कीवर्डहरू -

बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाउने सेन्ट लरेन्स कलेज, के के छन् सुविधा ? 

बीएससी सीएसआईटी र बीसीए कोर्ष पढाउने सेन्ट लरेन्स कलेज, के के छन् सुविधा ? 

सन् १९९७ मा काठमाडौंको चाबहिलमा स्थापना भएको सेन्ट लरेन्स कलेजले आइटी क्षेत्रमा निकै राम्रो छवि बनाएको छ । विगत २६ वर्षदेखि निरन्तर शैक्षिक क्षेत्रमा लागेको कलेज गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजको नाम लिनु पर्दा सेन्ट लरेन्स कलेजको नाम अग्रपंक्तिमै आउँछ ।

काठमाडौं चाबहिलको पिपलबोटमा अवस्थित रहेको सेन्ट लरेन्समा कक्षा १२ सम्म पढाइ हुन्छ भने स्नातक तर्फको पढाइ चुच्चेपाटीमा हुन्छ । उच्च माध्यमिक तह (प्लस टू) देखि स्नात्तकोतर (मास्टर्स) सम्मको पढाइ हुने कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हो । कलेजमा आईटीमा स्नातक तर्फ बीएससी सीएसआईटी र बीसीए अध्यापन हुने गरेको छ ।

आईटीको आधुनिक कोर्षमा अत्याधुनिक प्रविधि र शिक्षण विधि अंगालेको यो कलेजले आफ्ना विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धी बनाउन उपयुक्त शैक्षिक वातावरणको छनोट गर्दै आएको छ । सेन्ट लरेन्सले ब्याचलर्समा आईटी प्रोग्रामलाई केन्द्रविन्दुमा राखेर अहिले अध्ययन अध्यापन गराउँदै आएको छ ।

कलेजबाट आइटी पास गरेका विद्यार्थीहरु देशमा मात्र नभएर विदेशमा पनि आफ्नो परिचय बनाउन सफल भएका छन् । लामो इतिहास भएको हुनाले आईटी पढ्नेको रोजाइमा सेन्ट लरेन्स पर्ने गरेको कलेका प्रिन्सीपल पुरुषोत्तम महर्जन बताउँछन् ।

‘विद्यार्थीहरुका लागि एउटा राम्रो गन्तब्यका सेन्ट लरेन्स कलेज परिचित छ,’ उनले आइसिटी समाचारसँग भने, ‘अहिलेको समयमा शिक्षालाई व्यवहारिकता बनाउँन शिक्षण प्रक्रियामा आधुनिक प्रविधिको प्रयोग गरिरहेका छौं ।’

\"\"

यातायात, पुस्तकालय, कम्प्युटर ल्याब, होस्टल तथा क्यान्टिनलाई आधुनिक बनाएको सेन्ट लरेन्सले अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सधैं प्रेरित गर्ने गरेको छ ।
कलेजले सैद्धान्तिक पक्षसँगै व्यवहारिक पक्ष फिल्ड वर्क, प्राक्टिल अभ्यासमा जोड दिएको छ ।

सेन्ट लरेन्सले वि.सं. २०६७ सालदेखि बीएससी सीएसआईटी र २०७५ देखि बीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । शान्त र स्वच्छ वातावरण भएको कलेजका सबै शिक्षकहरु तालिम प्राप्त रहेको मर्जनको भनाइ छ ।

‘न्युन शुल्क र स्वच्छ वातावरण भएका कारण नै कलेज सबैको नजरमा पर्ने गरेको छ,’ उनी भन्छन्, ‘शिक्षकहरु पनि एकदमै अनुभवी र तालिम प्राप्त हुनुहुन्छ । यहाँबाट गएका विद्यार्थीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।’

सेन्ट लरेन्स कलेजमा विषयगत कोर्ष बाहेक विभिन्न ननकोर्षका विषय पनि पढाइ हुन्छन् । कक्षाकोठाको घेराभित्र सिमित नराखेर बजारको आवश्यकता अनुसारको पढाइमा जोड दिएको उनको दावी छ ।

यस वर्ष पनि कलेजले स्नातह तहमा भर्ना खुलाइ सकेको छ । असोजसम्म भर्ना गर्न सकिने कोर्षमा त्रिविले दिने १० प्रतिशत छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । भर्ना शुल्क पनि विद्यार्थीको स्कोरको आधारमा निर्धारण गर्ने गरेको महर्जनले जानकारी दिए ।

\"\"
पुरुषोत्तम महर्जन

कलेजमा बीएससीसी एसआइटीतर्फ ३६ सिट र बीसीएतर्फ ३५ सिट तोकिएको छ । कलेजमा पढेका विद्यार्थी स्वेदश तथा विदेशमा काम गरिरहेका छन् । कलेजमा पढ्ने विद्यार्थीहरु पढ्दै र जब गर्दै आएका छन् ।

कलेजबाट पास आट भएका विद्यार्थीहरु विभिन्न ठाउँमा पुगेका उनले बताए । ‘सेन्ट लरेन्समा पढेका विद्यार्थीले विभिन्न ठाउँमा काम गरिरहेका छन् । कतिले आफ्नै कम्पनी खोलेका छन् । कतिले नेपालमै बसेर विदेशको काम गरेका छन्,’ खुसी हुँदै महर्जन भन्छन, ‘रोजगारीका लागि विदेश नै जानुपर्छ भन्ने छैन । आईटीमा नेपालमै बसेर पनि विदेशीलाई सेवा दिन सकिन्छ ।’

विद्यार्थीलाई इन्टर्नसीपका लागि विभिन्न कम्पनीसँग सहजीकरण गर्ने काम समेत कलेजले गर्दै आएको छ । कलेजले सेमिनार, वर्कसप,इन्टर्नसिप लगायत नन क्रेडिट कोर्षमा सधैं जोड दिदै आएको छ । विद्यार्थीको व्यक्तित्व विकासका लागि कलेजले साइन्स एण्ड आईटी क्लबका साथै अन्य कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ ।