कीवर्डहरू -

लक्ष्मी बैंकको थ्रीडी सेक्युर भिसा डेबिट कार्डहरुको सुरुवात, इकमर्सको कारोबारमा सहज हुने

लक्ष्मी बैंकको थ्रीडी सेक्युर भिसा डेबिट कार्डहरुको सुरुवात, इकमर्सको कारोबारमा सहज हुने

लक्ष्मी बैंक लि.ले आफना ग्राहकहरुलाई सुरक्षित एवं नविनतम सुबिधा प्रदान गर्ने उद्देश्य सहित Verified by Visa (VbV) - 3D Secure Service द्वारा सुनिश्चितता प्रदान गरिएकोे, भिसा डेबिट कार्डहरु ल्याएको छ । यस्तो सुनिश्चितताले ग्राहकलाई अनधिकृत कारोबारहुन बाट जोगाउँदछ ।


एक पटक रजिस्टर्ड गरे पछि Visa Debit Card का प्रयोगकर्ताहरुले संसारको जुनसुकै स्थानबाट इनटरनेटको माध्यमबाट सुरक्षित एवं सहज रुपमा Online e-commerce को कारोवार गर्न सक्नुहुने छ । \"\"

बर्तमान परिप्रेक्षमा संसारमा अधिकतम प्रयोगमा रहेको अनलाईन बजारको कारोवारलाई यस बैकका  भिसा डेबिट कार्ड प्रयोगकर्ताले सजिलै अनि अझ बढी सुरक्षित तरिकाले प्रयोग गर्न सक्नुहुनेछ ।

अन्तर्राष्ट्रिय नेटवर्क सेवा प्रदायक कम्पनी भिजा इन्टरनेशनल मार्फत यो सेवा लक्ष्मी बैकका डेबिट कार्ड प्रयोगकर्ताहरुका लागि उपलब्ध गराईएको छ ।


भारतको Izealiant Technologies Pvt. Ltd. को प्राविधिक सहकार्यमा यो सेवा गर्न सुरु गरिएको हो । उक्त सेवा सुचारु गर्नको लागि बैकका भिजा डेबिट कार्ड प्रयोगकर्ताले कारोवार गर्दाको अवस्थामा वा यस बैंकको वेबसाइट www.laxmibank.com मा गई कुनै पनि समयमा यो सेवा सुचारु गर्न सक्नु हुनेछ ।