कीवर्डहरू -

फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’

फोल्डेबल बजारमा एप्पलको प्रवेश, सार्वजनिक भयो ‘आईफोन डुओ’

काठमाडौं । एप्पलले आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्दै आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै पहिलोपटक फोल्डेबल आईफोन पनि सार्वजनिक गरेको छ । कम्पनीले फोल्डेबल मोडललाई ‘आईफोन डुओ’ नाम दिएको छ ।

‘सरप्राइज एन्ड शाइन’ नामक विशेष कार्यक्रममा एप्पलले नयाँ आईफोन सिरिज सार्वजनिक गरेको हो । फोल्डेबल आईफोनको डिजाइन ठूलो वालेटजस्तो देखिने र यसलाई एप्पल वाचसँग पनि जोडेर खोल्न सकिने बताइएको छ । यो दुई रङमा उपलब्ध हुनेछ ।

null

यस वर्षको कार्यक्रममा आईफोनको बेस मोडल भने सार्वजनिक गरिएको छैन । सेप्टेम्बर ९ मा आईफोन १८ को बेस भर्सन सार्वजनिक नगरी कम्पनीले प्रिमियम मोडलहरूमा मात्रै ध्यान दिएको हो । कार्यक्रममा आईफोन १८ प्रो, आईफोन १८ प्रो म्याक्स र फोल्डेबल आईफोन सार्वजनिक गरिएको छ ।

आईफोन १८ प्रोको डिजाइनमा अघिल्लो पुस्ताको तुलनामा ठूलो परिवर्तन गरिएको छैन । २५६ जीबी स्टोरेज भएको आईफोन १८ प्रोको मूल्य १ हजार १९९ अमेरिकी डलर तथा २५६ जीबी भएको आईफोन १८ प्रो म्याक्सको मूल्य १ हजार २९९ अमेरिकी डलर तोकिएको छ । यी फोनको प्रि–बुकिङ सेप्टेम्बर १८ देखि सुरु हुने बताइएको छ ।

एप्पलले नयाँ आईफोनमा नयाँ पुस्ताको ‘ए२० प्रो’ चिप प्रयोग गरेको छ । यसअघि प्रयोग हुँदै आएको ए१९ प्रो चिपको तुलनामा ए२० प्रो थप शक्तिशाली बनाइएको कम्पनीको दाबी छ ।

null

एप्पलका प्रमुख कार्यकारी अधिकृत जोन टर्नसले ए२० प्रो मोबाइल कम्प्युटिङका लागि नयाँ मापदण्ड स्थापित गर्ने चिप भएको बताएका छन् । नयाँ चिप २ नानोमिटर प्रविधिमा आधारित नयाँ आर्किटेक्चरमा निर्माण गरिएको कम्पनीले जनाएको छ ।

आईफोन १८ सिरिजका मोडलहरू डीप ब्ल्याक, सिल्भर, ग्लेसियर ब्लु र बरगन्डी गरी चार रङमा उपलब्ध हुने बताइएको छ । एप्पलले बरगन्डीलाई परिष्कृत र विशिष्ट नयाँ रङका रूपमा प्रस्तुत गरेको छ ।

यो एप्पलका नयाँ सीईओ जोन टर्नसको नेतृत्वमा आयोजित पहिलो ठूलो उत्पादन सार्वजनिक कार्यक्रम समेत हो ।