कीवर्डहरू -

इभेन्ट

मेईजुका तीन नयाँ स्मार्टफोनहरु अब नेपाली बजारमा

मेईजु ब्राण्डका नयाँ लागेता पनि यो ब्राण्डका मोबाइलहरु २०१६ मा नै नेपालमा भित्रिएको हो । र बिचमा यसको बिक्रि वितरण बन्द भएको थियो र पुरानो वितरकले फोनको बिक्रि वितरण छोडे पछि अहिले चौधरी ग्रुप (सीजी) मेईजु फोनको नेपालको लागि आधिकारिक बिक्रेता भएको छ ।

सिजी ग्रुपले आधिकारिक बिक्रेताको जिम्मेवारी लिए सँगै मेजु स्मार्ट फोनका मेईजु प्रो ७, एम ६ तथा एम ५ एस गरि तीनवटा सेटहरु नेपाली बजारमा बिक्रीका लागि ल्याएको छ ।

सीजीले सार्बजनिक गरेको मेईजुको प्रो ७ मा ५.२" को फुल एचडी डिस्प्ले रहेको छ । यसमा ४ जीबी र्याम,६४ जीबी रोम रहेको छ । यसका साथै सोनीको १२ एमपी को रियर डुअल क्यामेरा समेत यसमा रहेको छ ।

मेईजुको यो फोनमा ३००० एमएएच ब्याट्री रहेको छ र यसको नेपाली मूल्य रु ४७ हजार ४ सय ९९ रहेको छ ।

त्यस्तै मेईजुले अर्को मोडेल एम ६ सार्वजनिक गरेको छ । जसको मूल्य रु १८ हजार ७ सय ९९ रहेको छ । यसमा भने ३ जीबी र्याम, ३२ जीबी रोम रहेको छ । ५.२ इन्च डिस्प्ले भएको यो फोनमा सोनीको १३ एमपीको रियर र ८ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।

डुअल नानो सिम सपोर्ट गर्ने यो फोनमा ३०७० एमएएचको ब्याट्री प्याक भएर आएको छ । बजेट थोरै भएका प्रयोगकर्ताहरुका लागि यो फोन राम्रो विकल्प हुन सक्छ ।

सिजीले प्रो ७, एम ६ सँगै मेईजुको अर्को स्मार्टफोन एम ५ एस मोडेल सार्बजनिक गरेको छ । यो भने ३२ जीबी र १६ जीबी गरेर दुइवटा संस्करणमा उपलब्ध रहेको छ । ३२ जीबीको मूल्य रु १९ हजार ४ सय ९९ तोकिएको छ भने १६ जीबीको मूल्य रु १८ हजार १ सय ९९ तोकिएको छ ।

मेईजुको यो सेटमा पनि ५.२ इन्चकै डिस्प्ले रहेको छ । ३ जीबी र्याम,१६/३२ जीबी रोम यसमा रहेको छ । ३००० एमएएचको ब्याट्रीको प्रयोग भएको यो फोनमा १३ एमपीको रियर र ५ एमपी को फ्रन्ट क्यामेरा रहेको छ । यो ह्यान्डसेट पनि थोरै बजेट हुने उपभोक्ताहरुका लागि राम्रो विकल्प हुन् सक्छ ।

इभेन्ट

शावमिको नयाँ मोडेल मि मिक्स २ अब चाँडै नेपाली बजारमा

अघिल्लो बर्ष सार्बजनिक भएको शावमिको बेजेल लेस स्मार्टफोन मि …

आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट

यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले  मा पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपमा उभ्…

ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३

ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको …