कीवर्डहरू -

इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे हुने भएको छ । यसका लागि सोमबार इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेल र आईएमई पेका सीईओ प्रविण रेग्मीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौतासँगै इन्ड्राइभरका राइडरले कम्पनीलाई तिर्नुपर्ने कमिसन आईएमई पेबाटै तिर्न सक्ने छन् भने प्रयोगकर्ताले पनि राइडरबाट आईएमई पेबाटै भुक्तानी गर्न सक्ने छन् । 

इन्ड्राइभका चालक तथा यात्रुलाई सिमलेस डिजिटल भुक्तानीको अनुभव दिने र सेटलमेन्टलाई सजिलो बनाउन सहकार्य गरेको आईएमई पेका सीईओ प्रविण रेग्मीले बताए । 

यस्तै इन्ड्राइभ नेपालकी निर्देशक रिता पोखरेलले आईएमई र इन्ड्राइभको भिजन पनि मिल्ने र नेपालको लोकप्रिय वालेट भएकाले भुक्तानी साझेदारमा आईएमई पेलाई छनौट गरेको बताइन् ।सहकार्यसँगै राइडर तथा प्रयोगकर्तालाई नयाँ नयाँ अफरहरू ल्याउने आईएमई पेले जनाएको छ ।