कीवर्डहरू -

एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारेको छ । यो सेवाको सुरूवातसँगै, एनएमबि बैंकका ग्राहकहरूले आफ्नोे घर/कार्यालयबाट केवाईसी विवरणहरू अनलाईन अपडेट गर्न सक्नेछन् ।

ग्राहकहरूले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता खोल्ने, खाता खोलिसकेका ग्राहकहरूले पनि सजिलै यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् ।

यस नयाँ प्रणालीको साथ अनलाइन खाताहरू खोल्ने क्रममा ग्राहकले एकपटक आफ्नो व्यक्तिगत पहिचान प्रमाणीकरण गर्न कुनै शाखा रोज्नु पर्नेछ, खाता सक्रिय गर्नका लागि हस्ताक्षर बाहेक कुनै पनि फारम भर्नु पर्ने छैन् । अनलाइन केवाईसीको लागि यहाँ क्लिक गर्नुहोस् ।