कीवर्डहरू -

इभेन्ट

‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ सम्पन्न, नेपाली विद्यार्थीहरू जेनेभामा सहभागी हुने

काठमाडौं इन्जिनियरिङ कलेजमा आयोजित ‘एआई फर गुड, रोबोटिक्स फर गुड युथ च्यालेन्ज’ प्रतियोगिता सम्पन्न भएको छ । 

रोबोटिक्स एसोसिएसन अफ नेपाल (RAN), काठमाडौं इन्जिनियरिङ कलेज र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को सहकार्यमा जेठ २५ गते सम्पन्न कार्यक्रममा देशभरका युवाहरूले बाढी, पहिरो, विपद् व्यवस्थापन, स्वास्थ्य र समावेशी प्रविधि सम्बन्धी समस्याको समाधानका लागि नवीनतम प्रविधि प्रस्तुत गरेका थिए ।

यस प्रतियोगितामा विजेता टोलीहरू सन् २०२५ मा स्वीट्जरल्यान्डको जेनेभामा हुने ‘एआई फर गुड ग्लोबल समिट’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरूङले राज्य र निजी क्षेत्र दुवैले प्रविधिमा लगानी गर्नुपर्ने जोड दिएका थिए ।  ‘मन्त्रालयले प्रविधि, एआई, रोबोटिक्स, र आइसिटी पूर्वाधार विकासका लागि ३० अर्ब रुपैयाँको बजेट माग गरेको थियो,’ उनले भने, ‘तर जम्मा ७ देखि ८ अर्ब मात्र स्वीकृत भयो । बजेट अभावले हाम्रो प्रविधि क्षेत्रको महत्त्वाकांक्षी योजना अघि बढाउन बाधा पुऱ्याइरहेको छ । यदि हामीले विद्यार्थीहरुबाट इनोभेसन चाहन्छौं भने, उनीहरूको भविष्यमा लगानी गर्नैपर्छ।’

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले एआईलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउने समय आएको बताएका थिए । 

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्र ढकालले प्रविधिले समस्या सिर्जना होइन समस्या समाधान गर्नुपर्ने बताएका थिए । 

त्यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. डा. सुशिल बज्राचार्यले प्रविधिमा आधारित इनोभेसनलाई सघाउन १८-१९ तले प्रविधि इन्क्युबेसन टावर निर्माणको प्रस्ताव अगाडि सारिएको जानकारी दिएका थिए । करिब ९ अर्ब रुपैयाँको पूर्वाधार विकास योजना शिक्षा मन्त्रालयमा पठाइएको उनको भनाइ छ । 

प्रतियोगितामा बेलर इन्टरनेसनल एकेडेमी र बनेपा निस्टको टिम पाँचखाल प्रथम तथा ट्रिनिटी इन्टरनेशनल कलेजको टिम इन्नोभेटर्स दोस्रो र ब्लकबडी तेस्रो भएका छन् । 

जुनियर तह (कक्षा ४–१०) मा युनाइटेड स्कुल, केएमसी स्कुल र समृद्ध स्कुलका विद्यार्थीहरूले जित हात पारेका छन् । उनीहरू पनि जिनेभाको सम्मेलनमा सहभागी हुनेछन् ।

र्‍यानका महासचिव ओम्कार जैसवालले प्रविधिको विकास र विस्तारका लागि सरकार, शैक्षिक संस्था र नागरिक समाजबीच दीर्घकालीन सहकार्य आवश्यक रहेको बताएका थिए ।
 

इभेन्ट

स्किल स्पार्क च्याम्पियनशीपमा सहभागी हुन पाउने समय थप, कसरी हुने सहभागी ?

आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ मा सहभागी हुन पाउने समय थप गरे…

डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न, डिजिटल मधेशको आगामी रणनीति बनाउन सहयोगी हुने

मधेश प्रदेशमा पहिलो पटक आयोजना भएको डिजिटल मधेश कन्क्लेभ २०२५ सम्पन्न भएको छ । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालय, आइ…

वैशाख ३१ गते डिजिटल मधेश कन्क्लेभ हुँदै, ६ बढी सेसनमा ३० बढी विज्ञ वक्ताहरु सहभागी हुने

यही वैशाख ३१ गते बुधवार मधेश प्रदेशमा ‘डिजिटल मधेश कन्क्लेभ २०२५’ आयोजना हुने भएको छ । मधेश प्रदेशको गृह, सञ्चार…

डिजिटल ट्यालेन्टका लागि हुवावेको ‘सिड्स फर द फ्युचर, २०२५’को आवेदन खुला

हुवावेले विश्वव्यापी रुपमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएको फ्लागसिप कार्यक्रम ‘सिड्स फर द फ्युचर, २०२५…

काठमाडौंमा डेभकन २०२५ आयोजना हुँदै, एआई र डेटाको विषयमा छलफल हुने

वैशाख २५ गते काठमाडौंमा डेभकन २०२५ कार्यक्रम आयोजना हुने भएको छ । नयाँ वानेश्वरको अल्फा हाउसमा हुने कार्यक्रममा अन्तर्राष्ट्रिय व…

उबुन्टु नेपाल र सीएसआरआईबीच उबु-कन एशिया २०२५ का लागि रणनीतिक साझेदारी

नेपालमा ओपन-सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु नेपाल र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र बी…

साउनमा काठमाडौंमा युबुकन एसिया २०२५ हुँदै, कसरी हुने सहभागी ?

आगामी साउनमा काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनहरू मध्यको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भ…

स्किल स्पार्क च्याम्पियनशीप हुँदै, ३ मिनेटसम्मको भिडियो बनाएर ५० हजार जित्ने मौका

आईटी ट्रेनिङ प्रदान गर्दै आएको संस्था स्किल स्पार्कले ‘स्किल स्पार्क च्याम्पियनशीप २०२५’ आयोजना गर्ने भएको छ । 

…

टेक पीक नेपाल: ओर्लान्डो २०२५ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) ले अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को सहकार्यमा ‘टेक पीक नेपालः ओर्लान्डो…

वैशाख ५ र ६ गते सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुँदै

वैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ । कर्णाली प्रदेश स…

एआई, कोडिङ र रोबोटिक्स प्रतियोगिता कोडेभर सम्पन्न, शीर्ष २० कतारमा सहभागी हुन पाउने

राष्ट्रियस्तरको प्रतियोगिता कोडेभर ६.० सम्पन्न भएको छ । नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक वि…

सातौँ संस्करणको ‘डिडब्लुआईटी जब फेयर’ सम्पन्न

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डीडब्लुआईटी) ले सातौँ संस्करणको ‘डिडब्लुआईटी जब फेयर’ आयोजना गरेको छ । फागुन २…

एडब्ल्यूएस वुमन समिट सम्पन्न

एडब्ल्यूएस युज ग्रुप वुमन इन टेक नेपालले एडब्ल्यूएस वुमन समिट नेपाल २०२५ सम्पन्न भएको छ । प्रविधि क्षेत्रका प्रोफेसनल, नेतृत्वकर्ता …

ग्लोबल आइएमई बैंकले एआई/एमएल ह्याकाथन गर्दै, कसरी हुने सहभागी ?

ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याका…

फ्युजमेसिन्सले खुलायो एआई फेलोशिपको आवेदन, छनौट हुनेलाई पूर्ण छात्रवृत्ति

एआईको क्षेत्रमा उत्कृष्ट काम गरिरहेको कम्पनी फ्युजमेसिन्सले एआई फेलोशिप २०२५ को आवेदन खुला गरेको छ । एआई र डेटा साइन्समा काम गर्…