कीवर्डहरू -

म्यानमार र बंगलादेशका वित्तीय संस्थामा प्रयोग भइरहेको नेपाली सफ्टवेयर

म्यानमार र बंगलादेशका वित्तीय संस्थामा प्रयोग भइरहेको नेपाली सफ्टवेयर

नेपालमै विकास भइ विदेशमा विदेशमा सफलतापूर्वक सञ्चालन भइरहेको नेपाली सफ्टवेयरहरू एकदमै कम छन् । त्यही कम सफ्टवेयरमध्ये एक हो, ३६० कोर बैंकिङ सिस्टम । 

३६० कोर बैंकिङ सिस्टम, जुनेली इंकले विकास गरेको सफ्टवेयर हो । ३६० कोर बैंकिङ सिस्टम एउटा यस्तो नेपालमै बनेको सफ्टवेयर हो, जसको प्रयोगको सुरूवात नै विदेशबाट भएको थियो । 
३६० कोर बैंकिङ सिस्टम वित्तीय संस्थाका लागि कोर बैंकिङ सिस्टममा हुने मापदण्ड अनुरूप तयार पारिएको सफ्टवेयर भएको जुनेली इंकका सीईओ अपार थेबेले बताए । 

‘फाइनान्सियल नम्समा आधारित रहेर हामीले ३६० कोर बैंकिङ सिस्टम बनाएका हौं,’ उनले आईसीटी समाचारसँग भने, ‘सुरूमा लघुवित्तका लागि बनाइएको सफ्टवेयर अहिले सरकारीमा समेत प्रयोग हुँदै आएको छ ।’

स्नातक तहको पढाइ सकिएपछि आपर थेबेलाई प्रविधि क्षेत्रमै केही गर्ने हुटहुटी थियो । त्यसमाथि उनको अध्ययन नै प्रविधिमा थियो । प्रविधि क्षेत्रमै केही गर्ने सोच बनिरहेको बेला उनलाई वित्तीय क्षेत्रका लागि सफ्टवेयर बनाउने आईडिया फुर्‍यो ।

अनि २ वर्षको कडा मिहिनेतपश्चात २०७२ सालबाट ३६० कोर बैंकिङ सिस्टम सञ्चालनमा आएको हो । यसको सुरूवाती प्रयोग नै म्यानमारबाट भएको थियो । अहिले म्यानमारका ६ वटा  र बंगलादेशका लघुवित्त तथा नेपालका ३५० बढी सहकारीमा सफ्टवेयर चलिरहेको छ । 

३६० कोर बैंकिङ सिस्टममा क्लाउड बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल टेलर, ब्राञ्चलेस बैंकिङ, एटीएम, एसएमएस बैंकिङ लगायतका कोर बैंकिङ सिस्टममा हुनुपर्ने सबै सुविधा छन् ।
अनेक चुनौतीको सामान गर्दै जुनेली इंक अहिलेको स्थानसम्म आइपुगेको छ ।

null

म्यानमार र बंगलादेशमा सफलतापूर्वक चलिरहेका बेला नेपालको सहकारी क्षेत्रबाट पनि सफ्टवेयर प्रयोगको प्रस्ताव आएपछि २०७४ सालबाट यहाँपनि काम गर्न थालेको थेबे बताउँछन् ।  
‘आफुहरूले विकास गरेको सफ्टवेयर सुरूमै विदेशी वित्तीय संस्थामा प्रयोग हुन हाम्रो लागि खुसीको विषय थियो,’ उनी खुसी हुँदै भन्छन्, ‘अहिले हामीले नेपालमा पनि धेरै सहकारीलाई सेवा दिइरहेका छौं । यसलाई अझै बढाउँदै जाने योजना छ ।’

बजारमा सहकारीमा प्रयोग हुने सफ्टवेयरहरू धेरै छन् । तर आधाभन्दा बढी सफ्टवेयरले फाइनान्सियल नम्सभन्दा बाहिर गएर तयार भएका छन् । बजारका उपलब्ध आधा बढी सफ्टवेयरले फाइनान्सियल नम्सलाई फ्लो नगरेका थेबेको दावी छ । 

उनी अगाडि भन्छन्, ‘बजारमा उपलब्ध केही सफ्टवेयरमा ब्याकडेटमा गएर डेटा इन्ट्री गर्न मिल्छ । फाइनान्सियल नम्सले त्यसलाई स्वीकार गर्दैन । तर पनि त्यो काम भइरहेको छ ।’ फाइनान्सियल नम्सको प्रयोगमा ३६० कोर बैंकिङ सिस्टम कठोर छ ।

बेला बेला ग्राहकले उक्त नम्सभन्दा बाहिर गएर सेवा सुविधा मागिरहेका हुन्छन् । तर कम्पनीले सो सेवा दिदैन् । त्यसको साटो आपसी सहमतिमै सफ्टवेयर झिक्ने गरेको छ । अहिलेसम्म करिब २०-३० प्रतिशत ग्राहकको संस्थाबाट सफ्टवेयर झिकेको कम्पनीको अनुभव छ । कम्पनीमा अहिले २५ जनाभन्दा बढीले रोजगारी पाएका छन् । ती मध्ये धेरैजसो प्रोजेक्ट बेसिसमा रहेर काम गरिरहेका छन् । 

null

नेपालीले बनाएको सफ्टवेयर विदेशीले विश्वास गर्दा नेपालमा भने विश्वास गर्न अन्कनाई रहेका हुन्छन् नि ? भन्ने हाम्रो प्रश्नमा, जनशक्ति, सेवा सुविधाको डेलिभरी लगायतले त्यसमा केही असर गरेको उनको बुझाइ छ ।

नेपालमा विश्वस्तरीय काम गर्न सक्ने ट्यालेन्ट र कम्पनी छन् । तर एउटा फ्रेमवर्कभन्दा ‘वियोन्ड’ कुनै प्रोजेक्टलाई स्केल गर्न खोज्दा जनशक्ति अभावका कारण गार्‍हो हुने गरेको उनको ठम्म्याइ छ । 

‘यो हाम्रो कमजोरी हो । त्यसलाई स्वीकार गर्नुपर्छ,’ थेबे भन्छन् । अर्को कुरा, कतिपय अवस्थामा अवसर पाउँदा पनि समयमा काम नहुँदा अविश्वास देखा पर्ने उनले बताए ।