कीवर्डहरू -

आईएमईआई नम्बरबाट हराएको फोन कसरी पत्ता लगाउने ?

आईएमईआई नम्बरबाट हराएको फोन कसरी पत्ता लगाउने ?

प्रत्येक स्मार्टफोनमा आईएमईआई (अन्तर्राष्ट्रिय मोबाइल इक्विपमेन्ट आइडेन्टिटी) नामक एक युनिक नम्बर हुन्छ । एटा फोनको आईएमईआई नम्बर अर्को फोनको आईएमईआईसँग मेल खाँदैन् ।

आईएमईआई नम्बरहरू धेरै उपयोगी हुन्छन् । आईएमईआईको सहायताले चोरी भएको फोन पत्ता लगाउन सकिन्छ र तपाईसँग भएको फोन वास्तविक हो वा नक्कली हो भनेर पनि पत्ता लगाउन सकिन्छ ।

यदि कुनै कारणले मोबाइल हराए वा चोरी भयो भने, यो ठूलो समस्या हो र यसलाई फेला पार्न ठूलो काम हुन्छ तर तपाईलाई थाहा हुनुपर्छ कि आईएमईआईको मद्दतले तपाईको हराएको फोन सम्भवतः फेला पार्न सकिन्छ । 

*#06# डायल गरेर आफ्नो आईएमईआई नम्बर थाहा पाउन सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा आईएमईआई नम्बर पत्ता लगाउने हो । तपाईले आफ्नो फोनमा *#06# डायल गरेर आफ्नो फोनको आईएमईआई नम्बर पत्ता लगाउन सक्नुहुन्छ । अब तपाई त्यो नम्बर मार्फत फोन ट्र्याक गर्न सक्नुहुन्छ ।

आज हामी तपाईंलाई आईएमईआई नम्बर मार्फत हराएको फोन फेला पार्ने दाबी गर्ने एउटा एपको बारेमा जानकारी दिदैछौं । यस मोबाइल एपमा तपाईले आफ्नो फोनको आईएमईआई नम्बर इन्टर गरेर ट्र्याक गर्न सक्नुहुन्छ । विशेष कुरा यो हो कि तपाईको फोनमा सिम कार्ड, इन्टरनेट पहुँच र जीपीएस लोकेशन नभए पनि तपाईले यो ट्रिकबाट आफ्नो फोन पत्ता लगाउन सक्नुहुन्छ ।

तपाईले फोन बक्समा आईएमईआई नम्बर पनि पाउनुहुनेछ । तपाईले यसलाई बक्समा मोडेल नम्बर र सिरियल नम्बर स्टिकरको नजिक फेला पार्नुहुनेछ । आईएमईआई नम्बर १५ अंकको हुन्छ जुन बार कोड माथि लेखिएको हुन्छ ।

आईएमईआई नम्बर प्राप्त गरेपछि, तपाईंले गूगल प्लेबाट कुनै पनि अन्य फोनमा निःशुल्क आईएमईआई फोन ट्र्याकर एप इन्स्टल गर्नुपर्नेछ । फोनमा एप इन्स्टल गरेपछि आईएमईआई इन्टर गरेर सर्चमा क्लिक गर्नुपर्नेछ । यसपछि तपाईले मेसेजमार्फत आफ्नो फोनको लोकेशन पाउनुहुनेछ ।

फोन चोरी वा हराएपछि आईएमईआई नम्बरसहित प्रहरीमा उजुरी पनि दिनुपर्छ किनभने प्रहरीले पनि आईएमईआई नम्बरमार्फत फोन ट्र्याक गर्छन् । फोन खरिद गरेपछि आईइएमआई नम्बर लेखेर सुरक्षित ठाउँमा राख्नुहोस्।