कीवर्डहरू -

इभेन्ट

कोड फर चेञ्जले राष्ट्रियस्तरको ह्याकाथन आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

विगत ६  वर्षदेखि विभिन्न किसिमका कार्यक्रमहरूको माध्यमबाट प्रविधिको क्षेत्रमा योगदान पुर्याउंदै आएको कोड फर चेन्जले गत वर्ष झैं यस वर्ष पनि राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने भएको छ ।

स्थापनाकाल देखिनै यसले देशमा प्रविधिको विषय पढ्दै आएका विधार्थीहरुलाई विभिन्न वर्कसप, वेबिनार तथा ह्यकाथोनहरु गर्दै व्यक्तिगत तथा व्यावसायिक सिप वृद्धिमा सहयोग पुर्याउंदै आइरहेको छ ।

वर्षे पिच्छे फेरिने यसको नेतृत्व र कार्यकारी टिमले सधैँ केही नयाँ र उपयोगी काम गरिरहेका हुन्छन् भने फरक किसिमका कार्यक्रमको माध्यमबाट गैर प्राविधिक मानिसहरूलाई समेत देशको कुना काप्चामा पुगेर प्रविधिको ज्ञान बाँडिरहेका हुन्छन् ।

गत वर्षको कोडफेस्टमा विधार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको र केही हदसम्म यसको योजनाले पनि सार्थकता पाएको कुरालाई आत्मसाथ गर्दै यस वर्ष अझ सुधार गरेर राष्ट्रिय स्तरको ह्याकाथन आयोजना गर्ने योजना बनाइरहेको छ । कोडफेस्ट नेपालमा हुने सबैभन्दा ठुलो आईटी ह्यकाथोन हो, जसले आइटीका विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक अनुप्रयोगहरू प्रदर्शन गर्न र त्यसका लागि एक्सपोजर अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।

कोडफेस्ट २०२३ ले समाजमा सकारात्मक प्रभावहरू सुनिश्चित गर्न समाजका विभिन्न ठाउँमा रहेका समस्याको उजागर गर्दै समाधानको उपाए निकाल्न कोसिस गर्नेछ । उक्त कार्यक्रम ७  दिगो विकासका लक्ष्यहरू (SDGs) वरिपरि केन्द्रित चुनौतीहरूसँग रहने जानकारी गराइएको छ।

दिगो विकासका लक्ष्यहरु मध्ये ३, ४, ५, ९, ११, १३ र १६ नम्बर बुँदाहरुमा आधारित भएर उक्त सात थिममा परियोजना छनौट हुने आयोजक संस्था कोड फर चेञ्जका परियोजना प्रमुख कृष्ण प्रसाद पोख्रेलले जानकारी दिए ।

यस पटक गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड स्ट्रङ इन्स्टिच्युसनमा आधारित रहेर समस्या समाधान गर्ने खालको परियोजना छनौट गरिने छ । प्रोजेक्ट छनौट भएपछि बीचमा प्रतिष्पर्धा गराई उत्कृष्ट टीमहरुलाई विशेष पुरस्कारसहित विभिन्न ठाउंहरुमा अवसर प्रदान गरिने छ ।

कोडफेस्ट २०२३ को विजेता टिमले ५० हजार नदसहित अन्य थप पुरस्कार पाउने छ भने फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार रूपैयाँ नगदसहित थप पुरस्कार पाउने छन् ।

साथै टप ३ टिमले निःशुल्क होस्टिङ प्राप्त गर्नेछन भने सहभागी सबै टिमलाई होस्टिङ सेवामा ३० प्रतिशत छुट दिइनेछ । राम्रो Idea  लाई startup को लागि पनि आवश्यक प्रबन्ध मिलाइनेछ।

कोडफेस्ट ह्याकाथनको प्रारम्भिक तयारी शुरु भई दर्ता प्रक्रिया सम्म अगाडि बढिसकेको छ भने यसमा सबै किसिमका विद्यार्थीहरुले आफ्नो टिम बनाएर दर्ता गराउन सक्नेछ । एउटा टिममा कम्तीमा २ जना र बढीमा ४ जना सहभागी हुन पाउनेछन । सहभागीहरु नेपालको जुनसुकै कलेजमा पनि ब्याचलर अध्ययन गरिरहेको हुनु पर्नेछ ।

टिम दर्ता शुल्क प्रति टिम २ हजार रूपैयाँ रहेको छ भने टिम काठमाडौ आइसकेपछि ह्याकाथन अवधिमा  सम्पूर्ण सहभागीहरुको खाना र बस्ने व्यवस्था आयोजकले नै गर्नेछ ।

उक्त ह्याकाथन नेपालका सातै वटा प्रदेशहरुमा सेप्टेम्बरको २१ देखि २८ सम्म गराइनेछ भने प्रदेशबाट छानिएर आएका ७ टिमको प्रतिष्पर्धा भने देशको राजधानी काठमाण्डौमा अक्टोबर ६, ७ र ८ मा आयोजना हुने योजना बनाइएको छ । इच्छुक विधार्थीहरुले यहाँ क्लिक गरि आजै आफ्नो टिम दर्ता गराउन सक्नुहुनेछ ।

इभेन्ट

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आयोजना भएको एकदिने सेमिनार सम्पन्न

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आयोजना भएको एक दिने सेमिनार सम्प…

आज सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुँदै

शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुने भएको छ । सगरमाथा …

सिमलेस एसिया कन्फेरेन्समा नेपालबाट सहभागी हुँदै लोजिका बिन्स

एफ वान सफ्ट ग्रुप अन्तर्गतको सफ्टवेयर विकास गर्ने कम्पनी लोजिकाबिन्स सिमलेस एसिया २०२…

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई ७ दिने वर्कशप, निशुल्क सहभागी हुन सकिने

सफ्टवेरिका कलेज अफ आइटी एण्ड इकमर्शले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू ल…

धुलिखेलमा दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ ।

व…

एडीबी ह्याकाथन सम्पन्न, को-को भए विजेता ?

एक्सिलेरेटिङ स्यानिटेसन फर अल इन एसिया एण्ड द प्यासिफिकको एक हिस्साको रूपमा आयोजना…

काठमाडौं विश्वविद्यालयमा कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स सम्पन्न

शुक्रबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजना भएको कम्युनिकेसन एण्ड इन्फर्मेसन प्र…

हेटौंडामा चैत २ गतेदेखि क्यान इन्फोटेक, पब्जी प्रतियोगिता र आइसिटी सेमिनार पनि हुने

बागमती प्रदेशको राजधानी हेटौंडामा चैत २ गतेदेखि आईकन सफ्ट क्यान इन्फोटेक सुरू हुन…

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सम्पन्न, छनोट भएका १० जना शिक्षकलाई थाइल्याण्ड गएर थप सिक्ने अवसर

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री ट…

सीजी मेरिडिया प्रिमियम वासिङ मेसिन नेपालमा

सिजिको ‘सिजि मेरिडिया’ प्रिमियम वासिङ मेसिन बजारमा आएको छ । सिजि मेरिडिया वाशि…

के तपाई रियलमी स्मार्टफोन किन्दै हुनुहुन्छ ? यस्ता छन् उपलब्ध मोबाइल र फिचर

अहिले स्मार्टफोनको माग आकाशिएको छ । हरेक महिना दर्जनौ नयाँ मोडलका स्मार्टफोनहरु आइ…

१३ वर्ष मुनिका बालबालिकालाई विज्ञापन नभएको नयाँ इन्स्टाग्राम 

फेसबुकले तेह्र वर्ष मुनिका बालबालिकालाई भनेर छुट्टै इन्सटाग्राम ल्याउने भएको छ । उसले ‘किड भर्सन’ भन्दै नयाँ इस्टा ल्य…

भिभो वाई १२ एसको प्रि–बुकिङ अफर, छुटका साथै वाई १२ एस जित्ने मौका

भिभो नेपालले वाई १२एस को लञ्चको अवसरमा आफ्ना ग्राहकहरुको लागि प्रि–बुकिङ्ग स्किम ल्य…

आइफोन र आइप्याडका लागी एप्पलले ल्यायो आईओएस १४.४ अपडेट, यस्ता छन् नयाँ फिचर

एप्पलले आइफोन र आइप्याड प्रयोगकर्ताका लागी आईओएस १४.४ अपडेट ल्याएको छ । नयाँ अपडेट…