इभेन्ट
डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न, डिजिटल मधेशको आगामी रणनीति बनाउन सहयोगी हुने
मधेश प्रदेशमा पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइसिटी फाउन्डेसन नेपाल र क्यान महासंघ मधेश प्रदेशको सहकार्यमा महोत्तरीको बर्दिवासमा वैशाख ३१ गते कन्क्लेभ आयोजना भएको थियो ।
होटल नाभ्यामा दिनभर सञ्चालन भएको कन्क्लेभमा मधेश प्रदेशको डिजिटल अवस्था, सम्भावना, अवसर र चुनौतीका विषयमा बृहत छलफल र अन्तर्किया भएको थियो । कन्क्लेभले डिजिटल मधेशका लागि आगामी रणनीति बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।
‘फोस्टरिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ थिममा केन्द्रित कन्क्लेभमा ३ किनोट प्रस्तुती, ६ बढी थिम्याटिक प्यानल सेसन र ३० बढी विज्ञको सहभागीता रहेको थियो ।
कन्क्लेभमा मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहसहित विभिन्न मन्त्रालयका मन्त्री, सांसद, पूर्व मन्त्री, जनप्रतिनिधि, उच्च सरकारी अधिकारी, विज्ञ, सरोकारवालाहरू लगायत ३०० बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा डिजिटल पूर्वाधार, डिजिटल शिक्षा, एआई र डेटा सुरक्षा, स्टार्टअप र इन्नोभेसन इकोसिस्टम, आइसिटी नीति, डिजिटल गभर्नेन्स लगायतका विषयमा विभिन्न प्रस्तुति र छलफल गरिएको आयोजकले जानकारी दिएको छ ।
कन्क्लेभमा विभिन्न डिजिटल इनिसिएटिभ्स र डिजिटल रुपान्तरणका आइडियाहरूले शोकेश तथा प्रस्तुतीको अवसरमा समेत पाएका थिए ।
कार्यक्रममा मधेश प्रदेशको डिजिटल च्याम्पियनको रूपमा खल्तीका सह-संस्थापक अरविन्द साह, डायमानिक टेक्नोसफ्टका सीईओ दिपक साह र स्किल स्पार्कका संस्थापक सिर्जना झालाई सम्मान गरिएको छ ।
कन्क्लेभलाई सम्बोधन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले डिजिटल प्रविधिमा मधेश प्रदेशले ठूलो सम्भावना बोकेको बताउँदै यसका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिए ।
यस्तै मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले डिजिटल मधेशलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक पर्ने स्रोत साधनको व्यवस्थापन गर्नुपर्ने बताए ।
मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमल प्रसाद बरालले डिजिटल मधेशलाई योजनाबद्ध ढंगबाट अगाडि बढाउन कन्क्लेभले दिशानिर्देश गर्ने बताए ।
आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले डिजिटल नेपालको अभियानमा फाउन्डेसनले एउटा इट्टा थप्ने काम गरिरहेको बताउँदै डिजिटल मधेश कन्क्लेभले पनि डिजिटल मधेशका लागि आवश्यक नीति तथा कार्यक्रम र बजेटमा तयार गर्न सघाउने विश्वास व्यक्त गरे ।
असोसियोका उपाध्यक्ष तथा क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवरले नेपालमा राम्रा राम्रा नीति तथा कानुन भएपनि कार्यान्वयन फितलो हुँदा आईटीमा सोचे अनुरूप विकास हुन नसकेको बताए ।
कार्यक्रममा बोल्दै क्यान महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश शर्माले मधेशको डिजिटलाइजेसनका लागि आवश्यक बजेट छुट्याउन प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

कन्क्लेभको विभिन्न सेसनमा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. शोहन प्रसाद साह, आइसिटी विज्ञ विवेक राणा, वर्ल्डलिंकका सिनियर म्यानेजर आशिष सिग्देल, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाल टेलिकम मधेश प्रदेशका डेपुटी म्यानेजर महेश ढुंगाना, नेपाल विद्युत प्राधिकरण मधेश प्रदेशका निमित्त प्रमुख सुनिल कुमार साह, एनसेल मधेश प्रदेशका म्यानेजर विवेक केसी, वर्ल्डलिंकका रिजनल म्यानेजर सतिश राज भण्डारी, दूरसञ्चार एण्ड साइबर सुरक्षा विज्ञ विशालमणी उपाध्याय, काठमाडौं महानगरपालिका शहरी योजना आयोगका सदस्य शैलेन्द्र झा प्रस्तुतकर्ता तथा वक्ताको रूपमा रहेका थिए ।
यसैगरी जनता माध्यमिक विद्यालयका प्रधानध्यापक रामशरण महत्तो, गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महत्तो, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्र, एनवाईईएफ जनकपुरका अध्यक्ष डा. सोनु कुमार, जनज्योती बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख शिवहरि नेपाल, खल्तीका सहसंस्थापक अरविन्द साह, कनेक्ट किसानका सीईओ राजन दाहाल, मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल, ई-गभर्नेन्स बोर्डका सह-सचिव अनिल दत्त, गाउँपालिका राष्ट्रिय महासंघ मधेश प्रदेशका उपाध्यक्ष ममता महत्तो पनि विभिन्न सेसनमा प्रस्तुतकर्ता तथा वक्ताको रूपमा रहेका थिए ।
आइसिटी फाउन्डेसन नेपालले मधेश प्रदेश सरकारसँगको सहकार्यमा यो कन्क्लेभ आयोजना गरेको हो । यसअघि कर्णाली प्रदेश सरकारसँगको सहकार्यमा पनि गत वैशाख ९ र १० गते सुर्खेतमा २ दिने डिजिटल कर्णाली कन्क्लेभको आयोजना गरिएको थियो । प्रादेशिक कन्क्लेभको रुपमा आयोजना भइरहेको यस कार्यक्रम प्रदेश सरकारहरूको प्रत्यक्ष आयोजकको रूपमा सहभागिता हुँदै आएको छ ।
इभेन्ट
उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी
नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बी…
साउनमा काठमाडौंमा युबुकन एसिया २०२५ हुँदै, कसरी हुने सहभागी ?
आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्यको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भ…
स्किल स्पार्क च्याम्पियनशीप हुँदै, ३ मिनेटसम्मको भिडियो बनाएर ५० हजार जित्ने मौका
आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ आयोजना गर्ने भएको छ ।
…टेक पीक नेपाल: ओर्लान्डो २०२५ सम्पन्न
नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो…
वैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुँदै
वैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश स…
एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता कोडेभर सम्पन्न, शीर्ष २० कतारमा सहभागी हुन पाउने
राष्ट्रियस्तरको प्रतियोगिता कोडेभर ६.० सम्पन्न भएको छ । नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक वि…
सातौँ संस्करणको ‘डिडब्लुआईटी जब फेयर’ सम्पन्न
डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डीडब्लुआईटी) ले सातौँ संस्करणको ‘डिडब्लुआईटी जब फेयर’ आयोजना गरेको छ । फागुन २…
एडब्ल्यूएस वुमन समिट सम्पन्न
एडब्ल्यूएस युज ग्रुप वुमन इन टेक नेपालले एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ सम्पन्न भएको छ । प्रविधि क्षेत्रका प्रोफेसनल, नेतृत्वकर्ता …
ग्लोबल आइएमई बैंकले एआई/एमएल ह्याकाथन गर्दै, कसरी हुने सहभागी ?
ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याका…
फ्युजमेसिन्सले खुलायो एआई फेलोशिपको आवेदन, छनौट हुनेलाई पूर्ण छात्रवृत्ति
एआईको क्षेत्रमा उत्कृष्ट काम गरिरहेको कम्पनी फ्युजमेसिन्सले एआई फेलोशिप २०२५ को आवेदन खुला गरेको छ । एआई र डेटा साइन्समा काम गर्…
नेपालमै पहिलो पटक एसईओ कन्फेरेन्स आयोजना
नेपालमै पहिलो पटक सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ) कन्फेरेन्स आयोजना भएको छ । एसईओ एजेन्सी ओर्का सोसल्सले फागुन १६ गते शुक्रबार न…
धुलिखेलमा युथ ह्याक फेस्ट हुँदै, कसरी हुने सहभागी ?
काभ्रेको धुलिखेलमा युथ ह्याक फेस्ट २०२५ हुने भएको छ । चैत १४ गतेदेखि ८ गतेसम्म जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा काठमाडौं …
नेशनल साईबर ओलम्पियाडको प्लस टु संस्करण सम्पन्न, क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर प्रथम
नेशनल साईबर ओलम्पियाड २०८१ को प्लस टु संस्करणको पहिलो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।
हल्ट प्राइज आईओई पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले सम्पन्न, को को भए विजेता ?
हल्ट प्राइज़ आईओई, पुल्चोक क्याम्पसको ग्राण्ड फिनाले सम्पन्न भएको छ । यलो पगोडा कान्तिपथमा भएको फाइनलमा ११ टिमले प्रतिस्पर्धा गरेका थ…
बीवाईडी हाई–टेक विक आयोजना हुँदै, के के छन् विशेषता ?
बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘बीवाईडी हाई–टेक विक २०२५’ आयोजना गर्ने घोषणा गरेको छ।&nbs…