कीवर्डहरू -

एक वर्षमा भारतको बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १७ हजार बढी साइबर आक्रमण

एक वर्षमा भारतको बैकिङ्ग तथा वित्तीय क्षेत्रमा १७ हजार बढी साइबर आक्रमण

एक वर्षमा भारतको बैंकिंग तथा वित्तीय क्षेत्रमा १७ हजार बढी साइबर आक्रमण भएको छ । भारतको कम्प्यूटर इमरजेन्सी रेस्पोन्स टिम (सिइआरटी इन) को रिपोर्ट अनुसार सन् २०२२ मा भारतको बैंकिंग तथा वित्तीय क्षेत्रमा १७ हजार बढि साइबर आक्रमण भएका हो ।

साइबर आक्रमण धेरै भएता पनि अरु सार्क देशहरुको तुलनामा भारतको साइबर सुरक्षा अवस्था राम्रोनै रहेको छ । म्यासाचुटेस इन्स्ट्यिुट अफ टेक्नोलोजी (एमआइटी) को रिभ्यू साइभरडिभेन्स इन्डेक्समा भारत २० ओटा देश मध्य १७ औँ स्थानमा सबै भन्दा बढि साइबर आक्रमणका लागि लक्षित देशमा परेको छ ।

भारत धेरै शक्तिशाली देशनै रहेता पनि साइबर सुुरक्षामा अझै चीन र ब्राजिल भन्दा पछि नै रहेको छ ।  बिटूबीइन्फो मिडियासँग रिसेक्युरीटी सार्कका व्यापार प्रमुख राजन पन्तले दिएको अन्तर्वातामा अन्य सार्क मूलुकको तुलनामा भारतमा साइबर आक्रमण बढिरहेको बताएका छन् ।

नेपालमा अरु सुार्क मुलूकको तुलनामा कम साइबर आक्रमणमा परिरहेको बताएका छन् । तर नेपालमा साइबर अपराध र अनलाइन ठगी भने एकदमै तिव्र गतिले भइरहेको उनको भनाइ रहेको थियो । उनले आशावादी हुँदै नेपाल सरकारले साइबर सुुरक्षा पूर्वाधार विकास गर्नका लागि काम गरिरहेको भने बताएका छन् ।