कीवर्डहरू -

ग्लोबल आइएमई बैंकले बेलायतमा खोल्यो सम्पर्क कार्यलय

ग्लोबल आइएमई बैंकले बेलायतमा खोल्यो सम्पर्क कार्यलय

बेलायतको एल्डरसर्ट ह्याम्पसायरमा ग्लोबल आइएमई बैंकले सम्पर्क प्रतिनिधि कार्यालय स्थापना गरेको छ । उक्त कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले गरे ।

बेलायतमा सम्पर्क कार्यलय स्थापना गर्न सफल भएकोमा गभर्नर नेपालले बधाई तथा सुभकामना व्यक्त गरे । साथै बेलायतका लागि नेपालका राजदुत डा.दुर्गा बहादुर सुबेदीले ग्लोबल आइएमई बैंकले विदेशमा समेत सेवा प्रदान गर्न सकेकोमा सफलताको शुभकामना ब्यक्त गरे ।

\"\"

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले बेलायतमा कार्यालय स्थापना गर्नु नेपालको लागि ठुलो उपलब्धि भएको र यसले नेपालको आर्थिक विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

सातवटै प्रदेशमा आफ्नो सेवा विस्तार गरिसकेको र विदेशमा पनि सम्पर्क कार्यालय स्थापना गरेर नेपालीहरुलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।

बैंकले देशभर १ सय १३ वटा शाखा,१ सय २७ वटा एटिएम ४ वटा एक्सटेन्सन काउन्टर,१४ वटा राजस्व संकलन काउन्टर र् ६२० शाखा सहित बैंकिंग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।

स्थापनाकाल देखिनै रेमिट्यान्स सेवालाइ जोड दिंदै आएको बैंकले कोरिया ,मलेसिया, कतार,युएई,बहराइन र भारत लगायतका मुलुकमा रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकको अष्ट्रेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा पनि सम्पर्क कार्यलयहरु स्थापना भइसकेको छ ।

बैंकको सम्पर्क कार्यालय उद्घाटनको अवसरमा एल्डरसर्टका काउन्सिल लिडर डेभिड सिलफोर्ड र रुस्मो बोरो काउन्सिलका मेयर सोफिया चौधरी लगायतको उपस्थिति रहेको थियो ।

(नयाँ पत्रिका)