कीवर्डहरू -

पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ

पढाइसँगै अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको हिमालय कलेज अफ इन्जिनियरिङ

हिमालय कलेज अफ इन्जिनियरिङ ललितपुरको च्यासलमा रहेको छ । सन् २००० मा स्थापना भएको कलेजले त्रिभुवन विश्वविद्यालय सम्बन्धन प्राप्त गरेको छ । आजभन्दा करिब २३ वर्षअगाडी देशमा विकासको मेरुदण्ड बनेका दक्ष इन्जिनियरहरू उत्पादन गर्न कलेजको स्थापना भएको कलेजका प्रिन्सिपल किशोर गौतम बताउँछन् ।

‘प्राविधिक विषय पढाउने उद्देश्यले हिमालय कलेज अफ इन्जिनियरिङ ल्याएका हौं,’ उनले भने, ‘कलेजको उद्देश्य इन्जिनियरिङमा गुणस्तरीय शिक्षा प्रदान गर्नु र बजारमा प्रतिस्पर्धा गर्न योग्य विद्यार्थी उत्पादन गर्नु हो ।’

सन् २००० तिर कक्षा १२ पढिसकेपछि अन्य देशमा इन्जिनियरिङ गर्न अन्य मुलुकमा भौतारिनु पर्ने अवस्था थियो । त्यही कुरालाई मध्येनजर गरेर अब इन्जिनियरिङको शिक्षा नेपालमा नै दिनुपर्छ भन्ने उद्देश्यले कलेजको सुरू भएको हो ।

२३ वर्षसम्मको इतिहास बोकेको अनुभवी शिक्षक र शिक्षाविद्को बलियो टोलीद्वारा अध्ययन अध्यापन गराउँदै आएको छ । यो कलेज केएमसी शैक्षिक नेटवर्कसँग २००७ सालदेखि आबद्ध रहेको छ । केएमसी शैक्षिक नेटवर्कसँग आवद्ध रहेको कलेजमा अहिलेसम्म १० हजारभन्दा बढी विद्यार्थी ग्राजुएट भएर गैसकेका छन् ।

\"\"
प्रिन्सिपल किशोर गौतम

कलेजले सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग, इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग, आर्किटेक्चर, बीसीए र बिएससी सिएस कोर्षहरु पढाउँदै आएको छ । प्रिन्सिपल गौतमका अनुसार सबै विद्यार्थीको नतिजा शतप्रतिशत रहेको छ । यहाँ पढेका विद्यार्थीले देशमा मात्र होइन विदेशमा पनि आफ्नो चर्चा बटुलेको उनको भनाइ छ ।

‘कलेजमा हामीले विद्यार्थीलाई पढाई मात्र होइन, अतिरिक्त क्रियाकलापसँगै विद्यार्थीको सिप विकासमा जोड दिएका छौं,’ उनी भन्छन् । कलेजमा हाल ११ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । कलेजले पढाइलाई भन्दा पनि अतिरिक्त क्रियाकलापलाई विशेष जोड दिएको छ ।

यही कुरालाई मध्येनजर गरेर हिमालय कलेजले प्रत्येक वर्ष हिमालय एक्जिबेसन गर्दै आएको छ । एक्जिबिसनमा अन्य कलेजका विद्यार्थी पनि सहभागी हुन सक्छन् । कलेजमा अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रत्येक वर्ष अन्तर कलेजबीच खेलकुद प्रतियोगिता हुँदै आएको छ  ।

प्रत्येक डिपार्टमेन्टमा छुटटछुट्टै क्लबको व्यवस्था समेत हिमालय कलेजमा रहेको छ । कलेजमा पढेका विद्यार्थीहरु कोही पनि खाली हात बस्नु नपरेको गौतमले जानकारी दिए ।
रोबोटिक्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने रोबोटिक्स प्रतियोगितामा पनि सक्रियताका साथ भाग लिने गरेको छ । भौतिक होस् या शैक्षिक सबै गुणस्तरले भरिपूर्ण कलेजमा अध्ययन गर्न आउँने विद्यार्थीको पनि भिड लाग्ने गरेको छ ।

कोर्ष अनुसार शुल्क पनि फरक फरक लाग्छ । त्यसका लागि अभिभावक र विद्यार्थी कलेजमा आएर बुझ्न पनि सक्छन् । प्रवेश परिक्षा पास गरेपछि मात्र भर्ना खुल्नुपर्ने भएकोले अहिले भर्ना खुलेको छैन । प्रवेश परिक्षाको रिजल्ट आएपछि मात्रै भर्ना खुल्छ ।

कलेजको रोबोटिक्स टोलिले २०६५ मा काठमाडौंमा भएको इन्टर-इन्जिनियरिङ कलेज प्रतियोगितामा प्रथम स्थान हासिल गरेको थियो भने २०११ र २०१३ मा आईआईटी मुम्बई भारतले आयोजना गरेको टेक फेस्टमा सहभागी समेत भइसकेको छ ।