कीवर्डहरू -

अब प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेरै भुक्तानी गर्न सक्ने

अब प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेरै भुक्तानी गर्न सक्ने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई उक्त समारोहमा बिहीबार क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरेका हुन् ।

प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन  क्यूआर कोड र पस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।

सो समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैं तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बोकेर हिड्न नपर्ने जानकारी गराए ।