कीवर्डहरू -

कोशी प्रदेशमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध गराउँदै नेपाल टेलिकम

कोशी प्रदेशमा अप्टिकल फाइबर सहप्रयोगका लागि उपलब्ध गराउँदै नेपाल टेलिकम

नेपाल टेलिकमले कोशी प्रदेशमा अप्टिकल फाइबर अन्य दूरसञ्चार सेवा प्रदायकलाई सह-प्रयोगका लागि उपलब्ध गराउने भएको छ ।

 एक सूचना प्रकाशित गर्दै टेलिकमले कोशी प्रदेशमा तयार भएका अप्टिकल फाइबर भाडामा उपलब्ध गराउन इन्छुक दूरसञ्चार सेवा प्रदायकलाई निवेदन दिन आह्वान गरेको हो । 

बिर्तामोड-इटहरी, इटहरी-धरान, धरान-हिले, हिले-बसन्तपुर, सङ्क्रान्ति बजार-म्याङ्लुग, फिदिम-सङ्क्रान्ति बजार, चन्द्रगढी-चारआली-इलाम, बिर्तामोड-चारआली, घुर्मी-दिक्तेल, घुर्मी-ओखलढुङ्गा-सल्लेरी रूटमा टेलिकमले अप्टिकल फाइबर अन्यलाई भाडामा उपलब्ध गराउने छ । 

नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकम बीच सम्झौता अन्तर्गत ग्रामीण दूरसञ्चार विकास कोष (RTDF) मार्फत कोशी प्रदेशमा तयार भएका अप्टिकल फाइबर सह-प्रयोगका लागि दिन लागेको हो ।