कीवर्डहरू -

इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै, उसले अस्पताल खोज्नका पनि सहयोग गर्ने पनि जनाएको छ ।

बैशाख १ गतेदेखि रिचार्जरबाट सामान खरिद गरेका सेवाग्राहीमा कोरोना संक्रमण देखिएको अवस्थामा अस्पतालसम्म पुग्नका लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराउने व्यवस्था गरिएको रिचार्जरले जनाएको छ ।

सेवाग्राही आफैंले एम्बुलेन्स व्यवस्था गरेमा अस्पतालका कागजातसहित रिचार्जरमा सम्पर्क गर्दा एम्बुलेन्समा लागेको खर्च रिचार्जरले उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

यसका साथै कोभिड प्रोटेक्टिभका सामानहरु ८० प्रतिशतसम्मको छुटमा घरमा निशुल्क डेलिभरी हुने व्यवस्था रिचार्जरले गरेको छ । यसका लागि सेवाग्राहीले रिचार्जरको मोबाइल एपबाट सामान अर्डर गर्नु पर्ने हुन्छ ।

निषेधाज्ञाका बेला सामान किन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै रिचार्जरले विभिन्न बैंकका क्रेडिट कार्ड भएकाहरुलाई तत्काल किस्ताबन्दीमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने जनाएको छ ।

बैंकका क्रेडिटकार्ड भएकाले रिचार्जरबाट सामान खरिद गरेर लकडाउन पछि उक्त रकमलाई किस्ताबन्दीमा रुपान्तरण गर्न सक्नेछन् ।

किस्ताबन्दीमा ग्याजेट्स किन्न चाहने तर क्रेडिट कार्ड नभएकाहरुले रिचार्जर एपमा दिइएको कोटेशन फिल अप गरे पछिका प्रकृया पुरा गर्न अनलाइनबाटै कागजात बुझाएर सामान अर्डर गर्न सक्ने छन् ।

ग्याजेट्स किन्दा विभिन्न बैंकको डिजिटल भुक्तानी प्रयोग गर्नेले १० देखि २० प्रतिशतसम्म छुट पाउने छन् भने इसेवाबाट रकम भुक्तानी गर्नेले १५ प्रतिशतसम्म क्यास प्वाइन्ट रिडिम गरी सामान किन्न सक्ने छन् ।

रिचार्जरका नयाँ प्रयोगकर्ताले एप डाउनलोड गरेर खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाउने जनाएको छ ।

मोबाइल रिचार्ज गर्दा शतप्रतिशत र विभिन्न सेवाको बिल भुक्तानीमा २० प्रतिशत क्यास प्वाइन्ट पाइनेछ । यसरी प्राप्त क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा सदुपयोग गर्न सकिने उसले बताएको छ ।