कीवर्डहरू -

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलिया उडान घोषणा

काठमाडौं, कतार । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानीक्यानबेरामाआफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अष्ट्रेलियन राजदुत पिटर ग्रिमी बड, कतारका राजदुतयूसुफमोहम्मदअल–हायल र कन्ट्रि म्यानेजर जयप्रकाश नैयरको समेत उपस्थिती रहेको थियो ।

पत्रकार सम्मेलनमा कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले एयरवेजको ब्यापकविस्तार योजनातथा अष्ट्रेलियामाथपयात्रु ल्याउने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले क्यानबेरन्सलाई दोहा स्थित हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआईए)को माध्यमबाट ब्यापक वैश्विक सञ्जालसंग जोड्ने प्रतिबद्धता समेत जाहेर गरे । 
‘अष्ट्रेलियामाहाम्रो पाँचौ गणतब्यका रुपमाक्यानबेरामानयाँ दैनिक उडान सेवा सञ्चालनगर्न पाउँदाहामीनिकै उत्साहित छौँ ।

नयाँ उडान सेवाले अष्ट्रेलियनयात्रुहरुलाई थप सहजताउपलब्ध गराउनुका साथै हमाद ईन्टरनेशनल एयरपोर्ट, ट्रान्जिट मार्फत हाम्रो वैश्विक सञ्जालद्वारा ब्यापक गणतब्यको छनोटका लागि समेत सघाउनेमाहामीविश्वस्त छौँ’, कन्ट्रि म्यानेजर जयप्रकाश नैयरले भने । 


क्यानबेरामा सञ्चालितनयाँ उडान तालिकाले अष्ट्रेलियनमहादेशको कार्गो क्षमतामा ६ सय ३० टन प्रतिहप्ताभन्दा बढीले बृद्धि दिलाउने कम्पनीले जानकारी दिएको छ । कतार एयरवेजले आफ्नो बोइङ बी७७७विमानमार्फत क्यानबेराकालागि दैनिक उडान सेवाउपलब्ध गराउने छ ।

बी७७७द्वारा बिजनेस क्लास मार्फत ४२ फ्ल्याटबेड सिट र ईकोनोमीक्लासमा ३१६ सिट उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । साथै फ्लाइटमा यात्रागर्ने यात्रुले एयरलाइन्सको अत्याधुनिक सुविधा सम्पननमनोरञ्जन प्रणाली मार्फत यसमाउपलब्ध रहेका बहु संख्यकमनोरञ्जनकाविकल्पको मज्जालिन सक्नेछन् ।