कीवर्डहरू -

प्रोफाइल

एन आईसी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट Sony Bravia Television (Model No: 65X8000G, 65X9500G, 55A8G, 55A8F and 55A1) को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा बैंकको आफ्नै POS / QR Code प्रयोग गरि Sony Bravia का उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १०% वा अधिकतम रू. २,००० सम्म छुट प्राप्त गर्न सकिनेछ ।

यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ । एन आइसी एसिया बैंकले ग्राहकहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।

प्रोफाइल

पिपिएलका उत्कृष्ट खेलाडीहरु टिभिएस अपाचेद्वारा पुरस्कृत

नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिताहरुमध्येको एक सर्वाधिक चासो रहेको प्रतियोगिता पिपिएल सम्पन्न भएको छ