कीवर्डहरू -

सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

सानिमा लाइफ इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । कम्पनीले आफ्ना भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको नेशनल पेमेन्ट इन्टरफेस प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको हो ।

सम्झौता पत्रमा सानिमा लाइफका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सानिमा लाइफले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनपीआईसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरू रियल–टाइम तथा नन–रियल टाइममा आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ ।

यी सबै कारोबारहरू सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीको बैंक खाताहरूबाट हुनेछन् । साथै सानिमा लाइफका बीमितहरुले आफ्नो बीमा (प्रिमियम) शुल्कको अनलाइन भुक्तानी कनेक्ट आईपीएसमार्फत गर्दै आइरहेका छन् ।