इभेन्ट
शावमि मि ए १ ले अब पाउन थाल्यो एन्ड्रोइड ८.० ओरियो अपडेट
शावमि मि ए १ गत बर्ष एन्ड्रोइड ७.१.२ नोगात भर्जन सहित सार्बजनिक गरिएको थियो । केहि समयको पर्खाइ पछि अन्ततः यो स्मार्टफोनले पनि एन्ड्रोइड ८.० ओरियो अपडेट अपडेट पाउन शुरु गरेको छ । स्मार्टफोन कम्पनि शावमिले फोन लन्च क्रममा २०१७ को अन्त्यतिर मि ए १ मा ओरियो अपडेट दिने बचन दिएको थियो । नयाँ एन्ड्रोइड भर्जन ओभर द एयर अपडेट द्वारा रोल आउट गराईरहेको छ ।
शावमि मि ए १को एन्ड्रोइड ८.० ओरियो अपडेटमा पिक्चर इन पिक्चर मुड,नयाँ नोटिफिकेसन डट ,ब्याग्राउन्ड लिमिट तथा अटो फिल र स्मार्ट टेक्स्ट सेलेक्सन उपलब्ध छ । यसवाहेक शावमिले अडाप्टिव आइकन एप तथा ज्यादै छिटो बुट हुने अनुभव जस्ता कुराहरुमा पनि सुधार गरेको छ । त्यस्तै शावमि मि ए१ स्मार्टफोन मि सिरिजमा ओरियो अपडेट पाउने पहिलो स्मार्टफोन हो ।
शावमि मि ए१ बजेट फोन भएका कारण आकर्षक विकल्प बनेको छ । यो स्मार्टफोनमा ५.५ इन्चको फुल-एचडी डिस्प्ले रहेको छ । त्यस्तै यसमा २.५ डी कोर्निंग गोरिल्ला ग्लास प्रोटेक्सन रहेको छ । ओक्टाकोर क्वाल्कम स्नाप ड्रागन ६२५ प्रोसेसर रहेको यो फोन हाइब्रिड डुअल सिम डिजाइनको साथमा उपलब्ध छ । साथै क्यामेराको कुरा गर्दा यो फोनमा १२ एमपीको रियर तथा ५ एमपीको फ्रन्ट क्यामेरा रहेको छ ।
यो स्मार्टफोन ४ जी भीओएलटिई,वाईफाई, ब्लुटुथ तथा ३.५ एमएम अडियो ज्याक सहित उपलब्ध छ । त्यस्तै यो स्मार्टफोनमा ब्याट्री क्षमता भने ३०८० एमएएच रहेको छ ।शावमि मि ए १ मा एक्सेलेरोमिटर,एम्बीएन्ट लाइट सेन्सर,जायरो तथा प्रोक्सीमिटि सेन्सर पनि दिईएको छ ।
इभेन्ट
सामसङले अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा
केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै&nbs…
अनरले सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'
हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्य…
सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस
सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन ग्यालेक्सी ए ८ (२०१८ ) र ग्यालेक्सी ए ८ प्लस (२०१८ ) लन्च गरेको छ ।नयाँ सामसङ…
शाओमीको एमआइ ए१ अब नेपाली बजारमा
नेपाली बजारमा छोटो समयमानै आफ्नो छबि स्थापना गर्न सफल मोबाइल कम्पनि शाओमीले धेरै प्रकारका स्मार्टफोनहरु सार्बजनिक गरिरहेको छ ।उक्त क्रमलाई निरन्तरता दि…
शाओमिको \'एमआइ ४ के एक्सन क्यामेरा\' अब नेपाली बजारमा उपलब्ध
केहि समय अघि मात्र नेपाली बजारमा आफ्नो व्यापार शुरु गरेको शाओमी ब्रान्डले नेपाली बजारमा धेरै प्रकारका उपकरणहरु लन्च गरिसकेको छ ।यसैक्रममा शाओमीको ' एमआइ…
नेपाली स्मार्टफोन बजारमा आइभुमी मोबाइल
विश्वको ७ भन्दा बढि देशहरुमा आफ्नो उपस्थिति जनाइसकेको चाइनिज मोबाइल कम्पनी आइभुमिले नेपालमा पनि आफ्नो पाइला राखेको छ । नेपालको प्रसिद्द व्यापारिक घराना श…
ओपोद्वारा ६ जीबी र्यामको \'एफफाइभ रेड एडिशन\' सार्वजनिक
नेपाली बजारमा एफफाइभ सार्वजनिक गरी आफ्नो परिचय सेल्फी एक्स्पर्ट तथा लिडरका रुपमा स्थापित गरेको ओपोले एफफाइभ अन्तर्गत नै पूणः नयाँ मोडल ओपो एफफाइभ सिक्स जी…
विश्वकपको लागि भिभोले ल्यायो \'एक्स २० फिफा एडिसन\' स्मार्टफोन
केहि समय अघि मात्रै स्मार्टफोन कम्पनी भिभोले रसियामा २०१८ मा हुन लागिरहेको विश्वकप सहित २०२२ मा कतारमा हुने विश्वकपमा पनि फिफा संग अधिकारिक साझेदार …