कीवर्डहरू -

सिमलेस एसिया कन्फेरेन्समा नेपालबाट सहभागी हुँदै लोजिका बिन्स

सिमलेस एसिया कन्फेरेन्समा नेपालबाट सहभागी हुँदै लोजिका बिन्स

एफ वान सफ्ट ग्रुप अन्तर्गतको सफ्टवेयर विकास गर्ने कम्पनी लोजिकाबिन्स सिमलेस एसिया २०२३ कन्फेरेन्समा सहभागी हुने भएको छ । आउँदो जुन २७ देखि २८ सम्म सिंगापुरमा आयोजना हुने सिमलेस एशियामा लोजिका बिन्स सहभागी हुने भएको हो ।

एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले सिमलेस एशियामा सहभागी हुन पाउन महत्त्वपूर्ण कुरा भएको बताए ।

सन् २०१८ मा अन्वेषण तथा विकास र अध्ययन केन्द्रको रुपमा एफ वान सफ्ट ग्रुपले लोजिका बिन्सको स्थापना गरेको थियो । द्रुत गतिमा विकास भईरहेको प्राविधिक विकासको क्षेत्रमा अघि रहिरहन विभिन्न सुझावहरु तयार पार्ने उद्देश्यका साथ लोजिका बिन्सले काम गरिरहेको छ ।

सिमलेस एसियामा २५०० बढि सहभागी, २०० बढी प्रस्तोता र १५० बढी प्रायोजजक र प्रदर्शक रहेका छन् । यो कार्यक्रममा नेपालबाट सहभागी हुने लोजिका बिन्स एकमात्र कम्पनी हो । कार्यक्रममा लोजिकाबिन्सको विशेषज्ञताबारे प्रस्तुती पनि दिनेछ ।

यस कन्फेरेन्सले लोजिकाबिन्सलाई सम्भावित ग्राहकहरुसँग भेटने अवसरका साथसाथै नेपाललाई राम्रो सफ्टवेयर आउटसोर्स गन्तव्यको रुपमा चिनाउने मौका पनि दिने कम्पनीको भनाइ छ ।  लोजिका बिन्स सीईओ कैलाश श्रेष्ठले सिमलेस एशियामार्फत विश्व प्रविधिको क्षेत्रमा नेपाललाई चिनाउने मौका प्रदान भएको जानकारी दिए ।