कीवर्डहरू -

अध्ययन स्कुलले प्राप्त गर्यो डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३

अध्ययन स्कुलले प्राप्त गर्यो डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३

डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३ अध्ययन स्कुलले प्राप्त गरेको छ । 
शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा काठमाडौंको अध्ययन स्कुललाई डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो । 

सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका निजी क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यसतर्फ यो वर्ष अध्ययन स्कुल सम्मानित भएको हो । 

सन् २००६ मा स्थापना भएको विद्यालय हो, अध्ययन स्कुल । काठमाडौंको सामाखुसी रहेको अध्ययन स्कुलले मुख्यतः डिजिटल शिक्षामा जोड दिएको छ । 

डिजिटल शिक्षाका लागि अहिलेसम्म विद्यालयले २ करोड लगानी गरिसकेको छ । सिकाइलाई प्रभावकारी बनाउन अध्ययन स्कुलमा ७२ वटा ल्यापटप, २० वटा कम्प्युटर, १० वटा ट्याबलेट र १९ वटा प्रोजेक्टर रहेका छन् । 

यस बाहेक ६ वटा प्रिन्टर, ३० वटा सीसीटिभी, ४ वटा स्वीचेच, डेडिकेटेड इन्टरनेट लाइनसहित १० वटा वाईफाई राउटर डिभाइस रहेका छन् । 

स्कुलले सफ्टवेयर र एपमा गूगल एजुकेसन स्विट र वेद प्रयोग गर्दै आएको छ । प्रविधिसहितको बेलेन्डेड र पर्सनलाइज्ड सिकाइमा विश्वास गर्ने स्कुलले डिजिटल सिकाइ स्रोतको रूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ओपन सोर्स प्लेटफर्म उपयोगमा ल्याएको छ । 

कक्षा १ देखि १२ सम्मको पाठ्यक्रममा कोडिङको व्यवस्था गरेको अध्ययनले कोड डट ओआरीसँग सहकार्य समेत गरेको छ । क्यालिफोर्नियाको डिटेक हाई स्कुलको ग्लोबल पार्टनर रहेको अध्ययन स्कुल अमेरिकामा आधारित एजुकेटर र इन्नोभेटरको कम्प्युनिटी ट्रान्सजेन्डको सदस्य समेत हो । 

यस बाहेक स्कुलले प्रत्येक टर्ममा शिक्षक, विद्यार्थी र अभिभावकका लागि ‘अनलाइन डे’ अनिवार्य रूपमा होस्ट गर्दै आएको छ भने विद्यार्थीहरूले वार्षिक रूपमा डिजाइन थिंकिङका साथै एक्जिबिसन समेत गर्दै आका छन् ।