इभेन्ट
भीभोले नेपालमा वाई सिरिजका नयाँ स्मार्टफोनहरु लन्च गर्ने, वाई ९१ आई, वाई ९१ र वाई ९५ आउँदै
काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यही जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउने छ । भीभोको वाई सिरिजमा वाई ९१ आई वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।
कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली ब्याट्री प्याक राखिएको छ । भीभोले यी फोनहरुको स्लोगन बिगर ब्याट्री, मोर फन राखेको छ ।
भीभोका सन् २०१९ को शुरुवातमा नै आउने स्मार्टफोनहरुमा ठूलो साइजको स्क्रीन हुनेछ भने ड्यूल रियर क्यामरा पनि राखिनेछ । भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा पनि छ ।
यो स्मार्टफोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर पनि राखिएको छ । यी दुबै स्मार्टफोनहरु वाटरड्रप नोच डिजाइनमा आउनेछन् । भीभो वाई ९१ आई मा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ ।
हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको यो स्मार्टफोन एन्ड्रोयड ८.१ मा आधारि फनटच ४.५ ओएसमा संचालन हुन्छ । त्यसैगरि वाई ९१ स्मार्टफोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने यसमा पनि ४०३० एमएएचको ब्याट्री प्याक राखिएको छ । यसमा पनि हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको छ ।
वाई ९१ आईमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज हुनेछ भने वाई ९१ स्मार्टफोनमा २ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । यी दुबै स्मार्टफोनहरुको स्टोरेज माइक्रो एसडी कार्डद्धारा बढाउन सकिनेछ । यी दुई स्मार्टफोनहरुको मूल्य कति हुन्छ भन्ने अझै स्पष्ट भईरहेको छैन् ।
तर नेपाली बजारमा वाई ९१ को मूल्य २५ हजार रुपैयाँ भन्दा तल नै हुने तथा वाई ९१ आईको बजार मूल्य २० हजार रुपैयाँ भन्दा कम नै हुने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा यी स्मार्टफोनहरु ओसियन ब्लू र स्टेरी ब्ल्याक कलर अप्सनमा आउनसक्नेछन् ।
भीभोले अर्को स्मार्टफोन पनि बजारमा ल्याउने तयारी गरेको छ जून वाई ९१ आई र वाई ९१ भन्दा माथिल्लो रेन्जको स्मार्ट फोन हो । यो स्मार्टफोनमा पनि वाई ९१ को जस्तै स्पेसिफिकेसनहरु रहेका छन् ।
तर यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर राखिनुका साथै ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । । यो स्मार्टफोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । वाई ९५ स्मार्टफोनको मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।
इभेन्ट
नेपाली परम्परा झल्काउने नेपाली स्टिकर अब हाम्रो नेपाली किबोडमा
२०१९ अंग्रेजी नयाँ वर्षको अवसरमा पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण गुगल प्ले…
ओपोको सुपर भोक चार्जिङ प्रविधि \'ओपो आर१७ प्रो\' मा
काठमाडौं । अत्याधुनिक प्रविधिको आजको यूगमा पनि ब्याट्री सम्बन्धि समस्याले स्मार्टफोन प्रयोगकर्ताहरुलाई उत्तिकै पिरोल्ने गरेको …
सुपर कम्प्युटर अब आइटी पार्कमा
बनेपा । काठमाडौं विश्वविद्यालय (केयू) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएको छ । यसबाट नेपाल पनि सुपर कम्युटर युगमा प्रवेश गरेको गरे…
नोकिया स्मार्टफोनहरुको विशेषता र मूल्य सुची
काठमाडौं । नेपालको बजारमा रसियन कम्पनी क्यास्परस्की ल्याबका एन्टिभाआइरस प्रडक्टको आधिकारिक विस्तार भएको १० वर्ष पुरा भएको छ…
सामसुङको नयाँ ग्यालेक्सी वाच
सामसुङले ग्यालेक्सी नोट ९ सँग ग्यालेक्सी वाच पनि बजारमा ल्याएको छ । यसमा अन्य ग्यालेक्सी वाच भन्दा राम्रो ब्याट्रि रहेको छ । यसको विशेषता वारलेस चार्जर र एलट…
सामसङ्गका फोरके टेलिभिजनहरुमा छुट अफर
नेपालको लागि सामसङ्गको आधिकारिक वितरक हिम इलोक्ट्रोनिक्स प्रालिले बजारमा नयाँ फोर के टिलिभिजनहरु उपलब्ध गराएको छ ।
विश्वकप २०१८ चलिरहेसँगै सर्…