कीवर्डहरू -

एन आइ सी एशिया बैंकले ल्यायो ग्राहकहरुका लागि १० प्रतिशत सम्मको क्यासब्याक अफर

एन आइ सी एशिया बैंकले ल्यायो ग्राहकहरुका लागि १० प्रतिशत सम्मको क्यासब्याक अफर

एनआइसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनि भिसासँग सहकार्य गरि ग्राहकहरुका लागि हरेक सामान वा सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास ( नगद ) फिर्ता हुने योजना ल्याएको

ग्राहकहरुले समान अथवा सुबिधाको खरिदका लागि पीओएस मेशिनको प्रयोग गर्नु पर्दछ । यसका साथै बैंकले ग्राहकहरुका लागि यो योजना फेव्रुअरी देखि मार्च सम्म जम्मा तीन महिनाको लागि ल्याएको हो ।

यस योजना अन्तर्गत भिसा डेबिट / क्रेडिट कार्ड प्रयोगकर्ताहरुले प्रत्येक महिना कार्डबाट गरिने पहिलो तीनवटा भुक्तानीमा १० प्रतिशत सम्म वा प्रति भुक्तानी रु ५ सय सम्मको नगद फिर्ता प्राप्त गर्नेछन् । यस योजनाबाट बैंकको भिसा डेबिड/क्रेडिट कार्ड प्रयोग गर्ने २ लाख ४० हजार भन्दा बढी ग्राहकहरु लाभान्वित हुने बैंकले बिश्वास लिएको छ ।

देशभरमा हाल बैंकका १ सय ६३ वटा शाखा कार्यालयहरु रहेका छन् ।यसका साथै ४ वटा बिस्तारित काउन्टर,१ सय ५६ वटा एटिएम मेशिन,५ सय १८ वटा पीओएस मेशिन लगायतबाट बैंकले देशभर आफ्ना सेवाहरु विस्तार गरिरहेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिएका छन् ।

यसका साथै आगामी दिनमा बैंकले ग्राहकबर्गका लागि थप सेवा तथा सुबिधा प्रदान गर्दै जाने समेत बैंकका सहायक अधिकृत न्यौपानेले बताए ।