कीवर्डहरू -

अर्थ मन्त्रि युबराज खतिवडाले दिए आइसिटीको प्रयोगमा जोड, बैशाखदेखि सरकारी कारोबार अनलाइन गरिने

अर्थ मन्त्रि युबराज खतिवडाले दिए आइसिटीको प्रयोगमा जोड, बैशाखदेखि सरकारी कारोबार अनलाइन गरिने

नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रालयको कार्यभार सम्हाल्दै सरकारी आय र व्ययको विद्युतीय माध्यमबाट गर्ने निर्णय गरेका छन्।

सपथग्रहण लगत्तै अर्थमन्त्रालय पुगेर खतिवडाले बैशाख १ गतेदेखि सरकारी राजश्व र खर्चको कारोबार विद्युतीय माध्यमबाट हुने निर्णयमा हस्ताक्षरण गरेका थिए। अब सरकारी कारोबार अनलाइन मार्फत पारदर्शी हुने उनको भनाइ छ।

योसँग अब कुनै पनि राजश्व तिर्न नगदको ठाउँमा व्यक्तीगत तथा संस्थागत खाताबाट सरकारी राजश्व खातामा सिधै ट्रान्सफर गरेहुने छ। त्यस्तै सरकारीले गर्ने भुक्तानी मा पनि त्यही व्यवस्था लागू हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

उनले मन्तब्य राख्दै “हामी के प्रण गर्छौँ भने सरकारी वित्त प्रणालीमा पारदर्शिता अपनाउछौँ , जवाफदेहिता ल्याउछौँ र खर्चको प्रभावकारितामा जोड दिन्छौँ।“