कीवर्डहरू -

टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा

टाटाको नेक्सन इभी खरिद गर्न एनएमबि बैंकको सहुलियतपूर्ण कर्जा

टाटा मोटर्सको नेक्सन इभी गाडी खरिद गर्न इच्छुकले अब एनएमबि बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन् । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी  ट्रेडिङ्ग  र एनएमबि बैंक लिमिटेड बीच सो बारे सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबिका व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले एक कार्यक्रम बीच हस्ताक्षर गरेका हुन् ।

अब टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल नेक्सन इभी खरिद गर्न चाहने खरिदकर्ताले एनएमबि बैंकको नेपाल भरीका शाखाहरु मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

उक्त कर्जा सम्झौता अन्तर्गत नेक्सन इभी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियम सहित बैंकको बेस रेट ब्याजदरमा एनएमबि बैंकका शाखाहरु मार्फत कर्जा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत बैंकले २४ घण्टाभित्र ८० प्रतिश सम्म फाइनान्सको सुविधा उपलब्ध गराउनेछ ।