कीवर्डहरू -

नबिल बैंकले आईकार्ड र क्रेडिट कार्ड जारी गर्दा शतप्रतिशत सम्म छुट दिने

नबिल बैंकले आईकार्ड र क्रेडिट कार्ड जारी गर्दा शतप्रतिशत सम्म छुट दिने

नबिल बैंकले नयाँ वर्ष २०७८ सालको अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित ‘ढुक्क र दङ्ग’ अफर  ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकले नबिल आईकार्ड र नबिल क्रेडिट कार्डको सुविधा लिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ ।

बैंकले नबिल आईकार्ड जारी गर्दा ७५ प्रतिशत र क्रेडिट कार्ड जारी गर्दा १०० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

उक्त छुट अफ २०७८ बैशाख महिनाभर लागु हुनेछ । नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले छुट अफरको लाभ लिन सक्नेछन् ।