कीवर्डहरू -

उद्यमी तथा ब्यबसायीहरुका लागि आभा ग्रुपले \'स्टार्ट अप\' मेला आयोजना गर्दै

उद्यमी तथा ब्यबसायीहरुका लागि आभा ग्रुपले \'स्टार्ट अप\' मेला आयोजना गर्दै

विश्वमा धेरै जसो देशहरुका मानिसहरु केहि न केहि ब्यबसाय तथा उद्यम गरेर आफ्नो जिबनयापन गरिरहेका छन् । यसै क्रममा हरेक क्षेत्रका व्यबसायी तथा उद्धमीहरुले आफ्नो पेशा वा ब्यबसायलाई अघि बढाउनका लागि एक अर्का सँग प्रतिस्पर्धा गरिरहेका छन् ।

विश्वमा बढ्दो प्रतिस्पर्धासंगै नेपालमा पनि धेरै युवाहरु व्यवसाय तथा उद्धमशिलता अपनाएर स्वरोजगार हुन तर्फ आकर्षित भईरहेका छन् । तर युवाहरुमा व्यवसाय गर्ने र स्वरोजगार बन्ने तिव्र चाहना हुँदा हुँदै पनि विविध ज्ञानको कमीले गर्दा उनीहरुले व्यवसायिक सफलता हात पार्न सकिरहेका छैनन् र सरकारले पनि यसका लागि केहि पहल गरिरहेको अवस्था छैन् । जसका कारण युवापीढीमा दिन दिनै निराशा बढिरहेको छ ।

यसै सन्दर्भमा  युवाहरुलाई स्वरोजगार बनाउनुपर्छ , उद्यमी बनाउनुपर्छ यो प्रतिस्पर्धात्मक युगमा युवाहरु जुटेर अघि बढ्नु पर्छ भन्ने उद्देश्यका साथ आभा ग्रुपको आयोजनामा विभिन्न देशका युवाहरु संलग्न २ दिने स्टार्ट अप मेला काठमाडौंको होटल प्लाटिनियमा सोल्टीमोडमा सञ्चालन हुन लागिरहेको छ ।

स्टार्ट अप मेला यहि आउँदो फेब्रुअरी १६ र १७ तारिखका दिन सञ्चालन गर्न लागिएको आभा ग्रुपका कन्ट्री प्रोग्राम म्यानेजर थानेश्वर गौतमले बताएका छन्  ।

स्टार्ट अप भन्ने शव्दले नै शुरुवात भन्ने बुझिन्छ युवाहरुलाई कुनै पनि काम सुरु गर्नु अघि त्यस सम्वन्धमा यथेष्ट ज्ञान दिलाउने हेतुले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

टुगेदर वी क्यान भन्ने मुल नाराका साथ स्थापना भएको आभा ग्रुपले समय समयमा यस्ता कार्यक्रमहरु गर्ने गरिएको अध्यक्ष कैलाश न्यौपानेले बताउनु भएको छ ।

मेलामा देश विदेशका थुप्रै सहभागीहरुको उपस्थिती रहनुका साथै विदेशबाट दर्जनौ सफल उद्यमीहरु आएर युवालाई ज्ञान र सीप सिकाउने कार्यक्रम रहेको छ ।

विशेष गरि नयाँ व्यवसायको खोजिमा रहेका युवाहरुलाई व्यवसाय कसरी छनोट गर्ने , व्यवसाय सम्वन्धि ज्ञान र सीपका बारेमा कसरी जानकारी लिने र लगानी कसरी जुटाउने भन्ने सम्वन्धमा यो मेलामा विशेष जानकारी दिइने भएकाले मेला सबै सहभागीका लागि उपलब्धिमुलक हुने आयोजकले बताएका छन् ।

मेलामा सहभागी हुनका लागि फेबु्रअरी १० तारिख सम्ममा अनलाईन फर्म भरेर पठाउन सकिने आयोजकले बताएका छन् । सहभागीका लागि डिनर सहित १५ सय  दस्तुर तोकिएको छ भने लगानीकर्ताका लागि स्पेशल डिनर सहित ५ हजार  दस्तुर तोकिएको छ ।

(अखवार अनलाईन)