कीवर्डहरू -

प्रोफाइल

साना व्यवसायीका लागि उपयोगी एप खातापाना, व्यवसाय दर्तादेखि सञ्चालनसम्म सघाउने

कैलाश पाण्डे । पेशाले चार्टर्ड अकाउन्टेन्ट (सीए) र कर्पोरेट वकिल हुन् । विगत १० वर्षदेखि व्यवसायहरूलाई कानूनी, आर्थिक र करसँग सम्बन्धित विषयमा सेवा दिदै आइरहेका छन् । 

१० वर्षे दौरानमा पाण्डेले साना व्यवसायीहरूलाई कानुनी, आर्थिक र कर सम्बन्धित सेवा महंगो भएर सेवा लिन नसकेको समस्या देखे । डिजिटल प्रविधिबाट यो समस्या समाधान गर्नतर्फ अग्रसर भए । 

अनि जन्मियो ‘खातापाना’ । खातापाना मोबाइल एपबाटै अकाउन्टिङ, कानुनी, आर्थिक र करसँग सम्बन्धित सेवा प्रदान गर्ने गरी अगाडि बढेको छ । 

आफ्नो १० वर्षको अनुभवबाट खातापाना सुरू भएको संस्थापक तथा सीईओ कैलाश पाण्डेले बताए । ‘१० वर्षको अनुभवबाट सिकेको कुरालाई मोबाइलबाटै दिन कोसिस गरेका छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘साना व्यवसायीको मनमा अकाउन्टिङ कानुनी, आर्थिक र कर सम्बन्धित सेवा महंगो हुने धारणा छ । तर हामीले सस्तो शुल्क यी सबै सुविधा दिने योजना अनुसार काम गरिरहेका छौं ।’

खातापाना सुरू भएको १ वर्षभन्दा बढी भएको छ । सुरूमा व्यक्तिगत फाइनान्स व्यवस्थापन र साना व्यवसायीले हिसाब किताब राख्ने सोलुसनको रूपमा यसको सुरूवात भएको छ । 

तर पछिल्लो समय ग्राहकहरूको प्रतिक्रियाका आधारमा खातापानाले नयाँ नयाँ सेवा सुविधा थप गर्दै गइरहेको छ । 

बजारमा खातापाना जस्ता सोलुसनहरू धेरै छन् । तर अरू भन्दा खातापाना केही सेवामा फरक छ । एउटा उद्यमीलाई आइपर्ने सबै समस्याहरू समाधान गर्न लागिपरेको पाण्डेको दावी छ । 

‘कुनै पनि व्यवसाय दर्ता गर्ने गर्ने, कारोबारको रेकर्ड राख्ने र सञ्चालन गर्नेसम्म हामीले सहयोग गर्छौं,’ उनी भन्छन्, ‘वृहत रूपमा यसरी सेवा दिने सायद खातापाना नै पहिलो सोलुसन होला ।’ 

खातापानाले उद्यमीलाई सुलभ शुल्कमा कम्पनी स्थापना गर्ने, नवीकरण गर्ने, परामर्श दिने, ऋण लिने जस्ता काममा समेत सघाउने छ । त्यसका लागि प्याकेजसहितको सेवा वा छुट्टै सेवा लिन सकिने छ । यो सेवा पनि केही समयमा एपमै उपलब्ध हुनेछ । 

विश्वका १८ प्रतिशत स्टार्टअप कानूनी र नियामकीय पक्ष राम्रोसँग नबुझेर असफल हुने गरेको उदाहरण गर्दै उनले त्यो सेवालाई खातापानामा एकीकृत गरेको जानकारी दिए ।

खातापाना एप सार्वजनिक भएको महिना भयो । एन्ड्रोइडआईओएस उपलब्ध भएको एप हाल ५ हजार बढीले डाउनलोड गरिसकेका छन् । अब छिट्टै वेब सेवा पनि ल्याउने तयारी गरिएको छ । 

खातापानालाई नेपालको सुपर बिजनेस एपको रूपमा लैजान खोजेको पाण्डे बताउँछन् । एपमा अहिले हिसाब किताबको रेकर्ड राख्ने, रिपोर्ट शेयर तथा डाउनलोड गर्ने, क्यास फ्लो स्थिति थाहा पाउने जस्ता सुविधा उपलब्ध छन् । 

एपबाटै व्यवसायीले विज्ञसँग आफ्नो जिज्ञासा राख्न सक्ने छन् । अहिले एपमा विज्ञसँग च्याटको सुविधा समेत उपलब्ध भएको छ । खातापाना एप निःशुल्क र सःशुल्क दुबै माध्यममा प्रयोग गर्न सकिन्छ । तर निःशुल्क रूपमा सिमित सेवा प्रयोग गर्न सकिन्छ । प्रिमियम सेवा एक महिनाका लागि निःशुल्क ट्रायल उपलब्ध छ । 

खातापानाको प्रिमियम सेवाको शुल्क पनि सस्तो छ । प्रिमियममा २ वटा प्याकेज छन् । एउटा खातापाना प्रो र अर्को खातापाना बिजनेस । खातापाना प्रोको मासिक शुल्क १९९ रूपैयाँ तोकिएको छ । यसमा व्यक्तिगत कारोबारको जानकारी राख्ने, शयेर, डाउनलोड, ५ वटा डकुमेन्ट अट्याट लगायतका सुविधा छन् । 

यस्तै खातापाना बिजनेसनमा ३ वटासम्म व्यवसायको कारोबारको जानकारी राख्ने, क्यास फ्लोको स्थित थाहा पाउने, रिपोर्ट शयेर तथा डाउनलोड, डुकुमेन्ट अट्याच लगायका सुविधा छन् । यसको मासिक शुल्क ६९९ रूपैयाँ तोकिएको छ । तर प्रो र बिजनेस शुल्क एक वर्षकै भुक्तानी गर्दा ४० प्रतिशतसम्म छुट पाइने छ । 

प्रिमियम सुविधा लिने ग्राहकलाई खातापानाले निःशुल्क कम्पनी दर्ताका लागि पनि सघाउँदै आएको छ । यस बाहेक खातापानाको सेवा रेफर गरेर ग्राहकले कमाउन पनि सक्छन् । सो कमाएको रकम एपमा कोइनको रूपमा जम्मा हुन्छ र उक्त कोइन प्रिमियम सेवा लिन प्रयोग गर्न सकिन्छ । खातापानालाई नेपालमा मात्र नभएर विदेशमा समेत विस्तार गर्ने कैलाशको योजना छ । 

प्रोफाइल

नेपालमै अन्तर्राष्ट्रिय आईटी डिग्री दिने कलेज प्रेसिडेन्सियल बिजनेश स्कूल 

प्रेसिडेन्सियल बिजनेश स्कूल (पीबीएस) नेपालमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले करिब १…

सफ्टवेयर इन्जिनियर बन्न चाहनेका लागि भिरिञ्ची कलेजको बीआईसिटी कोर्ष, कति छ शुल्क ?

एक दशक अगाडि नेपालमा सूचना प्रविधि भर्खर भर्खर विस्तार हुँदै थियो । सबैले सूचना प्रविधि बारे थाहा पाउँदै थिए । त्यो बेला सूचना प्रविधि शिक्षा दिने शैक्षिक …

पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ

हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको च्यासलमा रहेको छ । सन् २००० मा स्थापना भएको …

विद्यार्थीलाई ९० देशमा इन्टर्सनसीपको अवसर दिने कान्तिपुर सिटी कलेज

विगत २३ वर्षदेखि नेपालमा आइटी शिक्षा दिइरहेको शैक्षिक संस्था हो, कान्तिपुर सिटी कल…

पूर्वाञ्चल विश्वविद्यालयका आईटी कोर्ष पढाउने हिमालयन ह्वाईट हाउस इन्टरनेशनल कलेज

विगत २२ वर्षदेखि लामो इतिहासमा बोकेको ह्वाइट हाउस इन्टरनेशनल कलेज काठमाडौंको मुट…

बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाउने सेन्ट लरेन्स कलेज, के के छन् सुविधा ? 

सन् १९९७ मा काठमाडौंको चाबहिलमा स्थापना भएको सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रमा निक…

नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै यार्सा टेक

हामीले वर्षौदेखि सुन्दै आएका छौं, नेपालमा सियो पनि बन्दैन । नेपालमै सम्भावना नै छैन। वर्षौदेखि यही भन्दै विदेशीनीको लर्कौ पनि उत्तिकै छ । तर देशमै सम्भावना…

वर्ल्ड लिंकसँग पब्जीको सम्झौता, गेमरले उच्च गतिको इन्टरनेट पाउने

चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका ला…

The Urban Space: Your Next Address for Smart Homes

कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टल…

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकक…

महालक्ष्मी विकास बैंकका मोबाइल बैंकिङ प्रयोगकर्तालाई सिद्धार्थनगर सिटी हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले मोफसलमा रहेका आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरी…

टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा

टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्…

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा २० प्रतिशतसम्म छुट

सानिमा बैंकले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रे…

सानिमा बैंकका ग्राहकले दराजबाट सामान किन्दा २ हजारसम्म छुट पाउने

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्र…