कीवर्डहरू -

अब एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङबाटै गुनासो गर्न सक्ने 

अब एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङबाटै गुनासो गर्न सक्ने 

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया मोबैंकमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध गराएको छ ।

ग्राहकका समस्या यथाशिघ्र समाधान तथा सम्बोधन गर्नका लागि बैंकले एनआईसी एशिया मोबैंक मार्फत यस कार्यको थालनी गरेको बैंकले जनाएको छ । कस्टुम केयरबाट डिजिटल बैंकिङ्ग प्रवर्द्धनमा समेत ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।

बैंकको एप भित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपछि विभिन्न सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । जसमा च्याट बट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, भिडियो ट्यूटोरियल, इमेल सुविधा आदि रहेको छ ।

च्याटबट

मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहकले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/ मोबाइल/भाइबर/ मिस्डकल बैंकिङ्ग तथा क्युआर मर्चेन्ट भुक्तानी), विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त सकिने छ ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क

यसमार्फत ग्राहकले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट

ग्राहकले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नुहुनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्र्याकिङ समेत सजिलै गर्न सकिने छ ।

भिडियो टुटोरियल

बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सकिने छ ।

ईमेल सुविधा

ग्राहकहरूले यस कस्टुमे केयर भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

एफएक्यु

बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहकहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्ने बैंकले जनाएको छ ।