कीवर्डहरू -

इभेन्ट

पुस २३ र २४ गते प्राइम कलेजमा आईसीटी मिटअप हुँदै, यस्ता छन् आकर्षण

आगामी पुस २३ र २४ गते प्राइम आईटी क्लबले प्राइम कलेजमा आईसीटी मिटअप ७.० आयोजना गर्ने भएको छ । २ दिनसम्म चल्ने आईसीटी मिटअपमा सेमिनार, वर्कशप, प्रतियोगिता, प्रोजेक्ट प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन हुनेछन् । 

आईसीटी अध्ययन गरिरहेका विद्यार्थीलाई प्रोत्साहन गर्न र ज्ञान आदान प्रदान तथा नयाँ नयाँ सीप विकास गर्न प्राइम आईटी क्लबले हरेक वर्ष आईसीटी मिटअप आयोजना गर्दै आएको छ । 
पुस २३ गते बिहान ९ बजेबाट सुरू हुने आईसीटी मिटअपको थिम ‘एआई इन्नोभेसनः स्कल्पटिङ अ स्मार्ट टुमोरा’ रहेको छ ।  

आईसीटी मिटअप अन्तर्गत कम्प्युटर भिजन, नेचुरल ल्याङ्वेज प्रोसेसिङ, प्रम्प्ट इन्जिनियरिङ र डेटा साइन्सको विषयमा वर्कशपमा सञ्चालन हुनेछन् । पुस २३ गते प्रम्प्ट इन्जिनियरिङ र कम्प्युटर भिजन सम्बन्धि वर्कशप हुनेछ भने नेचुरल ल्याङ्वेज प्रोसेसिङ, र डेटा साइन्सको पुस २४ गते सञ्चालन हुनेछ । 

यसैगरी रिसर्च पेपर रिडिङ, एआई इन फाइनान्स र स्कोप अफ गेम डेभलपमेन्ट इन नेपाल विषयमा सेसन समेत हुनेछ । रिसर्च पेपर सम्बन्धि सेसन पुस २३ गते हुनेछ । यस बाहेक आईडियाथन, प्रोजेक्ट डेमो, भ्यालोरेन्ट, ग्राफिक डिजाइन र फोटोग्राफीमा प्रतियोगिता समेत आयोजना हुनेछ ।

null

मिटअपमा फुड स्टल, गेम स्टल र आईसीटी नाइट जस्ता गतिविधि समेत हुनेछन् । आईसीटी मिटअपका ग्राफिक डिजाइनिङ प्रतियोगितामा सहभागी हुन १५० रूपैयाँ दर्ता शुल्क लाग्ने छ । यसको पुरस्कारमा १५ सय क्यास र १५ हजार बराबरको गिफ्ट सुविधा रहेको छ ।

आईडियाथनको लागि २ हजार दर्ता शुल्क तोकिएको छ । यसमा १५ हजार नगद, प्रोग्रामिजको वार्षिक प्याकेज, ३ हजार बराबरको गिफ्ट र २ हजार बराबरको ल्यापटप स्ट्याण्ड प्राइज पुल रहेको छ । 

यस्तै ई-स्पोर्ट्स गेम भ्यालोरेन्टको दर्ता शुल्क १५०० रूपैयाँ रहेको छ । यसको प्राइज पुल ३२ हजार रूपैयाँ रहेको छ, जसमा १५ हजार क्यास प्राइज र १७ हजार बराबरको गिफ्ट ह्याम्पर रहेको छ । 

यस्तै प्रोजेक्ट डेमोन्सट्रेसनको प्राइज पुल १५ हजार बराबरको गिफ्ट र वेब होस्टिङ रहेको छ । यस बाहेक फोटोग्राफी प्रतियोगितमा पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । 

यदी तपाई पनि आईसीटी मिटअपका वर्कशप, सेमिनार, प्यानल डिस्कसन आईडियाथन, प्रोजेक्ट डेमो, भ्यालोरेन्ट प्रतियोगिता तथा अन्य प्रतियोगितामा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् । 

यस वर्ष आईसीटी मिटअपलाई ब्याकसिट गेमिङ, दूरशिक्षा, अथर, चुकुल, हाम्रो पात्रो, गल्ली म्याप्स, प्रोग्रामिज, एयुजी ट्रेडर्स, कोको अफायर, कोहना, स्मार्ट चेली, कोड फर चेन्ज, फ्युज मसिन लगायतका संस्थाको सहयोग तथा सहकार्य रहेको छ । 
 

इभेन्ट

भोलिदेखि भिरिञ्ची कलेजमा आईसीटी मेला, मानवीय रोबोटदेखि आईओटीसम्मका प्रोजेक्ट प्रदर्शनीमा

भिरिञ्ची कलेजले पुस १२ गतेदेखि १४ गतेसम्म आईसीटी मेला ४.० आयोजना गर्न…

१ हजार बढीको सहभागीतामा वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुँदै

वर्डक्याम्प नेपालको छैठौँ संस्करण आगामी जनवरी १२ र १३ (पुस २७ र २८ गते) मा पोखराको विरौटास्थित होटल पोखरा ग्रान्डमा आयोजना हुन…

वित्तीय सुपर एप मनिमित्रले पायो हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ वित्तीय सुपर एप मनिमित्रले प्राप्त गर्न सफल भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजन…

यार्सा टेकलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ प्रदान

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३ यार्सा टेकलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्…

क्विक आरपीएलाई प्रडक्ट आइसिटी अवार्ड २०२३ प्रदान

क्विक आरपीएले प्रडक्ट आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशि…

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिट…

भुटानको पहिलो ओटीटी प्लेटफर्म समूहले प्राप्त गर्यो साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३


भुटानको स्टार्टअप कम्पनी समूह मिडियाटेकले साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२३ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंम…

नेप्सेले पायो डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२३ नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोज…

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित

डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ बाट तिलगंगा आँखा प्रतिष्ठान सम्मानित भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्र…

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आय…

अध्ययन स्कुलले प्राप्त गर्यो डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३ अध्ययन स्कुलले प्राप्त गरेको छ । 
शुक्रबार द सोल्टी काठमाडौंमा आ…

सात प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसनबाट सम्मानित

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई आईएफएन (आईसीटी फाउन्डेसन नेपाल) प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ प्रदान गरिएको छ ।…

पायोनियर आइसिटी अवार्ड २०२३ बालकृष्ण जोशीलाई प्रदान

पायोनियर आइसिटी अवार्ड २०२३ बाट बालकृष्ण जोशीले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२…

इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरे प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरेका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अप…

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २…