इभेन्ट
नेपाल फिनटेक एक्स्पो २०२६ सुरू, बैंक, वित्तीय संस्था र टेक इन्नोभेटर्स एउटै छानामुनि
नेपाल फिनटेक एक्स्पो २०२६ सुरू भएको छ। फिनटेक अलायन्स नेपालको आयोजनामा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुक्रबारदेखि एक्स्पो सुरू भएको हो। एक्स्पो शनिबारसम्म सञ्चालन हुनेछ।
एक्स्पोमा डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता, ब्लकचेन तथा अन्य उदीयमान प्रविधिहरूलाई एउटै छानामुनि अवलोकन गर्न सकिनेछ।
बैंक तथा वित्तीय संस्था र टेक इन्नोभेटर्सलाई एकै स्थानमा ल्याएर सहकार्य, आइडिया आदान–प्रदान र नयाँ सिनर्जी सिर्जना गर्ने उद्देश्यले फिनटेक एक्स्पो आयोजना गरिएको फिनटेक अलायन्स नेपालका उपाध्यक्ष देवेन्द्र खड्काले बताए।
‘बैंक तथा वित्तीय संस्था र टेक इन्नोभेटर्सलाई एकै ठाउँमा ल्याएर आइडिया आदान–प्रदान गर्ने र सहकार्यमार्फत नयाँ सिनर्जी सिर्जना गर्नु हाम्रो उद्देश्य हो,’ उनले आइसिटी समाचारसँग भने, ‘राजनीतिक परिवर्तनका कारण कार्यक्रम कस्तो हुने होलाजस्तो दोधारमा थियौं। तर अवलोकनकर्ताको उत्साहजनक उपस्थितिले हामी उत्साहित छौं। सबैले कार्यक्रमको प्रशंसा गर्नुभएको छ।’

कार्यक्रमको पहिलो दिन शुक्रबार अवलोकनकर्ताको उल्लेखनीय सहभागिता देखिएको थियो। शनिबार विदाको दिन भएकाले अवलोकनकर्ताको संख्या अझै बढ्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
एक्स्पोमा ६८ भन्दा बढी स्टल रहनेछन्। साथै, स्टार्टअप तथा टेक कम्युनिटीका लागि छुट्टै जोनको व्यवस्था गरिएको छ।
एक्स्पो अवलोकनका लागि सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। नेपाल राष्ट्र बैंक, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल धितोपत्र बोर्डलगायत नियमनकारी निकायका कर्मचारीले आधिकारिक परिचयपत्र देखाएर निःशुल्क प्रवेश पाउनेछन्।

आयोजकका अनुसार एक्स्पोमा बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी, स्टार्टअप र नियामक निकायका प्रतिनिधिसहित ४ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ।

इभेन्ट
इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित
दशौं संस्करणको रुपमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टि…
इन्ड्राइभ आइसिटी अवार्ड २०२५ को ग्राण्ड फिनाले शुक्रबार, विभिन्न १७ विधामा अवार्ड प्रदान हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ४ गते शुक्रबा…
भिरिञ्ची कलेजमा तीनदिने आइसिटी मेला सुरू, फायर फाइटिङ रोबोटदेखि स्मार्ट स्टिकसम्म प्रदर्शनीमा
ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजमा मंसिर २५ गते बिहीबारदेखि …
भोलिदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने
ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजमा मंसिर २५ गते बिहीबारदेखि …
शनिबार काठमाडौंमा डटनेट कन्फेरेन्स हुँदै, निःशुल्क सहभागी हुन सकिने
एएसपी डटनेट कम्युनिटी नेपालको आयोजनामा आगामी मंसिर २० गते शनिबार काठमाडौंमा ‘डटनेट कन्फेरेन्स २०२५’ हुने भएको …
हल्ट प्राइज पुल्चोक क्याम्पस २०२६ को शीर्ष प्रायोजकमा हिमा अस अफसोर
हल्ट प्राइज एट आइओइ पुल्चोक क्याम्पसले २०२६ संस्करणको शीर्ष प्रायोजकमा हिमा अस अफसोर रहने भएको छ । सम्झौतापत्रमा ह…
नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस
नेपालमा पनि अन्तर्राष्ट्रिय कम्प्युटर सुरक्षा दिवस मनाइएको छ। नोभेम्बर ३० मा मनाइने यस दिवसका अवसरमा साइबर सुरक्षामा क्रियाशील सर…
विश्वस्तरीय प्रशिक्षकसँग १० दिनसम्म एआई सिक्ने अवसर, कति छ शुल्क र कसरी दिने आवेदन ?
छैटौँ संस्करणको वार्षिक नेपाल एआई स्कुल (ANAIS 2025) का लागि आवेदन खुला गरिएको छ। नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स …
अपांगता भएका व्यक्तिहरूका लागि आयोजना भएको राष्ट्रियस्तरको ह्याकाथन सम्पन्न
नेपालमा पहिलो पटक अपांगता भएका व्यक्तिहरूका लागि आयोजित राष्ट्रियस्तरको ‘एआई फर पिपुल विथ डिसेबिलिटी’ (एआईडीए) ह्…
चौंथो अन्तर्राष्ट्रिय ‘इण्टेलिजेन्ट कम्प्युटिङ एन्ड कन्ट्रोल सिस्टम्स’ सम्मेलन सम्पन्न
चौंथो अन्तर्राष्ट्रिय ‘इण्टेलिजेन्ट कम्प्युटिङ एन्ड कन्ट्रोल सिस्टम्स’ (ICOIICS–2025) सम्मेलन ललितपुरस्थित होटल…
आइसिटी अवार्ड २०२५ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
दशौं संस्करणको ‘आइसिटी अवार्ड २०२५’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजि…
सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ सम्पन्न, स्टार्टअप र इन्नोभेसनहरूको भव्य जमघट
दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोसिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तोटिकेट्स’ काठमाडौंको बत्तिस…
भोलिदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी
कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिक…