ सिरिज नेपालमा सार्वजनिक
काठमाडौं । शाओमीले नेपालमा रेडमी १७ सिरिज अन्तर्गत रेडमी १७ र रेडमी १७ ५जी सार्वजनिक गरेको छ । लामो समयसम्…
सामसङले नेपालमा सार्वजनिक गर्यो ग्यालेक्सी जेड फोल्ड८ सिरिज, एआईसँगै स्मार्ट ओनरशिप इकोसिस्टममा जोड
काठमाडौं । सामसङ नेपालले आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिजअन्तर्गत ग्यालेक्सी जेड फोल्ड८ अल्ट्रा, ग्याल…
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच ६ सिरिज नेपालमा
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी साओमीले आकर्षक डिजाइन, आधुनिक स्वास्थ्य निगरानी सुविधा तथा लामो समयसम्म …
फोल्डेबल आईफोनको युग सुरु गर्दै एप्पल, सेप्टेम्बरमा ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने
काठमाडौं । एप्पलको पहिलो फोल्डेबल स्मार्टफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक हुने चर्चा तीव्र बनेको छ । व…
शाओमी वाच एस फाइब स्मार्ट वाच सार्वजनिक
काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा नयाँ स्मार्ट घडी शाओमी वाच एस फाइब ४६ मिलि…
ह्वाट्सएपको नयाँ फिचर : व्यवसायिक सन्देश अब मुख्य इनबक्सबाट अलग
काठमाडौं । ह्वाट्सएपले बैंक, एयरलाइन्सलगायत ठूला व्यवसायबाट आउने सन्देशलाई छुट्टै फोल्डरमा राख्ने नयाँ फिचरको …
रियलमीको स्मार्ट वेयरेबल पोर्टफोलियो नेपालमा
काठमाडौं । रियलमीले नेपालमा आफ्नो एआईओटी (AIoT) इकोसिस्टमलाई थप सुदृढ बनाउने उद्देश्यका साथ स्मार्ट वेयरेबल …
एआई सुविधासहित सामसङ ग्यालेक्सी ए२७ फाइभजी नेपालमा
काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७ फाइभजी सार्वजनिक गरेको छ । कम मूल्यमा अत्याधुनिक…
टेलिटकद्वारा पोको ‘एम८’ सिरिजका दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक
काठमाडौं । नेपाली बजारमा स्मार्टफोनको पहुँच र आधुनिक प्रविधिलाई प्रवर्द्धन गर्दै पोकोको आधिकारिक वितरक टेलिटक…