कीवर्डहरू -

भिरिन्ची कलेजको टिमले जित्यो दुई वटा ह्याकाथन

भिरिन्ची कलेजको टिमले जित्यो दुई वटा ह्याकाथन

भिरिन्ची कलेज को टिमले दुई ओटा ह्याकाथन जित्न सफल भएको छ । कोड ब्रिस्क ह्याकाथन र टप सिक्रेट ह्याकाथनमा भिरिन्ची कलेजले जित हात पार्न सफल भएको हो ।

कोड ब्रिस्क ह्याकाथन २०२३ हेराल्ड डेभ क्रप्स र हेराल्ड कलेज काठमाडौँले आयोजना गरेको थियो भने टप सिक्रेट ह्याकाथन स्किल ल्याबसँगको सहकार्यमा सेक्युरिटी पालले आयोजना गरेको थियो ।

कोड ब्रिस्क ह्याकाथनमा भिरिन्ची कलेजको बिआइसिटी सातौँ सेमबाट राम तामाङ, चौथो सेमबाट साधना सापकोटा दोस्रो सेमबाट निश्चल तामाङ र सञ्जिव मगर सहभागी थिए । यो ह्याकाथन कालिन्चोकको कुरी गाँउमा आयोजना भएको थियो ।

भिरिन्ची कलेजका विद्यार्थीले कुरी गाँउमा स्मार्ट डस्टबिन राख्ने तथा इन्टेलिजेन्ट फोहोर व्यवस्थापन गर्ने आइओटी प्रोजेक्ट २४ घण्टामा तयार पारेको थियो । यसमा विजेता टिमले एक लाख नगद पुरस्कार पाएको थियो ।

टप सिक्रेट ह्याकाथनमा पनि भिरिन्ची कलेजको बिआइसिटी सातौँ सेमबाट राम तामाङ, चौथो सेमबाट साधना सापकोटा दोस्रो सेमबाट निश्चल तामाङ र सञ्जिव मगर सहभागी थिए । सो टोलिले फोहोर व्यवस्थापन समस्यालाई सेन्सर प्रयोग गरी ठोस फोहोरमैला व्यवस्थापन गर्ने सोलुसन बनाएर प्रस्तुत गरेको थियो । यसमा विजेताले ५० हजारको नगद पुरस्कार प्राप्त गरेको थियो ।

\"\"

यसैगरी टप सिक्रेट ह्याकाथनमा भिरिन्ची कलेजकै अर्काे टोलीले तेस्रो स्थानमा आएर १० हजार नगद पुरस्कार जित्न सफल भएको थियो । यस टिममा सुबिन सेडाई, सुरोहन महर्जन, एन्जिला घिमिरे र क्रिस सिमखडा रहेका थिए ।

ललितपुरको कुमारीपाटीमा रहेको भिरिन्ची कलेज मलेसियास्थित एसिया ई विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ । याे विश्वविद्यालय एसिया काेअपरेसन डाइलग अन्तर्गत ३४ सदस्य देशहरु मिलेर सञ्चालनमा ल्याइएकाे हाे ।

हाल यस कलेजले स्नातक तहमा 'इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नाेलाेजी' (बीआईसीटी) सफ्टवेयर इन्जिनियरिङ र स्नातकोत्तर तहमा बिजनेस एडमिनिस्ट्रेसन (एमबीए) शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ । यस कलेजले सञ्चालन गरिरहेको बीआईसीटी नेपालमा यहाँ मात्र अध्यापन हुन्छ ।

\"\"