कीवर्डहरू -

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैयाँ सहयोग गरेको छ ।

गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड सहयोग हस्तान्तरण गरे ।

गोल्छा गु्रपले सहयोग गरेको रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन प्रयोग गर्ने जनाएको छ ।

साथै, बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई पनि यसले ठूलो सहयोग हुने अस्पतालको भनाइ छ ।

अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मूल्याङकन गर्दै र कोभिड संक्रमणको दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भने उक्त सहयोग गरेको जनाएको छ ।

‘अहिलेको महामारीको विषम परिस्थितिमा पाटन अस्पताललाई सहयोग गर्न पाउँदा हामी निकै खुसी छौँ,’ गोल्छाले भने, ‘हामीले यसअघि लकडाउनका बेला सिंगापुरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेका थियौँ ।’ यो सहकार्य पछि पनि निरन्तरता दिने उनले बताएका छन् ।

त्यस्तै, प्रतिष्ठानका उपकुलपति गोंगलले गोल्छा गु्रपको सहयोगले फ्रन्टलाइनका स्वास्थ्यकर्मीको मनोबल बढाउने बताए ।