काठमाडौं । नयाँ Galaxy Z सिरिजले फोल्डेबल अनुभवमा नयाँ अध्याय सुरु गरेको छ । अल्ट्रा प्रोडक्टिभिटी, इमर्सिभ कन्टेन्ट अनुभव र व्यक्तिगत अभिव्यक्तिका लागि डिजाइन गरिएका तीन फरक फोल्डेबल अनुभवसहित नयाँ Galaxy Z सिरिज आएको छ । यससँगै थप उत्कृष्ट स्वास्थ्य व्यवस्थापनका लागि नयाँ Galaxy Watch डिभाइसहरू पनि सार्वजनिक गरिएको छ ।
Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 अब नेपालभर उपलब्ध छन् । बिक्री अगस्ट २६ देखि सुरु हुनेछ । नयाँ Galaxy Z सिरिजप्रति ग्राहकहरूको उत्साह प्रि-अर्डरमै देखिएको छ । Galaxy Z Fold8 Ultra मा Violet Shadow सबैभन्दा लोकप्रिय रङ बनेको छ भने Galaxy Z Fold8 मा Lavender र Galaxy Z Flip8 मा Pink सबैभन्दा धेरै रोजिएको रङ बनेको छ ।
नयाँ Galaxy Z सिरिज: तीन फरक फोल्डेबल अनुभव
Galaxy Z Fold8 Ultra ले Samsung को प्रिमियम Ultra अनुभवलाई फोल्डेबल डिजाइनमा ल्याएको छ । ठूलो कार्य क्षेत्र, सुधारिएको क्यामेरा प्रणाली र शक्तिशाली प्रदर्शनसहित यो क्रिएटिभ काम तथा मल्टिटास्किङका लागि तयार गरिएको छ ।
यसको ८ इन्चको मुख्य डिस्प्ले ले प्रयोगकर्तालाई अझ ठूलो स्क्रिन स्पेस प्रदान Galaxy Z Fold8 नयाँ डिजाइनसहित आएको छ, जुन मानिसहरूले कन्टेन्ट हेर्ने, खोज्ने र अनुभव गर्ने तरिकालाई ध्यानमा राखेर बनाइएको हो ।
यसको डिस्प्ले अनुपात दैनिक प्रयोगका लागि सहज बनाइएको छ । कभर स्क्रिनबाट म्यासेजिङ, ब्राउजिङ र छोटो भिडियो हेर्नदेखि मुख्य 4:3 डिस्प्लेमा गेमिङ, पढाइ र इमर्सिभ भिडियो अनुभव लिन सकिन्छ ।
Galaxy Z Flip8 Samsung को सबैभन्दा आकर्षक Flip फोन हो, जसले व्यक्तिगत शैली र छिटो प्रयोगलाई प्राथमिकता दिन्छ । यसमा ५० MP क्यामेरा, ProVisual Engine र FlexCam अनुभव रहेको छ, जसले फोटो र भिडियो खिच्न अझ सहज बनाउँछ ।
Galaxy Watch Ultra2 र Galaxy Watch9: हातमै सहज स्वास्थ्य व्यवस्थापन
Galaxy Watch Ultra2 र Galaxy Watch9 ले Galaxy अनुभवलाई अब हातसम्म विस्तार गरेका छन् । यी स्मार्टवाचहरूले दैनिक स्वास्थ्यसम्बन्धी जानकारीलाई अझ उपयोगी र व्यवहारिक सुझावमा परिवर्तन गर्न सहयोग गर्छन् ।
दुवै डिभाइस Snapdragon Wear Elite Platform द्वारा सञ्चालित छन् र निरन्तर स्वास्थ्य ट्र्याकिङ, उत्कृष्ट प्रदर्शन, आरामदायी प्रयोग र लामो ब्याट्री जीवनका लागि डिजाइन गरिएका छन् ।
उपलब्धता
नयाँ Galaxy डिभाइसलाई अझ सहज रूपमा खरिद गर्न Samsung ले २४ महिनासम्मको सजिलो EMI सुविधा उपलब्ध गराएको छ । यसले मासिक किस्ता रकमलाई कम गर्दै ग्राहकहरूलाई Samsung को नयाँ प्रविधि सजिलै अपनाउन सहयोग गर्नेछ । यो प्रक्रिया सरल छ र यसको लागि नागरिकता मात्र आवश्यक पर्नेछ । अगस्ट २६ देखि Galaxy Z Fold8 Ultra, Fold8, Flip8, Watch Ultra2 र Watch9 नेपालभर उपलब्ध हुनेछन् ।
नेपालमा मूल्य
नेपालमा Galaxy Z Fold8 Ultra (१२/५१२ जीबी) को मूल्य ३ लाख ३९ हजार ९९९ रुपैयाँ तथा १२/२५६ जीबी भेरियन्टको मूल्य २ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । Galaxy Z Fold8 (१२/२५६ जीबी) को मूल्य २ लाख ७४ हजार ९९९ रुपैयाँ रहेको छ ।
त्यस्तै, Galaxy Z Flip8 (१२/२५६ जीबी) को मूल्य १ लाख ९४ हजार ९९९ रुपैयाँ तोकिएको छ । Galaxy Watch Ultra2 को मूल्य १ लाख २३ हजार ८९९ रुपैयाँ रहेको छ भने Galaxy Watch9 को ४४ एमएम भेरियन्ट ६९ हजार ८९९ रुपैयाँ र ४० एमएम भेरियन्ट ६६ हजार ८९९ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।
कम्पनीले नयाँ Galaxy Z सिरिजका स्मार्टफोन खरिदकर्ताका लागि २४ महिनासम्मको सजिलो ईएमआई सुविधा पनि उपलब्ध गराएको जनाएको छ । पछिल्लो पुस्ताका यी फोल्डेबल फोन तथा स्मार्टवाचहरू नेपालमा प्रि-बुकिङ तथा बिक्रीका लागि उपलब्ध भइसकेका छन् ।
आईसीटी समाचार