कीवर्डहरू -

Most read

अस्ट्रेलियाको सरकारी पोर्टलमा एआईको अनधिकृत पहुँच, छानबिन सुरु

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको एक एआई एजेन्टले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले घटनाबारे सरकारलाई जानकारी गराउन ओपनएआईले करिब तीन महिना लगाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग टेलिफोन वार्ता गरेपछि घटनाबारे जानकारी दिएका हुन् । अल्बानिजले अल्टम्यानसँग घटनाबारे स्पष्ट रूपमा कुरा गरेको र अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरेको बताए ।

उनका अनुसार ओपनएआईको एआई एजेन्टले जुन १८ मा सर्भिसेस अस्ट्रेलियाले सञ्चालन गर्ने मेडिकेयर तथ्यांकसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको थियो । उक्त एजेन्टले सार्वजनिक तथा गैरसार्वजनिक दुवै प्रकारका फाइलमा पहुँच बनाएको बताइएको छ ।

ओपनएआईले अस्ट्रेलियाका सरकारी वेबसाइट तथा सेवासँग सम्बन्धित गतिविधिको आन्तरिक समीक्षा गर्ने क्रममा आफ्ना मोडलले आफूलाई दिइएको निर्देशनभन्दा बाहिरका काम गरेको पत्ता लागेको जनाएको छ ।

कम्पनीका अनुसार अस्ट्रेलियासम्बन्धी सार्वजनिक स्वास्थ्य तथा औषधि खर्चका तथ्यांक खोज्ने क्रममा एआई एजेन्टले केही सरकारी वेबसाइटमा अनधिकृत गतिविधि गरेको थियो ।

ओपनएआईले सेप्टेम्बर १० मा सर्भिसेस अस्ट्रेलियाको सार्वजनिक इमेल ठेगानामा पत्र पठाएर घटनाबारे जानकारी गराएको थियो । त्यसको पाँच दिनपछि सर्भिसेस अस्ट्रेलियाले घटनाबारे अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटको साइबर सुरक्षा केन्द्रलाई जानकारी गराएको थियो ।

प्रधानमन्त्री अल्बानिजले घटनाबारे सरकारलाई ढिलो जानकारी गराइएको र जानकारी दिने तरिका पनि उपयुक्त नभएको बताएका छन् । उनले घटनाको अनुसन्धान गर्न कार्यदल गठन गरिएको जानकारी दिँदै यस क्रममा ओपनएआईको गतिविधि कानुनसम्मत थियो वा थिएन भन्ने विषय समेत हेरिने बताए ।

सरकारका अनुसार हालसम्म कुनै व्यक्तिको व्यक्तिगत मेडिकेयर विवरणमा पहुँच पुगेको प्रमाण भेटिएको छैन । पोर्टलमा मुख्यत: सामूहिक स्वास्थ्य तथ्यांक, औषधि तथा स्वास्थ्य सेवासम्बन्धी तथ्यांक र केही आन्तरिक फाइलका नाम रहेका थिए । ओपनएआईले पनि बिरामीका व्यक्तिगत अभिलेखमा पहुँच पुगेको प्रमाण नभएको जनाएको छ ।

अल्बानिजका अनुसार एआई एजेन्टले अस्ट्रेलियामा औषधिमा भइरहेको सरकारी खर्चसम्बन्धी तथ्यांक खोज्ने क्रममा सुरक्षा अवरोध पार गरेको थियो । अन्य केही सरकारी वेबसाइटमा पनि एआईसम्बन्धी गतिविधि भएको हुन सक्ने बताइएको छ । 

तीमध्ये अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयर, न्यु साउथ वेल्स ब्युरो अफ क्राइम स्ट्याटिस्टिक्स एन्ड रिसर्च तथा भिक्टोरियन स्वास्थ्य विभागका वेबसाइट समेत उल्लेख छन् । यद्यपि ती वेबसाइटमा भएको गतिविधि सामान्य र सार्वजनिक सूचनामा सीमित रहेको कार्यवाहक प्रधानमन्त्री रिचर्ड मार्ल्सले बताएका छन् ।

मार्ल्सले अस्ट्रेलियाली सरकारी सूचना प्रविधि प्रणालीमा एआई एजेन्टले अनधिकृत पहुँच बनाएको घटनालाई गम्भीर विषय भनेका छन् । यद्यपि उनले व्यक्तिगत सूचना चोरी नभएको र सरकारी प्रणालीमा व्यापक क्षति नपुगेको बताएका छन् ।

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् विभागको नेतृत्वमा गठन गरेको कार्यदलमा अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेट, एआई सेफ्टी इन्स्टिच्युट र अन्य सम्बन्धित निकाय सहभागी हुनेछन् ।

कार्यदलले घटना कसरी भयो, सरकारी प्रणालीको सुरक्षा व्यवस्था कस्तो थियो र भविष्यमा यस्ता एआईसम्बन्धी साइबर जोखिमबाट कसरी जोगिने भन्ने विषयमा अध्ययन गर्नेछ ।

ओपनएआईले घटनाको विस्तृत समीक्षा जारी रहेको बताउँदै सम्बन्धित निकायलाई प्राविधिक जानकारी उपलब्ध गराएर सम्भावित सुरक्षा कमजोरी समाधान गर्न सहयोग गरिरहेको जनाएको छ ।

Most read

एआईमा अमेरिका–चीनबीचको प्रतिस्पर्धा : अगाडि को ?

काठमाडौं । ‘जसले एआई जित्छ, उसले जित्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एआईसम्बन्धी महत्त्…

गुगल खाता थप सुरक्षित बनाउन दुई तहको प्रमाणीकरण कसरी सक्रिय गर्ने ?

काठमाडौं । गुगल खाता जिमेल, गुगल ड्राइभ, गुगल डक्स, गुगल फोटो तथा गुगल प्ले स्टोरलगायत विभिन्न सेवासँग जोडि…

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै सिरहाका स्थानीय तह

सिरहा । सिरहाका १७ वटै स्थानीय तहअन्तर्गतका सामुदायिक विद्यालयमा डिजिटल स्मार्ट बोर्डको प्रयोग विस्तार हुन थाले…

क्लासिक टेकको दशैं अफर : ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंलाई लक्षित गर्दै नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनी…

होण्डाले ल्यायो ‘फेस्टिभ अफर होण्डाको सफर’, नगद छुटदेखि नि:शुल्क बीमासम्म

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार तथा छठ पर्वल…

ब्रान्डसँग क्रिएटर जोड्ने एआई प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा

काठमाडौं । कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीच सहकार्य सहज बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म &…

राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

म हिमालयमा अवस्थित एउटा दूरदराजको देश नेपालबाट आएको छु र म यहाँ मानवताका लागि निकट भविष्यको एउटा गम्भीर चेतावनी लिएर आएको …

म्युजलाई दैनिक जीवनको डिजिटल सहायक बनाउँदै मेटा, थपिए नयाँ सुविधा

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो व्यक्तिगत एआई एजेन्ट ‘म्युज’लाई थप शक्तिशाली बनाउने …

नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थाल…

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओरआईईसी २७००…

सामसङ ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक

काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी एस२६ एफई’ नेपाली बजारमा सार्वजनिक गरे…

स्याक्म्यानका 'एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प-ट्रक' नेपाल आउँदै

काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारी साधन निर्माता स्याक्म्यानका एक्स–५०…

इसेवाको ‘जात्रा केयर’ बीमा योजना : १० रुपैयाँमा २ लाख ३० हजारसम्मको सुरक्षा

काठमाडौं । इसेवाले जात्रा पर्वलाई लक्षित गरी हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहकार्यमा मात्र रु. १० मा ‘जा…

हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच SmartPay IBFT (Inter Ban…

सिङ्गापुरमा ८० हजारभन्दा बढी वित्तीय क्षेत्रका कर्मचारीलाई एआई तालिम दिइने

काठमाडौं । सिङ्गापुरले वित्तीय क्षेत्रमा कार्यरत ८० हजारभन्दा बढी कर्मचारीलाई कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी सी…