कीवर्डहरू -

प्रोफाइल

यस्तो छ नेपालमा ई–कमर्सको बजार

अहिले अनलाइन सपिङको अवधारणा सामान्य बनिरहेको छ । सूचना, सञ्चार र प्रविधिको बहुआयामिक प्रयोगले मानिस सुविधाभोगी बन्दैछन् । फलतः अनलाइन स्टोरबाट सामान खरिदबिक्री गर्ने प्रवृत्ति बढिरहेको छ । प्रविधिमा अभ्यस्त पुस्तामात्रै होइन, यसको प्रयोगमा बामे सर्दै गरेका उपभोक्ता पनि ई–कमर्सका पारखी बन्दैछन् ।

कम्प्युटर वा मोबाइल छ भने क्लिककै भरमा तपाईंको घरसम्मै सामान आइपुग्छन् । आफैं बजार गएर सामान किन्नुपर्ने, विभिन्न बिल तिनुपर्ने काम यो पिँढीका लागि झन्झट नै रहेन अब । नेपालमा पनि दजर्नौ अनलाइन सपिङ मल खुलिसकेका छन् । एक दर्जन कम्पनीले जीवनशैलीलाई यसैगरी प्रविधिमय बनाउन सघाइरहेका छन् । उनीहरूका अनुसार वार्षिक करिब १० करोडदेखि २० करोड रुपैयाँसम्मको हाराहारीमा अनलाइन कारोबार हुन्छ ।

सन् २००० बाट सुरु भएको ई–कमर्स पहिले पर्यटकलाई लक्षित गरी खोलिएको थियो । तर, बिस्तारै यसले व्यापकता पाउँदै गयो, अहिले हरेक क्षेत्र र वर्गका मानिस यसमा आबद्ध छन् । राजधानीमा मात्रै होइन, बाहिरका जिल्लामा पनि ई–कमर्समा रमाउनेको संख्या उकालो लाग्दै छ ।

यसैबीच सेवा नेपाल नामक संस्थाले इन्टरनेश्नल कन्जुमर राइटअन्तर्गतको एउटा रिसर्च प्रोजेक्ट नेपालमा गरिरहेको छ । यो प्रोजेक्टअन्तर्गत नेपालमा ई–कमर्सको अध्ययन गरिदैछ । सेवा नेपालले प्रारम्भिक नतीजा हामीलाई दिएको छ । यसअन्तर्गत नेपालाम पछिल्लो समय स्थापना भएका ई कमर्स कम्पनीहरु मात्रै बजारमा देखिन्छन् भने १५ वर्षदेखि सञ्चालन भएका ई–कमर्स कम्पनीहरु २ ओटा मात्रै छन् ।

९० प्रतिशत ई–कमर्स कम्पनीहरु आफ्नै प्रडक्ट बेच्नुको सट्टा बीचको माध्यम वा मध्यस्थकर्ताको रुपमा काम गरिरहेका छन् । कम्पनीहरुले उपयुक्त पेमेन्ट गेटवे सेवाको अभावमा डेबिट÷क्रेडिट कार्ड र क्यास अन डेलिभरी नै अभ्यास गरिरहेका छन् । डिजिटल युगमा स्तरीय पेमेन्ट गेटवे सर्भिसको कार्यान्वयन महत्वपूर्ण हुने भएपनि नेपालमा नयाँ प्रविधि सुरु गर्न समस्या आइरहेको  सेवा नेपालको प्रारम्भीक सर्वेक्षणले देखाएको छ : 

  • अनलाइनबाट आर्थिक कारोबार गर्ने राम्रा कम्पनीहरुमा ५० भन्दा कम कर्मचारी छन् । 
  • सरकारले ई–कमर्स बिजनेशका लागि बलियो नीति, कानूनी व्यवस्था ल्याउन सकेको छैन । 
  • ई–कमर्स वेबसाइट प्रयोग गर्ने प्रयोगकर्ताको तथ्यांक सुरक्षित गर्न सरकारले बलियो सेक्युरिटी रेगुलेसनहरु ल्याउन सकिरहेको छैन । 
  • स्थापना भएदेखि २०१८ सम्मका ई–कमर्स कम्पनीहरुको सर्भर हेर्दा २५ सयदेखि ५ हजारको संख्यामा मात्रै उपभोक्ता देखिएका छन् ।
  • धेरै ई–कमर्स कम्पनीहरु काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालित छन् । 
  • कम्पनीहरूद्वारा प्रदान गरिने वारेन्टी, ग्यारेन्टी र रिफन्ड पोलिसीहरु सशर्त छन् । 
  • फेसबुक, इन्स्टाग्राम जस्ता सोसल मिडियाबाट सामान किन्ने र बेच्ने क्रम बढिरहेको छ । 
  • अधिकांश कम्पनीहरुले क्यास अन डेलिभरी सर्भिस नै धेरै प्रयोग गरिरहेका छन् ।
  • नेपालमा खोलिएका ३० प्रतिशत ई–कमर्स कम्पनीहरुले डेबिट÷क्रेडिट कार्ड प्रयोग गरिएको पाइएको छ । 
  • कम्पनीहरुले सरकारकै अग्रसरतामा व्यवस्थामा मिलाइएको उच्चस्तरको पेमेन्ट गेटवेको प्रतिक्षा गरिरहेका छन् । 
  • अधिकांश कम्पनीहरुले बेचिसकेको सामान फिर्ता लिन वा ग्राहकहरुको गुनासा सम्बोधन गर्न ५ देखि १० दिनको समय लगाउँछन् ।
  • केही ई–कमर्स कम्पनीहरुले मात्रै ग्राहकको मागअनुकुल देशका अन्य ठाउँहरुमा पनि सेवा दिइरहेका छन् ।

प्रोफाइल

लक्ष्मी बैंकको थ्रीडी सेक्युर भिसा डेबिट कार्डहरुको सुरुवात, इकमर्सको कारोबारमा सहज हुने

लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित <…

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अ…

एनआइसीले एसिया बैंकले पनि सुरु गर्यो भाइबर बैकिङ्ग

एन आई सी एशिया बैंकले आफ्नो सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक हरुले सहज रुपमा आफ्नो मोबा…

भिसा कार्डमार्फत भुक्तानीगर्दा १० प्रतिशतसम्म क्यासव्याक अफर

कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा यस बैंकका भिसा कार्ड संजालसँग आवद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्र…

नेपाल टेलिकमको नाफा १५ अर्ब बढी, शेयर धनीहरुलाई अहिले सम्मकै धेरै नगद लाभांश वितरण

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको दशौं वार्षिक साधारणसभा आज (२०७४ पौष ३० गते) काठमाडौमा सम्पन्न भएको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७३।७४ को मुनाफा र…

नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षताम…

बैंकिङ कारोवारको जोखिम र सुरक्षा


समन्त आचार्य


सन् २०१६ फेव्रुवरिमा हाम्रो छिमेकि मुलुक वङ्गलादेशको सेन्ट्रल वैकवाट ९५१ मिलियन डलर (करीव ९७ …