कीवर्डहरू -

इभेन्ट

चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिटल कन्क्लेभ’ आयोजना हुँदै

चैत १ र २ गते काठमाडौंमा पहिलो ‘कोअपरेटिभ डिजिटल कन्क्लेभ’ आयोजना हुने भएको छ ।

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको आयोजना र आईटी कम्पनी इन्फोडेभलपर्सको प्रायोजन, भैरव टेक्नोलोजी र आकाश डिजिटलको सहयोगमा काठमाडौंस्थित होटल याक एण्ड यतिमा आउँदो बिहीबार र शुक्रबार सहकारी डिजिटल कन्क्लेभ हुने भएको हो ।  

२ दिनसम्म सञ्चालन हुने कन्क्लेभ, सहकारीमा आईसीटी र डिजिटल प्लेटफर्मको प्रयोगसँगै यसको महत्त्व, आउन सक्ने चुनौती, डिजिटल रूपान्तरणको प्रक्रिया र नीतिगत ग्यापको विषयमा वृहत छलफल हुनेछ । 

कार्यक्रममा सहकारी संस्थाका नेतृत्व, आईटी विज्ञ, नीति निर्माता, सरकारी अधिकारी, सफ्टवेयर कम्पनी, आईटी सेवा प्रदायक, विद्यार्थी लगायतको सहभागीता रहने छ । 

कन्क्लेभमा सहकारीको डिजिटाइजिङ, डिजिटल प्रविधि, समाधान तथा चुनौती र नीति जस्ता विषयमा विज्ञको किनोट प्रस्तुती र प्यान संवाद हुने आयोजकको भनाइ छ । 

कन्क्लेभको अन्तिम दिन सन् २०३० सम्म डिजिटल सहकारी बनाउने सम्बन्धि प्रतिबद्धता समेत सार्वजनिक गरिने छ । यदी तपाई पनि यस कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गराउन सक्नुहुनेछ ।  


 

इभेन्ट

कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केइसी लाइट २०२४’ सम्पन्न

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना भएको छ । फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज …

नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले केयूमा २ दिने ‘आविष्कार २४’ आयोजना हुँदै

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब (KURC) ले रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे विद्यार्थी र पेशाकर्मीहरूका बीचमा नवप्र…

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन बीपीसी ह्याकफेस्ट आयोजना

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन आयोजना भएको छ । वीरगञ्ज पब्लिक कलेजले मधेश प्रदेशमा पहिलो पटक ‘बीपीसी ह्य…

लुम्बिनी प्रदेशमा फागुन १३ गते टेक कन्क्लेभ आयोजना हुँदै

लुम्बिनी प्रदेशमा टेक कन्कलेभ आयोजना हुने भएको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको गैर- नाफामुलक संस्था कोड फर चेन्जले लुम्बिन…

निमा एजुकेसनको राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता कोडेभर सम्पन्न

निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रत…

युनाइटेड एकेडेमीले रोबो फेस्ट आयोजना गर्दै

युनाइटेड एकेडेमीले युनाइटेड रोबो फेस्ट २.० आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एक…

क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड

राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रे…

नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू

रोबोटिक्स एशोशिएसन नेपालले आयोजना गरेको नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू भएको छ । काठमाडौंको दशरथ रंगश…

शनिबार कसमस कलेज हल्ट प्राइजको फाइनल

शनिबार कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी हल्ट प्राइजको फाइनल कार्यक्रम हुने भएको छ । कोटेश्वरको एवान भेन्यूमा सञ्चालन…

हल्टप्राइज एट आइओइ २०२४ का ११ फाइनालिस्ट छनोट

हल्ट प्राइज एट आईओटीले ११ जना फाइनालिस्ट छनोट गरेको छ । फेब्रुअरी ३ मा हिमालयन कलेज अफ इन्जिनियरिङमा आयोजना भ…

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्ने भएको छ । ‘पब्लिक डेटा इन्नोभेसन’ नाराहित स्पाइरथन २०…

भोलिदेखि पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू हुँदै, यस्ता छन् आकर्षण

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्…

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आईडियालाई प्लेटफर्म दिने उद्देश्यले एनव…

माघ २५ गतेदेखि एस पावर क्यान इन्फोटेक, नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई निःशुल्क स्टल

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक माघ २५ गतेदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्…

माघ १३ गते हेटौडामा टेक मिटअप हुँदै

माघ १३ गते हेटौडामा टेक मिटअप हुने भएको छ । डेभ कम्युनिटी नेपालले तेस्रो संस्करणको टेकमिट अप हेटौडामा गर्न लागेको हो । …