कीवर्डहरू -

नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघको साधारणसभा सम्पन्न, शशिको अध्यक्षतामा नयाँ कार्यसमिति

नेपाल विज्ञापन संघ (आन)को १८औं वार्षिक साधरणसभाले नयाँ कार्यसमिति चयन गरेको छ। साधारणसभाले कि एडभरटाईजिङ एजेन्सीका रविन्द्रकुमार रिजाल (शशि) को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो। 

यसैगरी आनको वरिष्ठ उपाध्यक्षमा सोमप्रसाद धिताल, प्रथम उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धर्मेन्द्रकाजी श्रेष्ठ, महासचिवमा राजु कुइँकेल, सचिवमा कृष्णप्रसाद घिमिरे, कोषाध्यक्षमा पिताम्वर पोखरेल (विजय) र सहकोषाध्यक्षमा पंकज प्रधान चयन भएका छन्। कोषाध्यक्षमा भने पोखरेल र यमुना पौडेलबीच प्रतिस्पर्धा भएको थियो। कोषाध्यक्ष बाहेकका सबै पदाधिकारी भने निर्विरोध निर्वाचित भएका हुन्। 

कार्यसमिति सदस्यहरुमा रोशन प्रसाईं, रमेश पुरी, विशालपुरुष ढकाल, किरण गैरे, अरुणकाजी स्थापित र सन्तोष खड्का चयन भएका छन्। 

कार्यसमितिले आगामी ३ वर्ष आनको नेतृत्व गर्नेछ। आनको यसअघिको कार्यसमितिको अध्यक्ष मार्सका सन्तोष श्रेष्ठ थिए।