कीवर्डहरू -

बेलायती विश्वविद्यालयको आईटी कोर्ष पढाउने सफ्टवेरिका कलेज, यस्ता छन् सुविधा

बेलायती विश्वविद्यालयको आईटी कोर्ष पढाउने सफ्टवेरिका कलेज, यस्ता छन् सुविधा

सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्स काठमाडौंको डिल्ली बजारमा रहेको छ । नेपालमै गुणस्तरीय सूचना प्रविधि शिक्षा दिने उद्देश्यले सन् २०१० मा सफ्टवेरिका कलेज स्थापना भएको थियो ।

सुरूवाती समयमा कलेजले एनसीसी एजुकेसन भन्ने डिप्लोमा कार्यक्रमहरू सञ्चालन गर्थ्यो, जसलाई लेभल फोर, लेभल फाइभ भनिन्थ्यो । लेभल सिक्स विश्वविद्यालय अन्तर्गत पढेर विद्यार्थीहरू ग्राजुएट हुने गर्थे । यो क्रम सन् २०१७ सम्म चलिराख्यो । त्यसपछि सन् २०१८ मा सफ्टवेरिका कलेज कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्‍यो ।

सन् २०१८ मा बेलायतको कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन पाएपछि स्नातक र स्नातकोत्तरका कार्यक्रम सञ्चालन गरेको सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई-कमर्सका क्याम्पस प्रमुख प्रमोद पौडेलले बताए ।

सन् २०१० मा स्थापना भएको सफ्टवेरिका कलेजले सुरूवाती समयमा एनसीसी एजुकेसन भन्ने डिप्लोमा कार्यक्रम सञ्चालन गर्दै आएको थियो,’ उनले आइसिटी समाचारसँग भने, ‘सन् २०१८ मा कोभेन्ट्री विश्वविद्यालयबाट सम्बन्धन पाएपछि सूचना प्रविधिमा स्नातक र स्नातकोत्तर कार्यक्रम सुरू गर्यौं ।’

\"\"

प्रमोद पौडेल

अहिले सफ्टवेरिका कलेजले ब्याचलर्स इन कम्प्युटिङ, ब्याचलर्स इन इथिकल ह्याकिङ एण्ड साइबर सेक्युरिटी र  मास्टर्स डेटा साइन्स एण्ड कम्प्युटेसनल इन्टेलिजेन्स पढाउँदै आएको छ ।

तर निकट भविष्यमा हामीले ब्याचलर्स इन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कार्यक्रम सुरू गर्ने तयारी गरेको पौडेलको भनाइ छ । सफ्टवेरिका कलेजमा स्नातक तहको शुल्क करिब १२ लाख रूपैयाँ छ भने स्नातकोत्तरको शुल्क ५ देखि ६ लाख रूपैयाँको बीचमा रहेको छ । भर्ना दशैं अगाडिसम्म खुला रहने छ ।

विद्यार्थीबाट लिएको शुल्कको धेरै अंश विद्यार्थीमै लगानी गर्ने गरेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘हामीले विद्यार्थीबाट जति शुल्क लिन्छौं, त्यसको धेरै अंश विद्यार्थीमै लगानी गर्छौं । यसको फल स्वरूप विद्यार्थीलाई प्रयोगात्मक शिक्षा दिन सफल भएका छौं ।’

कलेज सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न क्रियाकलापहरू गरिरहेको छ । स्वदेश तथा विदेशबाट सामग्रीहरू ल्याएर विद्यार्थीका लागि आवश्यक ल्याब तयार पारेको छ । यसका साथै कलेजले विदेशबाट प्रोफेसर ल्याएर समेत विद्यार्थीलाई पढाइ रहेको छ ।

अहिले अमेरिकाका एक प्रोफेसरले फुटलाइम कलेजमा पढाइरहेका छन् । १३-१४ वर्षको यात्रामा सफ्टवेरिका कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन कलेज सफल भएको पौडेलले बताए ।

‘सफ्टवेरिका कलेजले प्रयोगात्मक शिक्षा दिदै आएको छ । पर्याप्त पूर्वाधारको व्यवस्था छ भने विदेशबाट समेत प्रोफेसर ल्याएर पढाउँदै आएका छौं,’ उनले भने, ‘त्यसैकारण धेरै विद्यार्थीको रोजाइमा समेत सफ्टवेरिका कलेज पर्दै आएको छ ।’

\"\"

सफ्टवेरिका कलेजले पढाउने पाठ्यक्रम पनि अप टु डेट नै रहेको छ । कोभेन्ट्री विश्ववद्यालयले हरेक २ वर्षमा पाठ्यक्रमको समिक्षा गर्दै बजार केन्द्रित बनाइरहेको हुन्छ । तर सफ्टवेरिका कलेज पाठ्यक्रममा मात्रै केन्द्रित छैन् ।

सूचना प्रविधिका दक्ष जनशक्ति तयार गर्न र उनीहरूको चौतर्फी विकासमा जोड दिने उद्देश्यले विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको छ । कलेजले बेला बेला विभिन्न सेमिनार, वर्कशप र मेला गरिरहेको हुन्छ । अष्ट्रलियाको ल्याटरोब र क्याथोलिक विश्वविद्यालयसँग कलेजले सहकार्य छ । त्यहाँबाट भर्चुअल लेक्चर, गेष्ट सेसन र वेबिनारहरू भइरहेको हुन्छ ।

सहकार्य गरेका विश्वविद्यालयका प्रोफेसरहरू नेपालमा आएर पनि विभिन्न किसिमका वर्कशप, सेमिनार गराउने गरेको उनले जानकारी दिए ।यस बाहेक विद्यार्थीले तयार परियोजना सूचना प्रविधिमा रूची राख्नेलाई देखाउन प्रत्येक वर्ष मेला समेत गर्दै आएको छ ।

केही महिना अगाडि मात्रै टेक्स एक्स २०२३ गरेको थियो र १० हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका थिए । बजारीकरण गर्न सकिने विद्यार्थीका परियोजनालाई टेक एक्सको प्रदर्शनीमा राखिएको हुन्छ ।

विद्यार्थीले बनाएको परियोजनामा कलेजले समेत लगानी गर्ने उनको भनाइ छ । ‘विद्यार्थीको परियोजनामा सम्भावना देखिएमा कलेजले लगानी गर्छ । परियोजनाको प्रोटोटाइप बनाउन पनि कलेजले लगानी गर्दै आएका छौं,’ उनी भन्छन्, ‘विद्यार्थीलाई आफ्नो आईडियालाई थप परिस्कृत गर्न र बजार योग्य बनाउन कलेजले इन्क्युबेसन सेन्टर समेत निर्माण गरेको छ ।’

विद्यार्थी व्यस्त भएका कारण कलेजको इन्क्युबेसन सेन्टर प्रभावकारी हुन सकेको छैन् । तर चाहेको खण्डमा विद्यार्थीले इन्क्युबेसन सेन्टरमार्फत काम समेत गर्न सक्छन् । कलेजले विदेशी विश्वविद्यालयसँग विद्यार्थी एक्सचेन्जको समेत व्यवस्था गरेको छ ।

\"\" विद्यार्थीहरू एक वर्ष नेपालमा पढेर बाँकी बेलायत, अष्ट्रेलियामा पनि पढ्न सक्छन् । यस बाहेक समर एक्सचेन्ज पनि हुन्छ । सफ्टवेरिका कलेजले हरेक वर्ष १० जना विद्यार्थीलाई कोभेन्ट्री विश्वविद्यालयको भ्रमणमा समेत लैजाने गरेको छ ।

अहिलेसम्म कलेजबाट ५ हजार विद्यार्थी बढी दिक्षित भइसकेका छन् । उनीहरू देश तथा विदेशका अग्रणी कम्पनीमा काम गरिरहेका छन । ५ हजार विद्यार्थी दिक्षित भएपनि अधिकांश विदेशमा रहेको उनले बताए ।

‘ग्राजुएटलाई नेपालमै राख्न सकिएको छैन् । हाम्रो कलेजबाट ग्राजुएट भएका ८० प्रतिशत विद्यार्थी बाहिर छन्,’ उनले भने, ‘ग्राजुएट विद्यार्थी कोही उद्यमशीलता, कोही बैंक र कोही आईटी कम्पनीमा कार्यरत छन् ।’

सफ्टवेरिका कलेजले इन्टर्नसीपका लागि १८ देखि २० वटा आईटी कम्पनीसँग सहकार्य गरेको छ । ग्राजुएट विद्यार्थीलाई १०० प्रतिशत प्लेसमेन्ट गर्ने कलेजको दावी छ । कलेजबाट ग्राजुएट भएको विद्यार्थी अहिलेसम्म वेरोजगार नभएको पौडेल बताउँछन् ।