कीवर्डहरू -

इभेन्ट

गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्दै डब्लूआईआइटी

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको छ । महिला तथा किशोरीहरुलाई प्राविधिक शिक्षा तथा प्रविधि क्षेत्रमा रुचि बढाउने उद्देश्यका साथ डब्लूआइआइटीले प्रभातफेरि र कन्फेरेन्स आयोजना गर्ने भएको हो ।

डब्लूआइआइटीले आगामी वैशाख १३ गते विभिन्न ठाउँमा प्रभातफेरि अर्थात वाकाथन गर्नेछ । यो प्रभात फेरि मध्यपुर ठिमीको वडा ४, ५ र ६ वरीपरि सञ्चालन हुुनेछ । विहान ६ः५० देखि सुुरु हुने वाकाथन मध्यपुर ठिमीको आदर्श माध्यमिक विद्यालय देखि सुरु हुनेछ । अप्रिल २६ अर्थात वैशाख १४ मा डब्लूआइआइटीले एजुकेट हर शी क्यान लिड विषयमा कन्फेरेन्स सञ्चालन गर्ने भएको छ ।

बिहान ११ बजे देखि सुरु हुने कन्फेरेन्स मध्यपुर ठिमीको मध्यपुर बैंक्वेटमा सञ्चालन हुनेछ । यस कन्फेरेन्समा प्रमुख अतिथिको रुपमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी मन्त्री भगबती चौधरी रहेकी छिन् ।

यसैगरी अतिथिको रुपमा मध्यपुर थिमि नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ पनि कार्यक्रममा उपस्थित हुनेछन् । कन्फेरेन्समा प्रस्तुती पनि रहेका छन् । प्राविधिक नेतृत्वको यात्रा विषयमा एनसेलकी सीटीओ लेना केशरी कंसारले प्रस्तुती दिने छिन् भने आइसिटीमा महिलाको चुनौती र अवसरहरूः नयाँ पुस्ताको यात्रा विषयमा सिएसआईटी एसोसिएसन अफ नेपालकी पूर्व अध्यक्ष रोजिना डाँगीले प्रस्तुती दिने छिन् । 

यसैगरी यूएस एड इक्वीटी एण्ड इन्क्लुजन इन एजुकेशन, प्लान इन्टरनेशनलकी पार्टी प्रमुख, सजना अमात्य कार्यक्रममा वक्ताको रुपमा रहेकी छिन् ।

इभेन्ट

स्टार्टअपसहित ७ विधामा नेसनल आईसीटी अवार्ड प्रदान गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) प्रदान गर्ने भएको छ । <…

बुटवलमा कामना सेवा विकास बैंकको डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विक २०२४ को उपलक्ष्यमा शनिबार बुटवलका उद्योगी व्यापारीहरूलाई लक्षित गरि डिजिटल…

नेपालकै ठुलाे हाेली विशेष इभेन्ट दरबारमार्गमा हुँदै

काठ्माण्डाैंकाे दरबार मार्गमा फागुन ११ गते आर्बिटरी इभेन्टकाे आयाेजनामा नेपालकै पहिलाे र भब्य हाेली पून्ही फेस्टिभल हुने भएकाे छ । यूनेस्काे तथा दरबारमार्ग …

बुटवलमा राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ हुँदै, पुरस्कार राशी ७० हजार

सीएसआईटी एशोशिएसन अफ बुटवल मल्टिपल क्याम्पसले राष्ट्रियस्तरको ह्याकाथन ‘ग्रेकाथन’ गर्ने भएको छ । आगामी चैत २५ र २६ गते बुटवलमा २४ घण्ट…

बिहीबारदेखि नेपालमा पहिलो पटक ‘सहकारी डिजिटल कन्क्लेभ’ हुँदै

राष्ट्रिय सहकारी महासंघको आयोजनामा यही चैत १ र २ गते याक एण्ड यति होटलमा हुने ‘प्रथम सहकारी डिजिलट कन्क्लेभ’को तय…

काठमाडौं विश्वविद्यालयमा आयोजना भएको ईपेक्स मेला सम्पन्न, २ हजार बढीले गरे अवलोकन

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने ईपेक्स मेला यस वर्ष पनि आयोजना गरेको छ ।&nb…

काठमाडौं विश्वविद्यालय हल्ट प्राइजको ग्राण्ड फिनाले सम्पन्न

काठमाडौं विश्वविद्यालय हल्ट प्राइज सम्पन्न भएको छ । क्यानेडियन स्टडी सेन्टरद्वारा प्रायोजित काठमाडौं विश्वविद्यालय हल्ट प्राइज प्रतियोग…

१४ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ २०२४’ सम्पन्न

फागुन १८ र १९ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजना भएको डिजिटल कर्णाली कन्क्लेभ २०२४ सम्पन्न भएको छ । १४ बुँदे प्रतिबद्धतापत्र जारी…

कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केइसी लाइट २०२४’ सम्पन्न

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना भएको छ । फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज …

नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले केयूमा २ दिने ‘आविष्कार २४’ आयोजना हुँदै

काठमाडौं विश्वविद्यालय रोबोटिक्स क्लब (KURC) ले रोबोटिक्स क्षेत्रमा भएका नयाँ प्रगतिहरूबारे विद्यार्थी र पेशाकर्मीहरूका बीचमा नवप्र…

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन बीपीसी ह्याकफेस्ट आयोजना

मधेश प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको ह्याकाथन आयोजना भएको छ । वीरगञ्ज पब्लिक कलेजले मधेश प्रदेशमा पहिलो पटक ‘बीपीसी ह्य…

लुम्बिनी प्रदेशमा फागुन १३ गते टेक कन्क्लेभ आयोजना हुँदै

लुम्बिनी प्रदेशमा टेक कन्कलेभ आयोजना हुने भएको छ । प्रविधिको क्षेत्रमा काम गर्दै आएको गैर- नाफामुलक संस्था कोड फर चेन्जले लुम्बिन…

निमा एजुकेसनको राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता कोडेभर सम्पन्न

निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रत…

युनाइटेड एकेडेमीले रोबो फेस्ट आयोजना गर्दै

युनाइटेड एकेडेमीले युनाइटेड रोबो फेस्ट २.० आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एक…